स्टेजमा गाएबापत सहिमाले दिइन् रोयल्टी

376a0306

काठमाडौं / रास– गायिका सहिमा श्रेष्ठले आफूले स्टेजमा गाएबापत प्राप्त रकममध्येबाट १५ प्रतिशत रोयल्टी गीतकार र संगीतकारलाई बुझाएकी छन् । आफूले गाएको तिम्रो डोलाडोला हातमा…र तिम्रो पिक्चर हिट…गीतको संगीतकार दीपक शर्मालाई ३० हजार रुपैयाँ र गीतकार लेखु सहयात्रीलाई १३ हजार रुपैयाँ रोयल्टीबापत गायिका श्रेष्ठले एक समारोहबीच प्रदान गरेकी हुन् । गीतकारलाई केही रकम पहिला नै प्रदान गरेको उनले बताइन् ।

गायिका श्रेष्ठले एक समारोहबी सो रकम प्रदान गर्दै भनिन्, ‘यी दुई हिट गीतकै कारण मैले विभिन्न स्टेज कार्यक्रममा पारिश्रमिक लिएर गाउने अवसर पाएकी छु । कलाकारले स्टेजमा गाएबापतको रकममध्येबाट १५÷१५ प्रतिशत पारिश्रमिक गीतकार र संगीतकारले पनि पाउनुपर्छ भन्ने आवाज उठिरहेका बेला मैले यो अभियान सुरु गरेकी हुँ ।’

Leave A Reply

Your email address will not be published.