स्वाइनफ्लु पुनः देखिँदै

स्वाइनफ्लु पुनः देखिँदै

prakashji

डा. प्रकाश बुढाथोकी

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा गत साता ललितपुरका एक ५० वर्षीय पुरुषमा रुघाखोकी निको नभएपछि प्रयोगशाला परीक्षणबाट स्वाइन फ्लु भएको पुष्टि भएको छ । हरेक वर्ष जाडो सकिने बेला सामान्यत कुनै न कुनै संक्रामक फैलने गर्दछ । गत वर्ष हङकङ फ्लुले सताएको थियो भने यो वर्ष स्वाइन फ्लु देखापरेको छ ।

एच १ एन १, एच १ एन २, एच ३ एन १, एच ३ एन २ प्रजाति भाइरस खासगरी बङगुर–सु“गुरमा फैलिन्छ । सर्वप्रथम यो रोग बङगुरमा सन् १९३० मा पहिचान भएको थियो । कहिलेकाहीँ सुँगुरको लामो समयसम्मको लसपस तथा प्रत्यक्ष सम्पर्कमा आएका मानिसमा यो रोग सर्ने र कतिपयमा आफैं हराएर जान्छ । बङगुर र कुखुरामा भएका इन्फ्लुएन्जा मानिसका शरीरमा रहेका इन्फ्लुएन्जासँग मिसिएर मानिसको शरीरमा मिल्ने गरी आफ्नो संरचनामा परिवर्तन गर्न सक्छ र एउटा नितान्त नया“ किसिमको भाइरसको उत्पत्ति हुन सक्छ । यदि यसो भएमा यो रोग मानिसबाट मानिसमा सर्न सक्छ र नयाँ महामारी फैलिन सक्दछ भन्ने नै अहिलेको विश्वव्यापी चिन्ता हो ।

सर्ने तरिका

स्वाइन फ्लुको विषाणु सामान्य रुघाखोकीको विषाणु झैं फैलिन्छ । रोगीले खोक्दा, हाच्छिउँ गर्दा, रोगीले छु“दा, आमनेसामने कुरा गर्दा मुखबाट निस्कने ससाना पानीका कणबाट, सास फेर्दा सर्न सक्छ । ढोकाका ह्यान्डिल, टिभीको रिमोट कन्ट्रोल, हात राखेर हिँडने रेलिङ, बसको गेटमा भएको ह्यान्डिल, कम्प्युटरको किबोर्डलगायतमा यसको विषाणु हुन सक्ने तथा सर्ने हुन सक्छ ।

एसी, कुलरको ठण्डा हावामा बस्ने व्यक्ति, पाँच वर्Èभन्दा कम उमेरका, ६५ वर्Èभन्दा बढी उमेरका, चिकित्सक तथा स्वास्थ्यकर्मी, गर्भवती महिला, दीर्घकालीन रोगबाट पीडित, मुटु तथा रक्तनली, स्वासप्रश्वास, कलेजो, मधुमेह र प्रतिरोधात्मक Ôमता कमीे भएका, क्यान्सर, एचआईभी रोगहरू भएकामा यसको जोखिम बढीहुने गर्छ ।

लक्षण

यो भाइरस मानिसमा सरेको १ देखि १० दिनसम्ममा लÔण विकसित हुन्छ । रुघाखोकी लाग्नु यसको मुख्य लक्षण हो । रुघाखोकी अरू बेलाभन्दा कडा र औषधिले पनि नछुने र लामो समय रहने हुन्छ । जिउ दुख्ने, १०४ डिग्री वा बढी ज्वरो आउनु, अल्छी लाग्ने, खान मन नलाग्ने, छाती दुख्ने, घा“टी दुख्ने, टाउको दुख्ने, शरीर काम्ने, थकाइ लाग्ने, रिंगटा लाग्ने, पखाला लाग्ने, वान्ता हुने, सास फेर्न कठिनाइ, केहीमा आ“खा पाक्नेजस्ता लक्षणहरू देखिन्छन् । १०४ डिग्री फरेनहाइट वा बढीे ज्वरो आउने, जीउ वा शरीर ज्यादै गल्ने, शास फेर्न गाह्रो हुने, छाती, टाउको तथा घाँटी दुख्ने र झाडावान्ता हुने मात्र यस्ता लÔण हुन्, जुन रुघाखोकीमा हँुदैन ।

