यस्तो छ होली मनाउने तरिका

यस्तो छ होली मनाउने तरिका

trichandra

त्रिचन्द्र प्रतीक्षा

हिन्दू संस्कृतिमा प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमालाई फागू पूर्णिमा अर्थात् होली पर्व भनिन्छ । यस दिनलाई राष्ट्रिय पर्वका रूपमा पनि लिइन्छ । होली पर्व घरपरिवार साथीभाइ आपसमा रङमा रंगिएर उल्लासपूर्वक मनाउने गरिन्छ । फागू पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हुल तथा जत्थाहरू हातमा रङ र रंगीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै र रमाइलो होहल्ला गर्दै आपसी रिसइबीलाई बिर्संदै उत्साह र उमंगका साथ मनाइने रंगीन पर्वका रूपमा सहर्ष स्वागत गर्ने गरिन्छ । फागुन शुक्ल अष्टमीको दिन काठमाडौंको वसन्तपुर दरबारअगाडि चिर (विशेषरूपले सजाएको लिंगो) गाडेपछि होली सुरु भएको मानिने फागू पर्व पूर्णिमाको राति उक्त चिर (लिंगो) लाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ । वास्तवमा भन्ने हो भने होली पर्व एउटा अन्तर्राष्ट्रिय पर्व पनि हो । नेपाल भारतमा प्रायः समान तरिकाले यो पर्व मनाइने गरिन्छ भने विश्वभरि के–कसरी मनाइन्छ यसबारेमा जानकारी लिऔं ।

8159198

चीनको एक सीमावर्ती प्रान्तमा त्यहाँका ‘ताइ’ जातिका मानिसहरू एकअर्का माथि पानी फ्याँकेर ‘पोयावामा’ नामक पर्व मनाइने गरिन्छ । यस पर्व मान्नुको पछाडि एउटा दन्तकथा प्रचलित रहिआएको छ । पहिले त्यहाँ ‘छुडबिंग’ नामक राक्षकले भयंकर उत्पात मचाइरहेको थियो । राक्षसले कुनै पनि सुन्दरी केटीलाई देख्नासाथ लिएर जाने गर्दथे, यसै प्रकारले उसले सयौं सुन्दरी केटीहरूलाई बन्धक गरिसकेको थियो । उक्त राक्षसबाट छुटकारा पाउन राक्षकको जादुमय शक्तिलाई एकजना साह्रै सुन्दरी केटीले थाहा पाएर राक्षसलाई चलाखीपूर्वक सो केटीले राक्षसलाई मारेर बन्धक बनाइराखेका सम्पूर्ण केटीहरूलाई छुटाएको थियो ।
सोही खुसीयालीमा सो पर्व मनाइँदै आइरहेको किंवदन्ती रहेको छ भने चीनमै अर्को होलीजस्तै पर्व मनाइने गरिन्छ ।  ‘ज्वेजे’ नामक यो पर्व वसन्त ऋतु सकिनासाथ प्रारम्भ हुने गर्दछ, यस पर्वमा स्थानीय बासिन्दा आगो बालेर आगोको पूजा गर्ने गरिन्छ । यसपछि आम मानिस रंगीबिरंगी नयाँ लुगा लगाएर एकअर्कालाई बधाई दिने गरिन्छ भने यसै अवसरमा विभिन्न रोमाञ्चकारी खेलहरूको पनि आयोजना गर्ने गरिन्छ ।
अमेरिकामा ‘हैलाइन’ नामक मनाइने पर्व होलीसँग मिल्दोजुल्दो पाइन्छ । हरेक वर्षको ३१ अक्टुबरको राति युवायुवती नाच्ने गाउने र एकअर्कालाई बधाई साटासाटसमेत गर्ने गरिन्छ ।
यस्तै, जर्मनीमा इस्टर पर्वको समयमा होलीजस्तै पर्व मनाइने गरिन्छ । यसलाई त्यहाँ  ‘कारनिवाल’ को नामले जानिन्छ । इस्टर पर्वको साँझको समयमा जर्मनीवासी घाँसको पुतला बनाएर त्यसलाई जलाइन्छ, पुतला दहनपछि सांस्कृतिक कार्यक्रम आयोजना गर्ने गरिन्छ र मानिसहरू एकअर्कालाई रङ दलेर खुसियाली मनाइन्छ भने कहीँ–कहीँ दाउरा बालेर आपसमा रङ छ्याप्तै नाच्ने र गाउने गर्छन् ।
इटलीमा होलीजस्तै पर्वको नाम हो, ‘रेडिका’ । यो पर्वमा त्यहाँ लगभग एक हप्तासम्म तडकभडकका साथ नाच्दै गाउँदै काठ, दाउरा चोकचोकमा जम्मा गर्ने गरिन्छ । मानिसहरू जम्मा भएर त्यहाँ राखिएका दाउराहरूको थुप्रोमा आगो लगाउने गरिन्छ, इटलीवासीको विश्वास रहेको छ कि यो पर्वमा  ‘पलोरा’ नामक देवीलाई प्रसन्न गर्नका लागि चोकचोकमा आगो बालेर मनाइएको हो ।

