मिथक मेटिँदै विकृति बढ्दै

मिथक मेटिँदै  विकृति बढ्दै

ratna-prajapati

रत्न प्रजापति

होली पर्वले धार्मिक, सांस्कृतिक तथा सामाजिक महŒव बोकेको पाइन्छ । धार्मिक र अध्यात्मिक कथनबाट सुरु भएको यो पर्व कालान्तरमा सांस्कृतिक पक्षलाई अँगालेर एउटा मिथककै रूपमा विकसित भएको छ । मूलतः सत्यको विजय हुन्छ भन्ने मान्यतालाई मूल आधार मान्दै होलिका दहनसँग सम्बन्धित कथालाई होली पर्वसँग जोडेर व्याख्या तथा विश्लेषण गर्ने गरिएको छ । नेपाली संस्कृतिको अभिन्न अंगका रूपमा विकसित भएको यो पर्वमा बिस्तारै सामाजिक महŒवलाई पनि प्रश्रय दिइँदै आएको पाइन्छ । हिजोका दिनमा धार्मिक र सांस्कृतिक पर्वका रूपमा मनाइने होलीलाई आजभोलि सामाजिक उत्सवका रूपमा मनाउन थालिएको छ, तर सामाजिक उत्सवका रूपमा होली मनाउने क्रम सुरु भएसँगै यसमा विकृति पनि भित्रिएको छ । पर्वको परम्परा निर्वाह र मिथकलाई पछ्याउने भन्दा पनि केवल मनोरञ्जनका लागि होली मनाउने प्रवृत्ति विकसित भएकाले यसमा विकृतिको मात्रा पनि बढ्दै गएको छ । विशेषगरी युवावर्गले यस्तो विकृतिलाई प्रश्रय दिँदै आएका छन् । होलीको सांस्कृतिक पक्ष र सांगीतिक माधुर्यलाई छोडेर ‘होली हंगामा’ भन्दै उच्छृंखल हंगामा मच्चाउने कार्यले प्रश्रय पाउँदै गएर होलीमा विकृति बढ्दै गएको छ । अन्ततोगत्वा त्यो विकृतिको सिकार स्वयं युवावर्ग नै हुँदै आएका छन् ।
होली पर्वसँग रंगको विशेष सम्बन्ध रहिआएको पाइन्छ । होलीको विविध रंगजस्तै जीवन पनि रंगीन छ भन्ने सन्देश होलीले दिन खोजेको देखिन्छ । नयाँ र पुराना पुस्ताले आ–आफ्नै ढंगले होली मनाए पनि होलीको धार्मिक तथा सांस्कृतिक पक्षलाई चाहिँ भुल्नुहुँदैन । यद्यपि, पुराना पुस्ताले होलीको मिथकलाई संरक्षण गर्ने प्रयास गर्दै आए तापनि नयाँ पुस्ताले भने त्यो मिथकलाई वास्ता गरेको पाइँदैन । रमाइलोका लागि होली खेल्ने नयाँ पुस्ताले होलीको मिथकलाई बुझेका छैनन् र पुराना पुस्ताले पनि त्यो मिथकलाई बुझाउन सकेका छैनन् । नयाँ पुस्ताले होलीको मिथकलाई बुझिदिए यसको महŒव अझ बढ्ने थियो र यसले हाम्रो संस्कृतिलाई अझ सुदृढ बनाउने थियो ।

holi_h
टोल तथा समुदायका पुरुष तथा महिलाहरू उन्मुक्त रूपमा भेला भई हार्दिक प्रसन्नता व्यक्त गर्दै वसन्त राग, ख्याली, टप्पा आदि गाएर रमाउँदै नाच्दै आपसमा रंग तथा अबिर छ्यापाछ्याप गरी रमाइलो वातावरणमा मनाइने होली पर्वले समाजमा आपसी मित्रता, भाइचारा र मेलमिलापको सम्बन्ध कायम राख्न प्रेरणा दिएको पाइन्छ । यद्यपि, यसरी सामाजिक सम्बन्धलाई समेत सुदृढ गर्न मद्दत गर्ने यस्तो स्वच्छ, स्वस्थ र संस्कृत पर्व मनाउने प्रक्रियामा देखिएको विकृतिले यो पर्वको महŒवलाई नै घटाउँदै लगेको छ । विशेष गरी युवापुस्ताले होली पर्वलाई आफ्नै ढंगले मनोरञ्जनको अवसरका रूपमा मनाउने परिपाटीको विकास गरेकाले यसमा सभ्यता र संस्कृतिको भन्दा पनि आडम्बर र विकृतिको मात्रा बढ्दै गएको छ । युवापुस्ताले नै यस्तो विकृतिलाई प्रश्रय दिएको भए तापनि त्यस्तो विकृतिको सिकार पनि स्वयं युवापुस्ता नै हुँदै आइरहेका छन् । होलीकै अवसरमा गाँजा, भाङलगायतका मादक पदार्थ सेवन गरी होहल्ला गर्ने र विगतको दुश्मनीको बदला लिने अथवा रिस फेर्ने अवसरका रूपमा पनि यही होलीलाई उपयोग गर्ने परिपाटीले होलीलाई थप विकृत बनाउन सघाउ पु¥याइरहेको छ । आपसमा झगडा गर्ने र सांघातिक हमलासमेत गर्नाले होली पर्व बिस्तारै हिंस्रकसमेत बन्दै गएकोमा अभिभावकहरूसमेत चिन्तित हुने गरेका छन् । सांगीतिक माधुर्य छर्ने ‘जोगिरा’ को सट्टा  ‘मदिरा’ मा रमाउने युवावर्गको बढ्दो संख्याले गर्दा होली पर्वमा विकृति बढ्दै गएको हो ।

