बदलिएका रङको पर्व होली

बदलिएका रङको पर्व होली

नवीन लुइँटेल

फागुन महिनामा मनाइने पर्वका रूपमा फागु पूर्णिमालाई लिने गरिन्छ । उपत्यका र पहाडी भेगका मानिसले यसलाई फागु पूर्णिमा भने पनि तराईका मानिस यसलाई होली भन्ने गर्छन् । पछिल्लो समय सबैतिर यो पर्वलाई होली पर्वका रूपमा लिने गरिन्छ । माया प्रेम झल्काउने तथा उमंग र उत्साह थपिदिने होलीमा एक आपसमा रङ र अबिर दलेर पानी छ्यापाछ्याप गरेर हर्षोल्लासका साथ मनाउने गरिन्छ । वसन्तपुमा रंगीचंगी कपडाका टुक्रा झुन्डाइएको तीनतले चीर ठड्याएपछि वसन्त ऋतुको आगमनलाई स्वागत गर्न भनेर फागुन शुक्ल अष्टमी देखि पूर्णिमासम्म विभिन्न रङ र अबिर एकआपसमा छ्यापाछ्याप गरेर होली खेल्ने परम्परा छ । होलीकै भोलिपल्टबाट ऋतुहरूका राजा वसन्त ऋतुको आगमन हुने विश्वास छ ।

holi-festival-in-nepal

विशेषगरी, तराईमा विशेष उल्लासका साथ मनाइने होली पछिल्लो समयमा नाचगान गरेर , साथीभाइ एकआपसमा मिली मनाउने गरिएको छ । असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा रङ दलेर यो पर्व मनाउने गरिएको भनाइ छ । होलीमा रङहरू र अबिर एकआपसमा छ्याप्ने गरिए पनि पछिल्लो समयमा पानीकै बढी प्रयोग हुने गरेको छ । होलीका बेला भाङको लड्डु , घोट्टालगायत खाएर रमाइलो गर्ने चलन छ । प्रहरीले होलीका समयमा हुने आपराधिक घटनालाई रोक्न प्रयास गरेको छ भने मादकपदार्थ सेवन गर्नुलाई निरुत्साहित गर्न ट्राफिक प्रहरीले मापसे जाँच गर्ने भएको छ । पहिले हिन्दू धर्मअन्तर्गतका अनुयायीले मनाउने भए पनि पछिल्लो समय हरेक धर्म, जाति र सम्प्रदायले मनाउने गरेका छन् । बदलिएको फागु पर्व पहिले पहिले फागु या होलीमा रङहरू छ्यापेर एकअर्कामा खेल्ने गरिन्थ्यो भने अहिले रङसँगै पानीको पनि होली खेल्ने गरिएको छ । पहिलेपहिले साथीभाइबीच रमाइलो गरिनेमा अहिले हप्ता दिनअघि देखि नै चिनेका या नचिनेका मानिसलाई लोला हान्ने गरिन्छ । त्यसमा पनि केटाहरूले केटीहरूलाई नै ताकीताकी लोला हान्ने गरेका छन् । होलीको नाममा विभिन्न कार्यक्रम हुने गरेका छन् । नाचगान र रङहरू छ्यापेर मनाइने होलीमा विभिन्न कलाकारले सांगीतिक कार्यक्रमहरू गर्ने गरेका छन् । होलीले संस्कृति धान्नुपर्नेमा विभिन्न मादकपदार्थ तथा लागूऔषध सेवन गर्ने हुँदा विभिन्न दुर्घटना निम्तिन सक्छ ।

