मलेसियामा नेपाली ठग्ने नेपाली गिरोह पक्राउ, पक्राउ परेका सबैले किन एउटै खाले टाटु बनाए ?

jail

राजधानी समाचारदाता
काठमाडौं, ६ फागुन

जबरजस्ती रकम असुली र डकैतीमा संलग्न भएको अभियोगमा मलेसिया प्रहरीले नेपालीहरुको एउटा गिरोहलाई पक्राउ गरेको छ । पक्राउ परेका ११ जनामा दुई जना महिला पनि छन् । मलेसिया प्रहरीले उनीहरुलाई जुरु र तामान पेरविरामा छापा मारी पक्राउ गरेको हो । पक्राउ परेकाहरु २२ देखि ३६ वर्ष उमेर समूहका छन् ।

घटनास्थलबाट प्रहरीले खुकुरी, नेपाली झण्डा, व्वाँसोको टाउको भएको मूर्ति सांगीतिक उपकरण बरामद गरेको छ । पक्राउ परेकामध्ये कोहीसँग पनि यात्राको वैध कागजात भेटिएको छैन ।

‘पेनाङ योङ स्टार ग्याङ’ नामले परिचित यो गिरोहका व्यक्तिहरु थुप्रै आपराधिक घटनामा संलग्न भएको मलेसिया प्रहरीको दाबी छ । पक्राउ परेका प्रायः सबै जनाको शरीरमा टाटु रहेको र त्यसमा पनि एउटा टाटु सबै जनामा उस्तै पाइएको छ । आफ्नो समुह पहिचानका लागि सजिलो होस् भनेर एकै प्रकारको टाटु बनाएको हुनसक्ने प्रहरीको अनुमान छ ।

उनीहरुले एक वर्षयता मात्रै नेपाली साथीहरुबाट मासिक २५ रिङ्गेटका दरले ‘सुरक्षा शुल्क’ असुल गर्दै आएको खुलेको छ ।

Leave A Reply

Your email address will not be published.