होलीकै अवसरमा गा“जा, भाºलगायतका मादक पदार्थ सेवन गरी होहल्ला गर्ने र विगतको दुस्मनीको बदला लिने अथवा रिस फेर्ने अवसरको रूपमा पनि यही होलीलाई उपयोग गर्ने परिपाटीले होलीलाई थप विकृत बनाउन सघाउ पु¥याइरहेको छ ।

अचेल होली पर्व मनाउने क्रममा इच्छाविपरीत अरूलाई रंग अथवा अबिर दलिदिने र फोहोर पानी भरिएका लोलाहरूले अरूलाई जथाभावी हान्ने गरिन्छ । विशेषगरी महिलाहरूलाई लक्षित गरी प्रहार गरिने यस्ता लोलाहरूले कहिलेकाहीँ दुर्घटनालाई समेत निम्त्याएको पाइन्छ । हाल होलीको प्रमुख लक्ष्य नै महिलाहरूलाई प्रताडित गरी अन्य पुरुषहरूले आनन्द लिनु रहेको देखिएको छ । त्यसैले, होली पर्वदेखि मुलुकका महिला दिदीबहिनीहरू भयभीत र आतंकित हुने गरेका देखिन्छन् भने होली पर्वको वास्तविक रमाइलोको अनुभव पनि उनीहरूले गर्न पाएको देखिँदैन । यसले गर्दा हाल होली पर्व पुरुषहरूकै मात्र पर्वजस्तो हुन गएको छ । साथै, होली पर्व मनाउने सिलसिलामा होस नपु¥याई रंग अथवा पानी छ्यापेर खेल्ने र भाग्ने गर्नाले कहिलेकाही घरका बार्दली अथवा कौसीबाट खसेर मृत्युसमेत भएका घटनाहरू पनि हरेक वर्ष सार्वजनिक हुँदै आएका छन् । होली पर्वका नाउँमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने र आपसमा झैझगडा गरी सांघातिक हमलासमेत गर्ने विकृत परम्पराको समेत विकास भएकाले होली पर्व भन्नासाथ भयभीत हुनुपर्ने अवस्था पनि सिर्जना भएको छ । यस्तै, भयलाई न्यून गर्ने उद्देश्यले अचेल स्थानीय गृह प्रशासनले होली पर्वका अवसरमा हुन सक्ने विकृति र विसंगतिका क्रियाकलापहरूलाई नियन्त्रण गर्न सार्वजनिक सूचनासमेत जारी गर्ने गरेको छ । यस्तो सूचनालाई अटेर गर्ने अथवा अवज्ञा गर्नेहरूलाई सामाजिक अपराधको मुद्दासमेत लगाइने सूचना पनि जारी गर्ने गरेको छ । यति गर्दागर्दै पनि होली पर्वका अवसरमा हुने बेथितिहरूमा कमी भने आउन सकेको छैन ।

होली पर्व मनाउने क्रममा विकसित हुने विकृति तथा विसंगतिहरूले गर्दा विभिन्न सामाजिक समस्याहरू पनि उत्पन्न भएका छन् । इच्छाविपरीत जबर्जस्ती रंग वा अबिर दलिदिने प्रवृत्तिले दुई पक्षबीच झगडाको स्थिति पनि उत्पन्न हुने गरेका छन् । यसले गर्दा मित्रता र मेलमिलापको सन्देश बोकेको यो होली पर्व मनाउने क्रममा समाजमा रिस, इबी, द्वेष र वैमनश्य बढ्ने गरेको छ । यसले गर्दा एकअर्कामा बदलाको भावना बढेको छ । यसले समाजमा पर्व मनाउने क्रममा क्रमशः विकृति र विसंगतिको विस्तार भएको देखिएको छ ।
होलीको अवसरमा स्वच्छ र स्वस्थ रंग र अबिर छ्यापेर अथवा दलेर खेल्दा पुस–माघको शीतकालमा लागेका चर्मसम्बन्धी समस्याहरू पनि समाधान हुन्छन् भन्ने हाम्रो जनविश्वास रहिआएको छ । तर, अचेल रंग र अबिरको सट्टामा पीठो, खरानी, मोबिल, ग्रिज आदि हानिकारक एवं ज्वलनशील पदार्थहरूसमेत शरीरमा दल्ने र अरूलाई जबर्जस्ती दलिदिने गर्नाले स्वास्थ्यमा हानि पु¥याएको चिकित्सकहरूको भनाइ छ । जबर्जस्ती रंग तथा अबिर दलिदिने, लोलाले हान्ने र पानी छ्यापिदिने गर्नाले दैनिक कामकाजी मानिसहरूलाई समस्या पर्ने गरेको पनि पाइएको छ । विशेषगरी विद्यालय तथा कार्यालय जानुपर्ने पुरुष तथा महिलाहरूलाई यस्तो समस्या पर्ने गरेको छ । यस्तो खराब प्रवृत्तिले गर्दा मानिसहरूमा रमाइलो होली पर्वप्रति नै वितृष्णा जगाइरहेको छ । होली सुरु भएकै दिनदेखि विशेष गरी महिलाहरूले घरमै बस्नुपर्ने स्थितिले गर्दा होली पर्वमा हुने उन्मुक्त वातावरण हराउँदै गएको छ र होली पर्वमा सबैखाले मानिसहरूको सहभागितासमेत घट्दै गएको छ ।

