कसमस फाइनलमा

ललितपुर  / रास– आयोजक लिबर्टी कलेज र सातदोबाटोमा रहेको कसमस कलेज विशाल विष्ट स्मृति लिबर्टी कप फुटबलको फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् । एन्फा टेक्निकल सेन्टरको मैदान च्यासलमा बिहीबार भएको सेमिफाइनलको खेलमा कसमसले स्किम्स कलेजलाई २–० ले हराउँदै अन्तिम दुईमा स्थान पक्का गरेको हो । यसैगरी, बिहीबारै भएको अर्को खेलमा क्वेस्ट कलेजलाई पेनाल्टीमा हराउँदै आयोजक लिबर्टीले पनि फाइनलमा स्थान सुरक्षित गरेको हो ।

Leave A Reply

Your email address will not be published.