वार्यन र रियलको सम्भावना बलियो

3d48

म्युनिख / एजेन्सी– युरोपियन फुटबलको सर्वाधिक चासोपूर्ण खेलका रूपमा हेरीने च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा उपाधि दाबेदार जर्मन जाइन्ट वार्यन म्युनिख र स्पेनिस रियल म्याड्रिडले क्वार्टरफाइनल सम्भावना बलियो बनाएका छन् । च्याम्पियन्स लिग फुटबलमा साबिकको विजेता रियल म्याड्रिडले नापोलीलाई ३–१ ले हराउँदा अर्को दाबेदार वार्यन म्युनिख इंग्लिस क्लब आर्सनलमाथि हावी भयो । वार्यनले आर्सनलमाथि ५–१ को प्रभावशाली जित निकाल्यो । आर्सनलले पहिलोपटक च्याम्पियन्स लिगमा ५ गोल खान पुग्यो ।

रियल म्याड्रिड विरुद्धको खेलमा भने नापोलीले महŒवपूर्ण अग्रता लियो । रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा घरेलु दर्शकलाई स्तब्ध पार्दै पहिलो गोल नापोलीले ग¥यो । तर, पहिलो लेगलाई नै क्वार्टरफाइनल आधार बनाउने क्रममा रियल म्याड्रिड खेलमा फर्कंदै महŒवपूर्ण ३ गोल गर्न सफल भयो । उसका लागि करिम बेन्जिमा, टोनी क्रुस र कासिमारोले एक–एक गोल गरे । नापोलीका लोरेन्जो इन्सिगनेले पहिलो गोल गर्दै रियलविरुद्ध धावा बोले पनि उक्त गोल जोगाउन नापोली असफल रह्यो ।

भ्रमणकारी टोली नापोलीले आठौं मिनेटमा लोरेन्जो इन्सिगनेको गोलबाट सुरुवाती अग्रता लियो, तर १८औं मिनेटमा बेन्जिमाको गोल गर्दै रियललाई खेलमा फर्काए । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिए पनि दोस्रो हाफमा रियल आक्रामक बन्यो । ४९औं मिनेटमा क्रुसले गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए भने ५४औं मिनेटमा कासिमारोले गोल गर्दै रियलको अग्रता ३–१ को अवस्थामा पु¥याए । त्यस्तै, बुधबार राति नै भएको अर्को खेलमा जर्मन क्लब वायर्न म्युनिखले इंगलिस क्लब आर्सनलमाथि गोल वर्षा ग¥यो । नकआउट चरणको पहिलो लेग भिडन्तमा वार्यन आर्सनलमाथि ५–१ को एकतर्फी नतिजा निकाल्यो ।

वार्यन म्युनिखको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन थियागो नासिमेन्टोले दुई तथा आर्जेन रोबिन, थोमस मुलर र रोबर्टो लेवानडोस्कीले एक–एक गोल गरे । आर्सनलका एलेक्सिस सान्चेजले एक गोल फर्काए । घरेलु दर्शकमाझ वार्यनले ११औं मिनेटमा रोबिनको गोलमार्पmत खेलमा अग्रता कायम ग¥यो । तर, खेलको

३०औं मिनेटमा आर्सनलले पेनाल्टी पायो । पेनाल्टीमा गोल गर्न चुके पनि सान्चेजले रिबाउन्डलाई सदुपयोग गर्दै खेल १–१ को बराबरीमा ल्याए । पहिलो हाफ प्रतिस्पर्धात्मक देखिए पनि दोस्रो हाफ भने आर्सनलका लागि निकै नि™ाशाजनक रह्यो । दोस्रो हाफमा घरेलु टोलीले एकतर्फी गोल वर्षा ग¥यो । ५३औं मिनेटमा लेवानडोस्कीले गोल गर्दै वार्यनलाई २–१ को अवस्थामा पु¥याए भने ५६औं र ६३औं मिनेटमा थियागो नासिमेन्टोले २ गोल गरेपछि वायर्नले ४–१ को अग्रता कायम गर्न सफल भयो ।

त्यसपछि खेलको ८८औं मिनेटमा मुलरले गोल गरेपछि वार्यनले आर्सनललाई ५–१ ले पराजित ग¥यो । यो जितसँगै वायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान लगभग तय ग¥यो । यी दुईबीच दोस्रो लेग आर्सनलको घरेलु मैदान इमेरेट्स स्टेडियममा हुने छ । आर्सनल यसअघिको दुई सिजनमा पनि वार्यन म्युनिखसँगै पराजित भएको थियो । सन् २०१२ र १३ को सिजन र सन् २०१३ र १४ को सिजनमा पनि आर्सनल अन्तिम १६ मा वायर्नसँग पराजित भएको थियो ।

 

Leave A Reply

Your email address will not be published.