होली सुरक्षामा प्रहरीको योजना

होली सुरक्षामा  प्रहरीको योजना

tapendra

टपेन्द्र कार्की

रङको पर्व होलीलाई शान्तिपूर्वक मनाउन गृह मन्त्रालय त्यसमातहतका सुरक्षा निकायले सर्वसाधारणमा आग्रह गरिसकेका छन् । होली आउनु एक हप्ताअघि नै महिलाहरूलाई लोला हान्ने घरको छतबाट फोहोर पानी फ्याँक्नेजस्ता कार्यले समाजमा विकृति ल्याएको भन्दै गृह मन्त्रालयले एक हप्ताअघि विज्ञप्ति जारी गरेर शान्तिपूर्ण रूपमा होली मनाउन आग्रह गरको हो ।

0928e8bdf68eeb77b04e6770f5066ae9_l

यस्तो छ प्रहरीको योजना

होलीमा जबर्जस्ती लोला हान्ने, पानी फाल्ने तथा रङ लगाउनेलाई प्रहरीले पक्राउ गरी सार्वजनिक अपराध मुद्दा चलाउने भएको छ । सार्वजनिक अपराध मुद्दामा एक वर्ष कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुन्छ । होलीमा जबर्जस्ती लोला हान्ने र रङ दल्नेहरूलाई का™बाही गर्न सार्वजनिक मुद्दाको तयारी गरेको हो । होलीलाई मर्यादित बनाउन प्रहरी कडाइका साथ प्रस्तुत हुने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । ट्राफिक प्रहरीसहित होलीका लागि एकीकृत सुरक्षा योजना लागू गरिएको छ ।

फोन गरे तत्काल पक्राउ

‘होलीमा कसैले जर्बजस्ती रङ लगाउने, लोला हानेदेखि प्रह™ीको हटलाइन १०० मा फोन गर्नुहोला, हामी तत्काल पक्राउ गर्छाैं,’ काठमाडौं परिसरका एसएसपी छविलाल जोशीले भने ‘होलीलाई झगडा होइन, मिलनको पर्वका रूपमा मनाउन सबैमा म आग्रह गर्दछु ।’
काठमाडौंमा मात्र होलीका लागि थप ३ हजार प्रहरी परिचालन हुने उनले बताए । भाङ खाने, मदिरा सेवन गरी होहल्ला गर्नेलाई समेत नछाडिने एसएसपी थापाले जोशीले बताए । होलीमा जथाभावी लोला र पानी हान्ने विकृतिलाई रोक्न प्रहरीले कडा रणनीति अपनाएको हो । प्रहरीका अनुसार महिलामाथि होलीमा चरम दुव्र्यवहार हुने गरेको छ । होलीमा आम नागरिकले पनि आफ्नै पर्व हो भन्ने दृष्टिबाट मनाउन जरुरीका रहेको प्रहरीले जनाएको छ ।

मापसे चेकिङ हुने

होलीको दिन दिउँसै मापसे चेकिङ हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । होलीमा हुन सक्ने दुर्घटनालाई रोक्न ट्राफिक नियम कडाइका साथ पालना गरिने महानगरीय ट्राफिक महाशाखाका एसएसपी मिलन बस्नेतले बताए ।
क्षमताभन्दा धेरै यात्रु राखेर चलाउन, तीव्र गतिमा लचाउने, हेल्मेट नलगाउनेजस्ता विकृति रोक्न मंगलबार बिहानैदेखि चेकिङमा कडाइ गरिने उनले दाबी गरे ।
‘होली दिनमा २४सै घण्टा हामी ब्रेथलाइजर र राडर गनसहित चेकिङमा खटिनेछौं,’ उनले भने, ‘सर्वसाधारणकै सुरक्षाका लागि हामीले चेकिङमा कडाइ गर्न लागेका हौं,’ एसएसपी बस्नेतले भने । होलीका बेला धेरै दुर्घटना हुने भएकाले त्यसलाई रोक्न ट्राफिक प्रहरीले विशेष चेकजाँच गर्न लागेको हो । होलीका क्रममा गरिने ट्राफिक नियम उल्लंघन र लापरबाहीका कारण विगत वर्षमा हुने गरेका दुर्घटना कम गर्न विशेष सुरक्षा योजना लागू गरिने महानग™ीय ट्राफिक प्रहरी महाशाखाले  जनाएको छ ।
महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक मिलन बस्नेतका अनुसार होलीका क्रममा अत्यधिक मादक पदार्थ सेवन, लापरबाही तवरले गरिने सवारी सञ्चालनजस्ता कारण हुने गरेका दुर्घटना तथा ट्राफिक नियमको उल्लंघनलगायतका कुरालाई दृष्टिगत गरी सुरक्षा योजना ल्याएको हो ।
होलीका दिन काठमाडौं महानगरपालिकाले गरेको निःशुल्क पार्किङ कार्य व्यवस्थित हुन नसक्दा समस्या आइरहेका कारण त्यसलाई पनि व्यवस्थित गराउनेतर्फ ट्राफिक प्रहरी लागेको छ । फुटपाथ अतिक्रमणले आवतजावत एवं यातायात व्यवस्था पनि प्रभावित भइरहेका कारण पछिल्लो समयमा ट्राफिक प्रहरीले काठमाडौंको माइतीघरबाट तीनकुनेसम्मको फुटपाथलाई व्यवस्थित गराउन लागेको बस्नेतले  जानकारी दिए ।

सादा पोसाकमा परिचालन

होलीका दिन महानगरीय प्रहरी आयुक्त कार्यालयले मातहत निकायका सबै युनिटलाई सादा पोसाकका प्रहरी खटाउन निर्देशन दिएको छ । हुलहुज्जत हुन सक्ने गल्ली–गल्लीमा बसेर असहिष्णु गतिविधि गर्न सक्ने भएकाले बर्दिधारी सुरक्षकर्मीलाई सहयोग गर्न सादा पोसाकका प्रहरी खटाउन निर्देशन दिएको हो । प्रहरीका अनुसार होलीका दिन उपत्यका करिब ४ सय स्थानमा चेकिङ हुनेछ । त्यसमा बर्दीधारी प्रहरी तथा ट्राफिक प्रहरी सहभागी हुनेछन् भने सादा पोसाकका प्रहरी परिचालन हुने प्रहरीले जनाएको छ ।