holi-in-kathmandu-nepal-121
उता चेक र स्लोभाकिया गणराज्यमा ‘बेलियाकोनेन्से’ नामक पर्व होलीजस्तै पर्व हो । ‘युवाहरूको पर्व’ नाम दिइएको यस पर्वमा युवायुवतीहरू एकअर्कामा रङ, पानी र परफ्युम छ्याप्ने गरिन्छ । यस अवसरमा घाँसबाट बनाएको एक विशेष प्रकारको लुगा लगाउने प्रचलनसमेत रहिआएको छ ।
उता, लाओसमा जनवरी महिनामा नयाँ वर्षको आगमन सँगसँगै होलीजस्तै एक पर्व मनाइने गरिन्छ । यस अवसरमा आम मानिसहरू पूरै हर्षोल्लासका साथ आपसमा रङ लगाउने प्रचलन रहिआएको छ ।  पोल्यान्डमा ‘असिना’ नामक पर्वमा आम मानिसहरू आपसमा रङ लगाउने र मिठाई बाँडेर आफ्ना खुसीहरू प्रकट गर्ने गरिन्छ भने इंगल्यान्डमा होलीसँग मिल्दोजुल्दो एक पर्व धेरै नै धुमधामसँग मनाइने गरिन्छ । यसलाई त्यहाँ ‘माई फाक्स डे’ को नामले परिचित छ ।
युनानमा ‘मेपोल’ नामक पर्व होलीसँग धेरै मिल्दोजुल्दो पाइन्छ । यस पर्वमा युनानी चोकचोकमा खम्बा (लिंग) गाडेर काठहरू जम्मा गरी आगो लगाइन्छ । साथै आफ्नो देवता ‘डायनोसियस’ को पूजासमेत गर्ने गरिन्छ, यस्तो गरेमा देवता खुसी हुने विश्वास गर्छन् । यसैक्रममा उनीहरू रंगहरूको पनि धेरै प्रयोग गर्ने गरिन्छ ।

चीनको एक सीमावर्ती प्रान्तमा त्यहा“का ‘ताई’ जातिका मानिसहरू एकअर्कामाथि पानी फ्या“केर ‘पोयावामा’ नामक पर्व मनाइने गरिन्छ । यस पर्व मान्नुको
पछाडि एउटा दन्त्य कथा प्रचलित रहिआएको छ ।

अस्ट्रेलियामा २१ मार्चका दिन ‘वैली’ नामक पर्वमा आम मानिसहरू आपसमा रङहरूको प्रयोग गरेर विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गर्ने गरिन्छ । बेल्जियममा मार्च १९ का दिन एक विशेष प्रकारको पर्व मनाइने गरिन्छ । यस पर्वको रूपरेखा ठीक होलीजस्तै हुने गर्दछ । पहिले त्यहाँ मानिसहरू पुरानो जुत्ता–चप्पलहरू तथा घाँसको पुतला आदि जलाउने गर्दछ, त्यसपछि आपसमा रङ दलेर आनन्दविभोर हुने गर्दछ ।
जापानमा १६ अगस्तको राति एउटा पर्व मनाइन्छ– ‘देमोन्जी ओकुरिबी’ । सो रात जापानमा कैयौं ठाउँहरूमा आगो बालेर होली मनाइन्छ । यस्तै, म्यानमार (बर्मा) मा होली अत्यन्त सभ्य र सरलताका साथ मनाइने गरिन्छ । यहाँ यस पर्वलाई ‘टिगुला’ का नामले चिनिन्छ । त्यस दिन हरेक टोलटोलमा टोली बनाएर ट्रकमा बसेर नाच्दैगाउँदै पुरै सहर बजारमा घुम्ने गरिन्छ । ड्रमहरूमा पफ्र्युम मिसाइएको पानी भरेर बाटो बाटोमा मानिसहरूलाई छ्यापेर आनन्द गर्ने गरिन्छ । यहाँ यस अवसरमा रङहरूको प्रयोग भने गरिँदैन । यसपछि साँझको समयमा यहाँ मनोरञ्जनात्मक कार्यक्रम गर्ने गरिन्छ । यस यसलाई  ‘पवे’ भनिन्छ । यस कार्यक्रममा युवायुवतीहरू, वृद्ध, बालक सबै रातभरि अझ बिहानसम्म नाच्दै गाउँदै रमाइलो गरिन्छ ।