होलीसँग जोडिएका कथा

होलीबारे विभिन्न कथा प्रसंगहरू जोडिएका छन् । आसुरी शक्तिकी द्योतक होलीकालाई आगोले भष्म गरी सत्यवादी भक्त प्रल्हादको उद्धारको कथा, भगवान् कृष्ण र नग्न अवस्थामा गोपिनीहरूले नुहाउँदाको प्रसंग तथा कामदेव र रतीको प्रेमकथालगायतका प्रसंग होलीसँग जोडिएको धार्मिक ग्रन्थमा उल्लेख छन् । यसैगरी, बन्दी बच्चाहरूलाई राक्षस ढुण्डाको पञ्जाबाट मुक्ति दिलाएको अवसरमा फागु खेल्न थालिएको प्रसंग धार्मिक ग्रन्थमा रहेको छ । पौराणिक भनाइअनुसार प्राचीन समयमा अथवा सत्य युगमा नास्तिक हिरण्यकशिपु नामक एकजना राक्षसको जन्म भएको थियो । हिरण्यकशिपुलाई भगवान् विष्णुले नृसिंह अवतार लिएर मारेका थिए । हिरण्यकशिपुका छोरा भक्त प्रह्लाद थिए । भक्त प्रह्लाद भगवान् विष्णुका निकै भक्त थिए ।

आप्mनै छोरा प्रह्लाद भगवान् विष्णुलाई भज्ने गरेको हिरण्यकशिपुलाई मन परेको थिएन । त्यसैले उसले  प्रह्लादलाई मार्न धेरै योजना बनाएको थियो । एक योजनाअनुसार हिरण्यकशिपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आप्mनी बहिनी होलिका (जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन्) लाई जिम्मा दिएका थिए । दाजुको आदेशानुसार होलिका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकाले होलिका जलेर नष्ट भइन्, तर प्रह्लादलाई केही भएन । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ र अबिर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ । भने अर्को एक प्रसंगअनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी कंशकी शेना पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसै दिन जलाएर आपसमा रङ र अबिर छरी खुसियाली मनाएकाले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ । होली हिन्दुहरूको अत्यन्त प्राचीन पर्व हो । इतिहासकारहरू मान्छन् कि यस पर्वको प्रचलन आर्यहरूमा पनि थियो । यस पर्वको वर्णन अनेक पुरातन धार्मिक पुस्तकहरूमा पाइन्छ । नारद पुराण र भविष्य पुराणजस्ता प्राचीन हस्तलिपि तथा ग्रन्थहरूमा पनि यस पर्वको उल्लेख छ । भारतमा पर्ने विंध्यक्षेत्रको रामगढ भन्ने स्थानस्थित ईसाभन्दा ३ सय वर्ष पुरानो एउटा अभिलेखमा पनि यसको उल्लेख छ । संस्कृत साहित्यमा वसन्त ऋतु र वसन्तोत्सव अनेक कविहरूको प्रिय विषय थियो ।यस पर्वमा चीर ठड्याउने परम्पराका सम्बन्धमा एक लोककथनअनुसार एकपटक यमुना नदीमा गोपीनीहरूको एक समूह निर्वस्त्र नुहाइरहेको थियो । त्यसै बेला भगवान् श्रीकृष्णले ती गोपिनीहरूको सबै लुगा नदीको किनारमा एउटा रुखको हाँगामा झुन्ड्याई आफू अर्का हाँगामा बसी बाँसुरी बजाउन थालेका थिए । गोपिनीहरूले आप्mना लुगा पाउन धेरै बिन्तीभाउ गर्दा पनि कृष्णले लुगा झारिदिएनन् । बरु उनले भने’ निर्वस्त्र नुहाएकामा प्रायश्चित गरे मात्र लुगाहरू दिनेछु ।’ त्यसअनुसार गोपिनीहरूले श्री कृष्णलाई अर्घ जल चढाएर प्रायश्चित गरेका थिए । त्यसपछि कृष्णले रुखको हाँगाबाट लुगाहरू झारिदिएका थिए ।

