होली पर्वको महŒव

होली पर्वको महŒव

dhital

विनायकप्रसाद धिताल

१. नेपालमा मनाइने धेरैजसो चाडपर्वहरूमा कुनै धर्म, जात,लिंग वा क्षेत्र विशेषको बढी महŒव र सहभागिताको प्रधानता पाइन्छ । होली मात्रै यस्तो पर्व हो, जसमा सवै धर्मावलम्बी, जातजाति, लिंग वा क्षेत्रका मानिसले साझा पर्वको रूपमा मनोरञ्जन गर्ने गर्छन् । के तराई, के सहर, के पहाड के हिमाल जुनसुकै क्षेत्रमा होली वा फागु खेल्ने गरिन्छ, मुख्य चाडको रूपमा यद्यपि तराईमा अलि बढी नै यसको रौनक देख पाइन्छ । यसबाट प्रस्ट हुन आँउछ कि रङको उत्सव फागु वा होली सबै नेपालीको साझा रसरङ र मस्तीको पर्व हो । भाइचारा,  मेलमिलाप र सद्भावको पर्व हो ।

२. फागु पर्व अथवा उत्सव प्रथमतः सत्ययुगको पौराणिक काल खण्डमा दानवराज हिरण्यकशिपुले ईश्वरीय आस्थामा मन राख्ने छोरा प्रह्लादलाई कुनै उपायबाट मराउन नसकेपछि आगोले डढाउन नसक्ने वरदान पाएकी घमण्डी आफ्नी बहिनी होलिकालाई गुहारी प्रह्लादलाई साथमा लिई भर्वराँउदो
आगाको कुण्डमा पस्दा उक्त कुण्डको आगोबाट होलिका डढेर खरानी भएकी र प्रह्लाद सकुशल आगोबाट निस्किएका कारणमा सत्यको जित र असत्यको हार हुन्छ भन्ने शाश्वत् सत्यलाई मानव समाजमा अक्षुण्ड राख्न प्रचलनमा आएको पर्व हो ।
होलीका जन्मनुअघिका पूर्णिमाको विशेष चर्चा नभए पनि त्यो दिनको पूर्णिमामा उक्त घटना हुँदा त्यसै खुसियालीमा हिरण्यकशिपुका निरीह कर्मचारी लगायत अन्य व्यक्तिले समेत प्रह्लादलाई अवीर लगाइदिई उन्मुक्त स्थिति भएको दिनलाई फागुपूर्णिमा अथवा होलिका दहनले सम्बोधन गरियो र वर्तमानसम्म त्यो सम्बोधन कायम नै छ । त्यही उन्मुक्त स्थितिलाई सम्बोधन गर्न शिशिर ऋतुको कठ्यांग्रिँदो जाडो र यान्त्रिक जीवनचर्याबाट उन्मुक्त भई एकआपसमा रङ, अवीर दल्दै फागु खेल्ने गरिन्छ । यसमा साना–ठूला, धनी–गरिब, शत्रु–मित्र सबै आपसी सद्भाव समता र मेलमिलापमा एकाकार हुने गर्दछन् ।