घरमै बसेर आराम तथा उपचार गराइरहेका बिरामीले आराममै छिटोछिटो सास फेरे, सास फेर्न अप्ठ्यारो भए, छाती दुख्ने, चिडचिडाहट हुने, रक्तचाप एकदम कम हुने, खान मन नलाग्ने, पखाला, मुखबाट रगत, पखाला, ओठ, हात, खुट्टा निलो हुन थाले खतरा सम्झेर तुरुन्तै सुविधासम्पन्न अस्पतालमा लग्नुपर्दछ ।

केटाकेटीहरूमा चाहि“ ¥याल, सिंगान निस्कने, सास फेर्न अप्ठेरो हुने, छाला, ओठ निलो देखिने, झोल खानेकुरा पनि निल्न कठिन हुने, निर्जलीकरण हुने, बढी चिढचिढी, निद्रा लाग्नेजस्ता समस्या देखिन्छन् । वयष्कमा सास बिस्तारै चल्ने, छाती वा पेट दुख्ने तथा अचानक चक्कर आउने हुन्छ । घरमै बसेर आराम तथा उपचार गराइरहेका बिरामीहरूले आराममै छिटोछिटो सास फेरे, सास फेर्न अप्ठयारो भए, छाती दुख्ने, चिडचिडाहट हुने, रक्तचाप एकदम कम हुने, खान मन नलाग्ने, पखाला, मुखबाट रगत, पखाला, ओठ, हात, खुट्टा निलो हुन थाले खतरा सम्झेर तुरुन्तै सुविधासम्पन्न अस्पतालमा लग्नुपर्दछ ।

भाइरल रोग भएकाले आफैं पनि विना उपचार १० दिनमा रोग निको हुन सक्छ । निगरानी समय वयष्कका लागि पाँच दिन तथा बच्चाहरूका लागि ७ देखि १० दिनसम्म हुने गर्दछ ।

रोकथाम

रोकथामका लागि उपलब्ध खोप र उपचार औषधि महँगो छ । सम्भावित संक्रमितदेखि दुई हात वा एक मिटर परै बस्ने, भिडभाड क्षेत्रमा नजाने, जानै परे मास्क लगाएर मात्र जाने गर्नुपर्छ । त्यस्तै, हात मिलाउने, चुम्बन तथा अंकमाल गर्नुको साटो नमस्कार गर्नुपर्छ । जथाभावी सिँगान, खकार, थुक नफ्याँक्ने, हाच्छ्युँ गर्दा रुमाल, टिस्यु पेपर वा पाखुराले नाकमुख छोप्ने गर्नुपर्छ । हात राम्रोस“ग साबुनपानीले धुने, सम्भव नभए दुई हातलाई आपसमा मज्जाले रगड्ने गर्दा पनि यसबाट बच्न सकिन्छ । विना काम नाक, आ“खा, मुख नछुने नै रोगबाट बच्ने आधारभूत उपायहरू हुन् । सन्चो नभएको बेला अनावश्यक भ्रमण नगर्ने, पौष्टिक खाना खाने, प्रशस्त पानी पिउने, स्तनपान गरिरहेका बालकलाई साबिकभन्दा बढी दुध चुसाउने, तातो पानीको बाफ लिने, नुनपानीले कुल्ला गर्ने, प्रशस्त आराम, अलग्गै कोठामा बस्ने तथा निद्रा लिनुपर्दछ ।

इन्फ्लुएन्जा ए एच १ एन १ फैलिएका बेला यात्रा बन्द गर्नु, शंकास्पदलाई सिमानामा रोक्नुभन्दा सरसफाइ नै महŒवपूर्ण कुरा हो । ग्लोभ, मास्क, गाउन, आ“खाको सुरक्षाजस्ता व्यक्तिगत सुरक्षा, खोकी र हाछ्युँका तरिका व्यक्तिगत सरसफाइ विशेषगरी हात धुने तरिका, भिडभाडबाट टाढा, अनावश्यक यात्रा नगर्नेमा ध्यान दिई सर्तकता अपनाउनु राम्रो हुन्छ, तर आतंकित नै हुनुपर्ने अवस्था छैन किनभने ९९ प्रतिशत संक्रमण आफैं निको हुन्छ ।

(डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय सहकोषाध्यक्ष हुन् ।)