काठमाडौंमा चीर

प्रत्येक वर्ष वसन्तपुरमा विधिपूर्वक चीर ठड्याइएसँगै फागु पर्व सुरु हुन्छ । हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ तीनतले चीर ठड्याएपछि मुलुकभर फागु अर्थात् होली पर्व सुरु हुने गर्दछ । भक्तपुरको बाँसघारीबाट ल्याइएको बाँस तथा गुह्यश्वरीबाट ल्याइएको मयल रुखको हाँगालाई फागुन शुक्ल अष्टमीको बिहान विशेष पूजा गरी ठड्याइने गरिन्छ । रंगीचंगी कपडाहरू झुन्ड्याइएको टुप्पोमा मयलको रुखको हाँगा बाँधिएको अग्लो बाँसको चीर ठड्याइन्छ । त्यसपछि चीरलाई परिक्रमा गर्दै त्यहाँ एकापसमा अबिर छ्यापी हर्ष र उल्लासका साथ होली खेल्न सुरु हुन्छ । सो अवसरमा स्थानीयवासी तथा नेपाली सेनाको सहभागितामा गुर्जुको पल्टनले सलामीसमेत दिने गदछ ।

असत्यमाथि सत्यको विजय हुने मान्यतासाथ प्रतिकात्मक रूपमा चीर उठाउने र एकसातापछि फागु पूर्णिमाका दिन सो चीर ढलाएर टुँडीखेलमा पु¥याई दहन गर्ने परम्परा रहेको छ । चीर बीचमै ढलेको खण्डमा पुनः ठड्याई शान्तिस्वस्ति र क्षमा पूजा गरिने चलन छ । त्यसरी अचानक चीर ढलेका कारण देशमा कुनै संकट नपरोस् र अनिष्ट नहोस् भनी ब्राह्मणद्वारा स्वस्ति, शान्ति, होम र क्षमा पूजा गराइने चलन रहँदै आएको छ । त्यसै अवसरमा हनुमानढोका दरबार परिसर तथा हनुमानढोका दरबारभित्रको मोहनकाली चोक र दाखचोकमा पनि रंगीबिरंगी कपडाका टुक्रा झुन्ड्याइएको मयलको रुखको हाँगा गाडेर पूजा पनि गरिने चलन छ । साथै, मोहनकाली चोकमा काठबाट निर्मित हातमा मुरली लिएका श्रीकृष्णको मूर्ति र नौवटा विभिन्न मुद्राका गोपिनीका मूर्ति सजाई अबिर छर्केर पूजा गरिँदै आइएको छ । फाल्गुन शुक्ल पूर्णिमाको साइतमा चीरलाई ढाली तानेर टुँडीखेलको मध्यभागमा पु¥याएर दहन गरेर पर्व समापन गरिन्छ । त्यसको भोलिपल्टदेखि वसन्त ऋतु प्रारम्भ हुन्छ । चीर दहनपछि त्यसको खरानी प्रसादका रूपमा मानिसहरूले घरघर लैजाने चलन छ ।

ठमेलको महाविहार

यसैगरी, ठमेलस्थित विक्रमशील महाविहारमा रहेको चकँ द्य (चक्रमणशीलको मूर्तिलाई राति त्यसै महाविहारसँगैको टुँ (इनार) चोकमा नौपटक ओहोरदोहोर गराउने परम्परा छ । नेपाल भाषामा यसलाई ’गुह्यरू न्यायेकेगु’ भन्ने गरिन्छ । त्यसो गर्नुअघि मूर्तिलाई बाजागाजाका साथ होली खेल्दै जात्रा गरेर ठमेल नगर परिक्रमा गराइन्छ ।