थाइल्यान्डमा भने अप्रिल महिनामा (वैशाख) होलीजस्तै उत्सव ‘साङफ्रान’ मनाउने गरिन्छ । यस दिन यहाँका थाइवासीहरू विभिन्न मठमन्दिरमा गई भगवान् बुद्धको पूजा अर्चना गर्ने र बौद्ध भिक्षुहरूलाई दान दिन्छन् भने बूढापाकाबाट युवापिँढीले आशीर्वाद लिएर सुगन्धित पानी र रङहरू खेलेर सो पर्व मनाइन्छ । अर्को देश मिश्रमा अंगारको होली मनाइने गरिन्छ । यस दिन यहाँका मानिसहरू खास गरेर वनवासी जंगलमा गएर आगो बालिन्छ । यस आगोमा आ–आफ्नो पुराना लुगाफाटा जलाउने गरिन्छ । त्यसपछि त्यो जलेको लुगाफाटा, अंगारलाई एकअर्कातिर फ्याँक्ने गरिन्छ । आगो सकिएपछि नुहाइधुवाइ गरी खानपिन गरेर खुसियाली मनाइन्छ भने मिश्रमै कसै–कसैले हास्य विनोद गरेर गाउँदै नयाँ अन्नको  स्वागत गर्दछन् ।
स्विट्जरल्यान्डमा होलीजस्तो एक पर्व तीन दिनसम्म धुमधाम साथ मनाइने गरिन्छ । पहिलो दिन मानिसहरू अलग–अलग ठाउँहरूमा बाँसुरी बजाएर सडकमा आउने गरिन्छ, उनीहरू विभिन्न प्रकारका मुकुन्डो र थरीथरीका टोपी लगाएर टोलटोल घुमेर एक निश्चित ठाउँमा पुग्छ । दोस्रो दिन विभिन्न मनोरञ्जक कार्यक्रम आयोजित गर्ने गरिन्छ भने तेस्रो दिन सबै आपसमा मिलेर ‘सामूहिक भोज’ को आयोजना गरेर आनन्द लिने गरिन्छ, अन्त्यमा भोज सकिएपछि आपसमा विभिन्न रङ दलेर पर्वलाई बिदा गर्ने चलन रहिआएको छ ।
यस्तै, स्विडेनमा जुन १५ तारेखका दिन एउटा पर्व मनाइन्छ । यस दिन यहाँका बासिन्दाहरू नजिकैको एक पहाडमा जम्मा हुने गर्दछ । त्यहाँ काठ–दाउरा जम्मा गरेर आगो लगाइन्छ, बलेको आगोको चारैतिर बसेर स्विडेनवासी नाचगान गरेर आफ्ना खुसीहरू प्रकट गर्ने गरिन्छ भने फ्रान्समा होलीको पर्वलाई ‘मूर्खहरूको पर्व’ का रूपमा मनाइन्छ ।  ‘गाचो’ नामबाट प्रसिद्ध यस पर्वमा फ्रान्सवासी घाँसरभुसको एउटा ठूलो पुतला बनाइन्छ र नाच्दै गाउँदै जुलुससहित निश्चित स्थानमा पु‍¥याइन्छ र त्यहाँ उक्त पुतलालाई दहन (जलाइन्छ) गरिन्छ । यसै दिन सहरको कुनै व्यक्तिलाई छानेर गधामाथि चढाएर सहर बजार घुमाउने पनि प्रथा प्रचलित छ ।
नेपालमा होलीमा हिरण्यकश्यपुको कथा प्रचलित छ, त्यसै प्रकार अफ्रिकामा पनि ‘वों–गा’ को कथा प्रचलित छ । त्यहाँको प्राचीन ग्रन्थअनुसार वर्षौं पहिला अफ्रिकामा ‘वों–गा’ नामक एक क्रूर एवं अत्याचारी शासकले राज्य गर्थे । त्यसको अत्याचार अत्यधिक बढेपछि जनताले विद्रोह गरेर  ‘वों–गा’ लाई जिउँदै जलाइयो । त्यसबेलादेखि सम्पूर्ण अफ्रिकावासी ‘वों–गा’को शासनबाट मुक्ति पाएको खुसियालीमा प्रत्येक वर्षको मार्च र अप्रिलको मध्यतिरयो उत्सव मानिन्छ । यस दिन उक्त ‘वों–गा’ को पुतला समेत बनाइन्छ र विजयत्सोवका रूपमा जलाइन्छ । यस वर्ष त्यहाँ ‘ओमेना वों–गा’ भनिन्छ ।