आर्मी र एपीएफ विजयी

03

ताप्लेजुङ / रास– दोस्रो पाथीभारा राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगितामा बिभागिय टिम नेपाल आर्मी र एपीएफ क्लबले बिहीबार सफलता हात पारेका छन् । ताप्लेजुङ नगरपालिकास्थित आर्मीको कोर्टमा भएको खेलमा आर्मीले पूर्वाञ्चललाई ३–० को सोझो सेटमा पराजित ग¥यो । आफ्नो अपराजित यात्रालाई कायम राख्ने क्रममा आर्मीले पूर्वाञ्चलमाथि २५–१६, २५–२३ र २५–१८ स्कोरमा स्तब्ध बतायो । राउन्ड रोबिनको पद्धतिबाट सञ्चालन भएको प्रतियोगिताको दोस्रो खेलमा एपीएफले मध्यामाञ्चललाई ३–० को सोझो सेटमा हरायो । एपीएफले सहज जित निकाल्ने क्रममा २५–१७, २५–१६ र २५–१५ को सेटमा नतिजा आफ्नो पक्षमा पा¥यो । तेस्रो दिनको खेल समाप्तिसँगै आर्मी र पुलिसले दुई खेलबाट अपराजित रहँदै समान ६÷६ अंक जोडेका छन् । दुई खेलबाट एपीएफले ३ अंक जोडेको छ । आयोजक पूर्वाञ्चलले तीन खेलबाट २ अंक जोड्दा आफ्नो तीन खेलमै पराजय ब्यहोरेको मध्यामञ्चलको १ अंक छ ।

 

Leave A Reply

Your email address will not be published.