सिंहसार्थ बाह भनिने त्यस मानवाकृत रातो चकँ द्यको मूर्तिलाई बाजागाजासहित जात्रा गर्दै ठमेलबाट ज्याठा, असन, इन्द्रचोक हुँदै हनुमानढोका पु¥याई त्यहाँबाट मरुसत्तल, प्याफल, नरदेवी, टेंगल, बाँगेमुढा, थँहिटी, क्वबहाल हुँदै विक्रमशील महाविहार पु¥याउने परम्परा छ । चकँ द्य जात्राका क्रममा बोधिसत्व महामञ्जुश्री यहाँ आई विक्रमशील महाविहारमा बस्दा आफंैले लेखेको भनिने ‘प्रज्ञापारमिता’ नामका ठूल्ठूला चार ठेली ग्रन्थ पनि सँगै बोकेर नगर परिक्रमा गराउने परम्परा थियो । तर, केही वर्षयता ‘ठ्यासफु’ का रूपमा रहेको प्रत्येक पाना कालो पृष्ठभूमिमा सुन र चाँदीको मसीले रञ्जना लिपिमा लेखिएको ग्रन्थका पृष्ठ च्यातिने र हराउने डरले परिक्रमा गराउन छाडिएको छ ।

काठमाडौंमा चकँ द्य जात्रा

व्यापारीहरूको नेतृत्व गर्दै ल्हासामा व्यापार गर्न गएका सिंहसार्थ बाह स्वदेश फर्कने क्रममा सँगै आएका सबै व्यापारी मारिएका र उनी मात्र बाँचेर सकुशल आप्mनोघर फर्केको खुसियालीमा सिन्दुर जात्रा गरी होली खेलिएदेखि गर्ने परम्परा चलेको लोककथन पनि छ । ऋतुराज वसन्तको पुनरागमनमा प्रकृति नै हराभरा भई सर्वत्र रमण्ीाय देखिन थालेको वातावरणमा आठ दिनसम्म एकापसमा मैत्री एवं सद्भावपूर्वक खेलिने यस राष्ट्रिय पर्वमा भाङ, घोट्टा पिउने तथा ख्याली, टप्पा, वसन्त राग गाउँदै नाच्दै निकै रमाइलो गरिन्छ । युवायुवतीहरूले यस पर्वलाई आफूले मन पराएकासँग लामो समयदेखि आफूले प्रकट गर्न नसकेको मायाप्रीतिलाई नाचगानको माध्यमबाट प्रकट गर्ने अवसरका रूपमा पनि लिने गर्दछ । श्री कृष्णको त्यसै रास लीलाको स्मरणमा गोपिनीहरूको लुगाको प्रतीकमा रंगीचंगी कपडाका टुक्राहरू झुन्ड्याई चीर ठड्याउने प्रचलन भएको भन्नेछ । काठमाडौंलगायतका पहाडी भेगमा फागु पूर्णिमाका दिन होली खेलिन्छ भने तराई क्षेत्रमा पूर्णिमाको भोलिपल्ट यो पर्व मनाइन्छ ।

लिंग र योनी जुधाउने भक्तपुर

भक्तपुरमा चीर स्वायगू अर्थात् लिंग घुमाएपछि फागु पर्व सुरुवात भएको मानिन्छ । जगतप्रकाश मल्लको समयमा बनेको दत्तात्रय मन्दिरसँगै रहेको भैरव मन्दिरमा रहेको लिंगको आकृति भएको काठ र रातो कपडाको योनी जुधाएर होलीको सुरुवात गरिन्छ । फागुन शुक्ल अष्टमीको दिन शनिबार भीमसेन मन्दिरमा राखिएको लिंग अर्थात् लिंगलाई टोलटोल तथा पसलैपिच्छे घुमाएर पूजा गरी घुमाएर पुनः मन्दिरको पाटीमा राखिने परम्परा छ । काठबाट बनेको दुई हात लामो लिंग करिब ३० इन्च मोटाइ रहेको छ । संस्कृतिकर्मीका अनुसार यसलाई भीमसेनको लिंग र कपडाबाट बनाएको प्वाललाई द्रौपदीको योनीका रूपमा लिने गरिन्छ । घर र पसल घुमाएको लिंगलाई भक्तजनले स्पर्शगरी ढोग्ने र दान दक्षिणा चढाउने गर्छन् । लिंगको दर्शन गरे व्यापार फस्टाउने विश्वास रहेको छ ।

