बालाजुमा ट्रकको ठक्करबाट स्कुटरमा सवार दुई महिलाको मृत्यु, ट्रक चालक फरार

traffic-accident-logo-crash
राजधानी समाचारदाता
काठमाडौं, ६ फागुन

बालाजु गंगाहलस्थित सडकमा आज ट्रकको ठक्करबाट स्कुटरमा सवार दुई महिलाको मृत्यु भएको छ ।

ना५ख ८४६५ नम्बरको ट्रकको ठक्करबाट बा७७प ३२०८ नम्बरको स्कुटरकी चालिका मकवानपुर मनहरी घर भएकी ३८ वर्षीया रिना कुमारी राईको उपचारार्थ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

सो घटनामा घाइते भएकी स्कुटरको पछाडि सवार धादिङ्ग घर भएकी ३० वर्षीया सोनिया थापाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रक चालक फरार रहेकोमा प्रहरीले खोजतलास गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.