चलचित्र नीति कार्यान्वयन गर्ने आश्वासन

राजधानी समाचारदाता
काठमाडौं, ५ फागुन

 सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले राष्ट्रिय चलचित्र नीति कार्यान्वयनबारे एक साताभित्रै सम्बोधन गर्ने बताएका छन् ।मन्त्री कार्कीले राष्ट्रिय चलचित्र नीति कार्यान्वयनमा आफू गम्भीर रहेकाले त्यसलाई एक साताभित्रै सम्बोधन गरेर कार्यान्वयनमा ल्याउने सो भेटका क्रममा बताए ।

16729200_1415960488454223_2018064866886682712_n

 चलचित्र निर्माता संघ नेपालका अध्यक्ष नवल खड्काको नेतृत्वमा विभिन्न चिलचित्रकर्मीहरूले बिहीबार आफूलाई भेटेर राष्ट्रिय चलचित्र नीति कार्यान्वयनका लागि माग गरेपछि मन्त्री कार्कीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

बिहीबार मन्त्री कार्कीलाई मन्त्रालयमै भेटेर सो नीति कार्यान्वयनका लागि नीतिसम्बन्धी २ फागुनमा गरिएको अन्तक्र्रियामा विभिन्न सिनेकर्मीले उठाएको मागलाई चलचित्रकर्मीले बुझाए ।

 नवल खड्कासहित चलचित्रकर्मी यादव खरेल, मदनदास श्रेष्ठ, केपी पाठक, मोहन निरौला, राजेन्द्र खड्गी, ईश्वरचन्द्र ज्ञवाली, उदय सुब्बा, सुष्मा कार्की, योगेन्द्र श्रेष्ठ, योगेश रायमाझी, सुरज आरडी, सञ्जय खतिवडा, रोमियन लिम्बू, सागर लिम्बू, डिक खड्कासहित विभिन्न चलचित्रकर्मीले सो मागपत्र बुझाएका हुन् ।

नीति पारित भएको करिब डेढ वर्षपछि सरोकारवालाहरूको दबाबसमेतका कारण यसै वर्ष १३ साउनमा सरकारले चलचित्रकर्मी यादव खरेलको संयोजकत्वमा ‘राष्ट्रिय चलचित्र नीति कार्यान्वयनको अनुगमन तथा मूल्यांकन समिति’ गठन गरेको थियो । गठन भएको पाँच महिनासम्म पनि समितिलाई सञ्चार मन्त्रालयले बस्ने कार्यालय नदिएकाले आफूले अध्यक्ष पदबाट राजीनामा दिएको पनि खरेललाई बिहीबारको भेटमा मन्त्री कार्कीलाई जानकारी गराए ।

 

Leave A Reply

Your email address will not be published.