चीर स्वायगू अर्थात् लिंग झुन्ड्याएपछि यहाँका नेवार समुदाय भीमसेन मन्दिरमा गई गुठी भोज खाने गर्दछन् । विशेषगरी, होलीभरि शनिबार र मंगलबार भीमसेन मन्दिरमा भव्य मेला लाग्ने गर्दछ । यहाँका गायजु गुठीले भीमसेन मन्दिरको पाटीमा बसेर होलीको गीत गाउने गरेका छन् ‘भीमसेन देया लज खंगलो वानला ल्यासे बिस्युवाने म्वायक सो झायला’ अर्थात् यसलाई नेपालीका भीमसेनको लिंगले मन लोभिएकी भाग्नु नपर्ने गरी हेर्न आउनुभयो कि’ जस्ता गीत गाउने गर्छन् । फाल्गुन शुक्ल पूर्णिमाका दिन होली खेलेपछि उक्त दिन साँझ भक्तपुर तलेजुभित्र कृष्णलाई खटमा राखी १६ प्रकारको रोटी, कपास, गलाबको फूल, अत्तर र अमुखसहित पूजा गरेपछि नगर परिक्रमा गरिन्छ । त्यसबेला बाटोमा रहेका देवीदेवतालाई तेलमा मुछेको अबिरको डल्लाले छरी साँझपछि दत्तात्रय मन्दिर पु¥याउने प्रचलन रही आएको छ । साँझपख दत्तात्रय मन्दिरअगाडिको भीमसेनको मन्दिरबाट लिंग निकाली एक व्यक्तिले बोकेर ब्रह्मायणी मन्दिरस्थित खोलामा लगेर पखाली पुनः मन्दिरमा राखिन्छ । यसरी मन्दिरबाट खोलासम्म लिंग बोकेर लैजाने व्यक्तिको हानाथाप हुन्छ । लिंग बोक्नेको छोरा जन्मन्छ भन्ने विश्वास अहिलेसम्म पनि रहेकाले लिंग बोक्न छोरा नहुनेको प्रतिस्पर्धा चल्ने गरेको उनले बताए । लिंग पखालेर भीमसेन मन्दिरमा ल्याएपछि यस वर्षको होली समाप्त हुन्छ । यसलाई भीमसेनको लिंग र कपडाबाट बनाएको प्वाललाई द्रौपदीको योनीका रूपमा लिने गरिन्छ । नेवारी परम्पराअनुसार यसलाई चीर स्वायगु भनिन्छ  ।

holi-basantapur

सांकेतिक रूपमा यौनीसँग सम्बन्धित फागु पर्व अर्थात् होली पर्व दक्षिण एसियामै कतै कृष्णसँग र कतै प्रल्हादसँग सम्बन्धित रहे पनि भक्तपुरमा भीमसेनसँग सम्बन्धित रहने गरेको छ । होली पर्व सुरू भएपछि फागुन नवमीको दिन भीमसेनको लिंगलाई दुईजनाले काँधमा बोकेर भक्तपुरको इनाचो, बाचुटोल, जेला, जगाती, ब्रह्मायणी, च्यामासिंह हुँदै, दत्तात्रय मन्दिरवरिपरि रहेका घर तथा पसलपिच्छे लिंग दर्शनका लागि लगिन्छ । घर र पसल घुमाएको लिंगलाई भक्तजनले ढोग्ने र दान दक्षिणा चढाउने गर्दछन् । लिंगको दर्शन गरेर दक्षिणा दिए व्यापार फस्टाउने धार्मिक विश्वास रहेको छ ।

