अब बिना टेन्सन खान सकिन्छ पेन किलर !

pillsepidemic

जर्मनीमा वैज्ञानिकले दुखाई क मगर्ने औषधि (पेन किलर) विकसित गर्ने तयाँ तरिकाको खोज गरेका छन् । जसमा अब यो औषधी कुनै खतरनाक दुष्प्रभाव खान सकिन्छ भने त्यसको प्रभाव पनि राम्रो पर्नेछ ।

च्यारिट युनिभर्सिटैट्समेडिजइन बर्लिनका विशेषज्ञसहित अनुसन्धानकर्ता ओपियोड रिसेप्टर्स : दुखाई क मगर्ने औषधिले कोशिकाको जुन हिस्सामा असर पार्दछ त्यसको परस्पर प्रक्रियाको विश्लेशण गनैका लागि कम्प्युटेशनल सिमुलेशनको प्रयोग गरिएको छ । यसको प्रयोग जनावरमा गरेर हेर्दा दुखाई भएका कोशिकाहरुमा राहत मिलेको र स्वास्थ्य कोशिकामा पनि कुनै क्षति नपुगेको पाइएको छ ।

ओपियोड एक पेनकिलर हो, जसको सेवन गर्दा अनिदोपन, उल्टी र कब्जियतजस्ता दुष्प्रभावहरु देखिने गरेका छन् । एनेस्थियोलोजी एवं. सर्जिकल क्रिटिकल केयर मेडिसनका प्रोफेसर क्रिस्टोफर स्टेनले आफूहरु साइड इफेक्ट बिनाको औषधी बनाउने कोशिसमा रहेको जनाएका छन् ।