खरेलले ल्याए दुर्गामाण्डौ

काठमाडौं / रास– जनसंख्या तथा वातावरणमन्त्री जयदेव जोशीले उपन्यास ‘दुर्गामाण्डौ’ को बिहीबार राजधानीमा एक समारोहबीच विमोचन गरे । सोही कार्यक्रममा आधारित ४८ मिनेट लामो लघु चलचित्रको पनि प्रथम प्रदर्शनी गरियो ।

madhab-kharel-book

पत्रकार तथा चलचित्रकर्मी माधवराज खरेलले सुदूरपश्चिममा व्याप्त महिला हिंसामा आधारित भएर लेखेको सो पुस्तक नवराज दुवाडीले सम्पादन गरेका हुन् । सुदूरपश्चिमको डोटी जिल्लामा रहेको दुर्गामाण्डौ गाउँको घटनालाई प्रतिनिधि घटना बनाई सो पुस्तक तयार पारिएको हो । सोही विषयमै आधारित लघु चलचित्र पनि खरेलले नै निर्माण तथा निर्देशन गरेका हुन् ।

सोही कार्यक्रममा सञ्चारकर्मी एवं गीतकार भरत बमजन, अभिनेता श्रीदेव भट्टराई, अभिनेत्री सानिया खान, कलाकारहरू तारा याक्खा, गंगा भुजेल, मीनबहादुर बोहोरा, पत्रकार कमला जोशी, रञ्जित धमला, सविता उप्रेतीलगाएतलाई कार्यक्रममा आयोजकका तर्फबाट सम्मान एवं कदरपत्र प्रदान गरियो

Leave A Reply

Your email address will not be published.