। बजार घुमाएर ल्याएको लिंग र योनी आकारको प्वाल भएको रातो कपडा भीमसेनको पाटीमा सात दिनसम्म झुन्ड्याउने गरिन्छ । झुन्ड्याएको लिंग हल्लाउँदा योनी आकारको कपडाको प्वालभित्र छिर्ने गर्दछ । यसलाई भीमसेन र द्रौपदीको यौन समागमका रूपमा लिइने गरेको संस्कृतिकर्मी बताउँछन् । चीर स्वायगु झुन्ड्याएपछि यहाँका नेवार समुदाय भीमसेन मन्दिरमा गई गुठी भोज खाने परम्परा रहेको छ । विशेषगरी, होलीभरि शनिबार र मंगलबार भीमसेन मन्दिरमा भव्य मेला लाग्ने गर्दछ । यहाँका गायजु गुठीले भीमसेन मन्दिरको पाटीमा बसेर होलीको गीत गाउने गरेका छन् ।

गृह मन्त्रालयको अनुरोध

गृह मन्त्रालयले फागु पूर्णिमा पर्वमा अर्काको इच्छाविपरीत जबर्जस्ती रङ दल्ने र प्लास्टिकजन्य लोला हान्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । साथै फोहर छ्याप्ने तथा महिला, बालबालिकालगायत बाटामा हिँड्ने व्यक्तिलाई दुःख, हैरानी तथा कष्ट दिने कार्य नगर्न गृहले अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीद्वारा आज जारी विज्ञप्तिमा त्यस्तो काम कोही कसैले नगर्न, नगराउन र वातावरण तथा जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने लोलाको आयात र बिक्री वितरण नगर्न भनेको छ । मन्त्रालयको सूचनाविपरीत कसैको इच्छा  तथा स्वीकृतिबिना रङ दल्ने र लोला हान्ने काम गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने जनाइएको छ । यस वर्ष पहाडी जिल्लामा यही २९ फागुन  र तराईका जिल्लामा ३० फागुनमा फागु पूर्णिमा मनाइँदै छ ।

अरू देशमा होली

अन्य चाडपर्वजस्तै होलीका पनि आप्mनै विशेषता छ । हरेक मुलुकमा आआप्mनै तरिकाले होली पर्व मनाइन्छ । नेपालमा फाल्गुण शुक्ल अष्टमीका दिन विभिन्न रंगीन कपडा मिलाएर बनाएको चीर गाडेपछि होली पर्व सुरू भएको मानिन्छ । यसरी सुरू भएको होली पर्व पूर्णिमाका दिन चीरलाई ढालेर जलाएपछि होली सम्पन्न हुन्छ । तराईमा भने भोलिपल्ट होली खेलिन्छ । इटालीमा बोलियाकोनोन्सको नामले होली मनाइन्छ भने चीनमा च्वेजका नामले । यसैगरी, अमेरिका, जापान, इजिप्ट, इन्डोनिसिया, थाइल्यान्ड आदि देशमा पनि आआप्mनै प्रकारले यो पर्व मनाइन्छ । होलीलाई असत्यमाथि सत्यको जितको प्रतीकका रूपमा लिइन्छ । नेवारी परम्पराअनुसार पानीसँग नभएर अबिर र रङसँग होली खेल्ने चलन छ । नेवारी संस्कृतिमा होलीबारे युवायुवतीलाई जिस्क्याउँदै गाएका अनेक शिष्ट तथा रोचक गीतहरू प्रशस्त पाइन्छन् । होलीको सन्दर्भमा गाइएका नेवारी गीतमा निकै मार्मिक तथा प्रेममय भावमा व्यक्त गरिएका छन् ।