holi-festival-feature-image
होलीको पर्यायका रूपमा घोट्टा पिउने र अन्य मादकपदार्थ सेवन गर्ने प्रवृत्तिले अनावश्यक आर्थिक क्षति पनि हुने गरेको छ । मादकपदार्थ सेवनकै कारण झैझगडाजस्ता सामाजिक अपराधले पनि बढावा पाएको छ । अचेल विभिन्न मिडिया समूहले ‘होली हंगामा’ भन्दै मौलिक नेपाली संस्कृतिभन्दा पृथक र केही हदसम्म उच्छृंखल मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरेर आफ्ना दर्शकलाई आकर्षित गर्ने प्रयास पनि गर्ने गरेको पाइन्छ । विशेषगरी व्यावसायिक विज्ञापनको लोभमा गरिने यस्ता कार्यक्रमहरूले नेपाली संस्कृतिको संवद्र्धनभन्दा विस्थापनलाई नै सहयोग पु¥याइरहेकाले सामाजिक दायित्वबोध गर्नुपर्ने आवश्यकता पनि बढेको छ । सञ्चार प्रविधिमा आएको विकास र सुविधासँगै होली पर्व मनाउने तौरतरिकामा पनि परिवर्तन आएको छ । यस्तो परिवर्तनले हाम्रो मौलिक परम्परालाई क्रमशः विस्थापित गर्न थालेको छ । हाम्रो आफ्नै मौलिक, सांस्कृतिक बाजागाजासहित नाचगान गरेर मनाइने होली पर्वमा अचेल विदेशी गीत–संगीतमा युवापुस्ता झुम्मिने प्रवृत्तिले हाम्रो मौलिक संस्कृतिलाई क्रमशः विस्थापित गर्न थालेको छ । सभ्य र सौम्य नाचगानमा रमाउनुसट्टा एकदमै उच्छृंखल र उत्तेजक भावभंगीमा नाचगान गर्ने बानीको विकासले गर्दा यौन हिंसाका घटनाहरूलाई समेत प्रश्रय दिएको मनोविद् तथा अपराधशास्त्रीहरूको भनाइ रहँदै आएको छ । यस्ता नराम्रा प्रवृत्तिहरू हावी हुँदै गएकाले होली पर्वको स्वरूप नै परिवर्तन भएको आभास हुन थालेको छ । जसले गर्दा आफ्नै मौलिक परम्परामा रमाउन चाहनेहरूमाझ अचेलको नयाँशैलीको होली पर्वप्रति चासो घट्दै गएको आभास हुनथालेको पाइन्छ ।
वर्तमान युवापुस्तामा संस्कृति र परम्परा निर्वाहको जिम्मेवारीबोधले प्रेरित भएर भन्दा पनि केवल रमाइलोका लागि आफ्नै मनमरी ढंगले होली खेल्ने परिपाटीको विकासले गर्दा होली पर्वको धार्मिक तथा सांस्कृतिक महŒवमै पनि आँच आएकोप्रति अग्रज पुस्ता चिन्तित हुन थालेका छन् । होली पर्वमा बढेको विकृतिले गर्दा सद्भावको पर्व होलीमा वैरभाव बढाउने क्रियाकलापले प्रधानता पाउन थालेको अग्रजहरूको अनुभव छ । यस्तो परिपाटीले होली पर्वको धार्मिक तथा सांस्कृतिक पक्ष ओझेल पर्दै जाने, होलीको मिथक नै मेटिने र केवल मनोरञ्जनको माध्यमको रूपमा मात्रै रहने सम्भावना बढ्दै गएकाले बेलैमा सचेतता अपनाउनु आवश्यक देखिएको छ । त्यसैले, आफ्नो परम्परा र संस्कृतिको जगेर्ना हुने किसिमले होली पर्व मनाउन युवापुस्ता आफैं सचेत र जागरुक हुनु
वाञ्छनीय हुनेछ ।