आयो निशा र हसनको बाबरी गीत

hasan-and-nisha

काठमाडौं / रास– अभिनेत्री निशा अधिकारी र अभिनेता हसनराजा खानले अभिनय गरेको चलचित्र रोमियोको बाबरी…गीत सार्वजनिक गरिएको छ । रोमियोको यस रोमाञ्चकारी गीतमा सन्तोष लामा र मेलिना राईको स्वर रहेको छ । मुकेश राईले लेखेको यस गीतमा ताराप्रकाश लिम्बूले संगीत दिएका छन् ।

सामाजिक सञ्जाल युट्युबमार्फत गीत सार्वजनिक गरिएको हो । चलचित्रमा निशाले बाबरी पात्रको भूमिका निर्वाह गरेकी छन् । शंकर कार्कीले निर्देशन गरेको यस चलचित्र २९ वैशाखबाट प्रदर्शनमा आउनेछ ।

चलचित्रमा अष्ट महर्जनको द्वन्द्व निर्देशन, किरण माइकलको कथा, साहिल खानको सम्पादन, रामेश्वर कार्कीको छायांकन, शिशिर खत्रीको नृत्य निर्देशन रहेको अभिनेता खानले जानकारी गराए । एचआरके प्रोडक्सन र एएसको प्रस्तुति रहेको यस चलचित्रमा खानसँगै निशा अधिकारी, ओसिमा बानु, मेलिना मानन्धरलगायतका कलाकारको अभिनय छ ।

Leave A Reply

Your email address will not be published.