भारत

होली वा फागुलाई भारतका विभिन्न प्रान्तमा फागवह वा डोलजात्रा, डोलाजात्रा र वसन्तोत्सवका नामले पनि चिनिन्छ । भगवान् कृष्णको व्रजभूमि मथुरा, वृन्दावन, नन्दगाव र बर्सनाको होली हेर्न त पर्यटकको ओइरो नै लाग्छ । गुजरात, उत्तरप्रदेश, उत्तराखण्ड, विहार, बंगाल, उडिसा, असम, गोवा, महाराष्ट्र, मणिपुर, केरला, कर्नाटका, तेलंगाना, आन्ध्रप्रदेश, जम्मु र कश्मीर, पन्जाब, मध्यप्रदेश र तमिलनाडुको होलीमा स्थानीय लोकसंस्कृतिको झलक पाइन्छ । त्यसमा पनि गुजरातको अहमदावादमा नौनीले भरिएको माटाको भाँडा फोर्ने प्रतियोगिता तथा उत्तरप्रदेशको व्रजक्षेत्रको मथुरानजिकैको बर्सनामा महिलाले पुरुषलाई कुट्ने लठ मार होली (लौरोले प्रहार गर्ने होली) निकै लोकप्रिय छ । धार्मिक र सामाजिक रूपले महिलालाई जिस्काउने र दुव्र्यवहार गर्न नहुने सन्देश दिनु यो परम्पराको उद्देश्य हो । किंवदन्तीअनुसार भगवान् कृष्ण यस दिन राधाको गाउँ पुगेर उनलाई र उनका सखीहरूलाई जिस्काएका थिए । प्रतिकारमा बर्सनाका महिलाले उनलाई लखेटेका थिए । त्यति बेलादेखि नै यो परम्परा कायम छ । छिमेकी विहारको भोजपुरी शैलीको होली पनि चित्ताकर्षक हुन्छ । त्यहाँको जोगिरा गायन अर्थात् ‘जोगिरा सरर…’ पूरा एसियामा लोकप्रिय छ ।

पाकिस्तान

पाकिस्तानमा पनि होली पर्व मनाउने चलन छ । भारतीय संस्कृतिको प्रभाव रहेको यो मुलुकमा हिन्दु धर्म मनाउनेहरूको पनि उपस्थिति छ । यहाँ घरआँगन सफा गर्ने र विभिन्न खालका मिठाइ बनाएर खाने तथा आफन्त एवं इष्टमित्रहरूलाई ख्वाउने चलन छ । पाकिस्तानी होलीमा साथीहरूसँग सांगीतिक वातावरणमा रमाइलो गर्ने चलन पनि छ । प्रायः मन्दिरहरूमा भेला भई होली मनाइन्छ ।

बंगलादेश

बंगलादेशमा पनि होली पर्व मनाइन्छ । यो मुलुक बहुसांस्कृतिक मुलुक हो । यहाँ विशेषतः हिन्दु, बौद्ध एवं मुस्लिम समुदायका मानिस बसोबास गर्छन् । मुस्लिम समुदायको वर्चस्व रहे पनि हिन्दु धर्मावलम्बीहरूले यो पर्व मनाउँछन् । हिन्दु धर्मावलम्बीहरू मन्दिरमा जम्मा भएर रङका साथमा होली खेल्ने चलन छ । बंगलादेशका अधिकांश क्षेत्रमा भारतीय संस्कृतिको प्रभाव छ ।

गुयाना

दक्षिण अमेरिकाको दक्षिण क्षेत्र गुयानामा पनि होली मनाउने चलन छ । उक्त क्षेत्रमा होलीको विशेष महŒव छ । यहाँ पानी, रङ र गीतसंगीतका साथ होली मनाउने चलन छ । बालबालिकाहरू पनि पिचकारीले पानी छ्यापेर होली खेल्छन् । भगवान् शिवको नाममा यहाँ होली मनाउने चलन छ । त्यहाँका हिन्दुलाई यो पर्वमा सार्वजनिक बिदासमेत दिइन्छ । पारिवारिक जमघट गरेर पनि रमाइलोका साथ होली पर्व मनाइन्छ ।

बेलायत

बेलायतमा बसोबास गरिरहेका अन्य मुलुकका नागरिकले आआप्mनै किसिमले होली मनाए पनि त्यहाँको आप्mनै परम्परा र संस्कृति छ । यहाँ विशेषगरी आफन्त र साथीहरूलाई निम्तो गरेर होली मनाउने चलन छ । कतिपय ठाउँमा टिकट बेचेर होली मनाउने चलन पनि छ ।