सात वर्षीया बालिकाको यस्तो पत्र, जुन पत्रले गुगलका सीईओलाई पनि जवाफी पत्र लेख्न बाध्य पा-यो

25

काठमाडौं । सामान्यतः सात आठ वर्षका बच्चाहरुलाई जागिरको अर्थ थाहा नै हुँदैन । केसैले तिमी पछि के बन्छौ भनेर सोधिहाले उनीहरुको रेडिमेड जवाफ आउँछ, डाक्टर, पाइलट, इन्जिनियर बन्ने । उनीहरुको यो जवाफलाई गम्भीरतापूर्वक लिइदैन पनि ।

तर बेलायती सात वर्षीया बालिका क्लोइ ब्रिजवाटरले भने भविश्यमा विश्वविख्यात कम्पनी गुगलमा जागिर खाने इच्छा व्यक्त गरेकी छन् । उनको यो इच्छा आफ्नै हो । अरु कसैले उनलाई यसबारेमा सिकएका छैनन् । यसको प्रमाण हो, उनले आफ्नै हातले सुन्दर अक्षरमा गुगलका सिइओ सुन्दर पिचाइलाई लेखेको पत्र । पत्रमा उनले जागिर माग गरेकी छन् । इन्टरनेटमा गुगलको कार्यालयका शानदार तस्वीरहरु देखेपछि उनले गुगल कम्पनीमा जागिर खाने इच्छा व्यक्त गरेकी छन् ।

23

बालिकाका बाबु एन्डी व्रिजवाटरले बिजनेस इन्साइडरमा उनको पत्र सार्वजनिक गरेपछि यसले चर्चा पाएको हो । गुगल बोसका नाममा सम्बोधन गरिएको पत्रमा उनले आफूलाई कम्प्युटर मन पर्ने भन्दै काम गर्ने इच्छा जनाएकी छन् ।

उनले पत्रमा भनेकी छन्, मेरो नाम क्लोइ हो । म अली ठूली भएपछि गुगलमा जागिर खान चाहन्छु । चकलेट कारखानामा काम गर्न र ओलम्पिकमा पौडी खेल्ने मेरो सोख छ । मसँग एउटा ट्याब्लेट छ । त्यसमा म गेम खेल्ने गर्छु । मेरो बुवाले मलाई भन्नु भएको छ कि मैले कम्युटरको बारेमा धेरै कुरा सिक्नु पर्छ । उहाँले मलाई कम्प्युटर ल्याइदिने बाचा पनि गर्नुभएको छ ।

ती बालिकाले आफ्ना शिक्षकहरुले बाबा र मामुलाई आफ्नो पढाई धेरै राम्रो भएको बताएको पनि पत्रमा उल्लेख गरेकी छन् । उनले आफ्नो बाबुले पढाईमा राम्रो गरिरहे र कम्प्युटर सिकेँ भने एक दिन गुगलमा जागिर खान सक्ने विश्वास दिलाएको पनि पत्रमा भनेकी छन् । उनले आफ्नो बाबुले गुगलमा पत्र लेख्न भनेपछि पत्र लेखेको पनि उल्लेख गरेकी छन् । उनले यसअघि आफूले फादर क्रिसमसलाई मात्र पत्र लेखेको पनि भनेकी छन् ।

उनको यो पत्र केबल पत्रमै सीमित रहेन । गुगलका सिइओ पिचाइले क्लेइलाई प्रोत्साहन दिँदै जवाफ पनि पठाए । उनले स्कुलको पढाइ सकेपछि जागिरका लागि निवेदन दिन प्रोत्साहनसमेत दिएका छन् ।

24

जवाफी पत्रमा उनले भनेका छन्, तिम्रो पत्रका लागि धन्यवाद । म खुशी छु तिम्रो पत्रबाट । तिमीले मिहिनेत गरिरह्यौ र सपनालाई पछ्याइरह्यौ भने गुगलमा काम गर्नेदेखि लिएर ओलम्पिकमा पौडी खेल्नेसम्म सबै काम पुरा हुनेछन् ।

सिइओ पिचाइको जवाफबाट बालिकाका बाबु एन्डी व्रिजवाटर अत्यन्तै खुसी भएका छन् । साथै बालिका पनि । एन्डीले सिइओ पिचाइको पत्रलाई सामाजिक सञ्जालमा पोष्ट गर्दै भनेका छन्, मेरो छोरी केही वर्षअगाडि कार दुर्घटनामा परेकी थिइन् । पिचाईको पत्रले उनको आत्मविश्वास जगाउन ठूलो मद्दत गरेको छ, धन्यवाद सिइओ पिचाइ ।

27

Leave A Reply

Your email address will not be published.