holi-kele-nanda-lala

३. होलिका दहन र प्रह्लाद अग्निकुण्डबाट सकुशल रहँदाका क्षणमा अवीर लगाई सहानुभूति गरिएको मौलिक सम्झनालाई निरन्त्ररता दिन त्यसपछिका कुनै उल्लेख्य काममा सफलता मिल्दा, अनैतिक व्यवहारलाई नैतिक दृष्टिले सुल्झाई वा कुनै रसरङमा मनोरञ्जन लिँदा वा विजय उत्सव मनाउँदा अविबाट नै स्वागत सत्कार गरिने प्रथावसेको अनुमान गर्न सकिन्छ । रातो रङप्रतिको आकर्षण मानिसको नैसर्गिक स्वभाव हो, रातो राम्रो गुलियो मिठो भन्ने त उखान नै छ । त्यसैले फागुनमा अवीरकै बढी प्रयोग हुने गर्दछ । यसका अतिरिक्त फागुमा मानिस अनुहारमा विभिन्न रङहरू पोतेर बेढंगले प्रस्तुत हुने गर्दछन् । यस सम्बन्धमा दुँढी नामक राशिको कला प्रसंगलाई जोड्ने गरिन्छ दुँढी राक्षसनीले महादेवको वरदान पाएकी थिई कि उसले जुन बच्चालाई भेट्छे उसले खान पाउँछे । तर, त्यहाँ सर्त के थियो भने बेढंग र विनालाजले धुम्मे बच्चालाई उसले खान पाउनेछैन । त्यसैले फगुमा बेढंग तरिकाले होहल्ला गर्दै केटाकेटीहरू घुम्ने गर्दछन् । ‘भारतीय मेलों र उत्सवका दिग्दर्शनबाट सीताराम अग्रहरिको उद्घृृत’ निश्रचय होलिमा सम्पन्न सम्झना हुने महामुर्ख सम्मेलन,बेढंगका रूप र स्तुति आदिले यो कुरालाई पुष्टि गर्न खोज्छन् । टुँडिखेलमा गुरुमापालाई भात खुवाई जँघुहिटी अथवा धारामा लगी चुठाइन्छ । चिर जलाउनुलाई वर्ष दिनमा जो कोहीसँग भएको द्वेष,घृणा वैमनस्यता आदि खराबी प्रवृत्तिहरू भए चिरसँगै डढ्छन् भन्ने विश्वास तथा मान्यता र लिंगामाथि विभिन्न रंगका कपडाका ध्वजा झुन्डयाउनुचाहिँ गोपिनीहरूलेकुनै बखत यमुना नदीमा निर्वस्त्र भई पौडी खेल्ने नुहाउने गरेकामा नदीको अपमान गरेको सम्झिई कृष्णले उनीहरूको धोती चोलो पछ्यौरा मजेत्रो कदमको रूखमा लुकाइदिएको प्रसंगमा जोडिएको अर्थ लगाइन्छ ।

४. गोपाल राज वंशावली अनुसार नेपालमा होली खेल्ने थालनी लिच्छवि राजा मानदेवको पालामा भएको उल्लेख पाइन्छ । चिरोत्थानको अनुष्ठानचाहिँ नेवारी भाषाको लोकगीत ‘जुजुया होली मयजुया मयला’ को आधारमा यो उत्सवले सर्वसाधारण जनता भन्दा राजपरिवारमा बढी मान्यता भएको अनुमान लगाउन सकिन्छ । काठमाडौंमा हनुमान ढोकाअगाडि वसन्तपुरमा र नारायणहिटी राजदरबारमा चिर ठड्याउनुले बताउँछ । यस सम्बन्धमा संस्कृतिविद् सत्यमोहन
जोशीको भनाइछ । वि. सं. २००७ अघिसम्म दरबार राणाहरूले जंगी निजामती सबै कर्मचारीलाई अवीर रङ बाँडेर होली खेल्न उत्साहित गर्ने भएकाले सहरभर होलीमय वातावरण हुन्थ्यो । वर्तमानमा चाहिँ दल, सरकार र सुरक्षा निकायबाट होलीको ऐतिहासिक र सांस्कृतिक पक्ष झल्काउने उद्देश्यको गतिविधि नभएको र शिक्षित भलादमीहरूको पनि होलिका दहन कामदेव, वृन्दावन र कृष्णसँग सम्बन्धित ज्ञानमूलक रासलीलाको र बृहत् सांस्कृतिक, धार्मिक पक्ष बुझ्ने फुर्सद नभएको हो कि ? भनेर प्रश्न गर्दछन् ।

५. काठमाडौं उपत्यकाको वसन्तपुरमा पञ्चांगअनुसार फागुन शुक्ल अष्टमी तिथिमा पूर्वकालमा पैयौं जातको रूखको लिंगो र वर्तमानमा बाँसको लिंगो ठडयाई त्यसमा विभिन्न रङका कपडाले छाताको आकारमा तीन तहमा सजाई पूजाआजा गरी उक्त तिथि देखि पूर्णिमासम्म फागु सुरु भएको जनाउ दिइन्छ । त्यस अनुष्ठानलाई चिरोत्थान भनिन्छ र त्यस अवधिभित्र विभिन्न पब्लिक व्यक्तिहरूले परस्परमाअवीर तथा विभिन्न रङ मिसिएको पानी खेल्छन् । शाही परिवारजन र निजामती जंगी अड्डाका कर्मचारीले नारायणहिटी राजदरबारमा होली खेल्थे वर्तमानमा त्यो चलन हराएको छ । विरोत्थानको ७ दिनपछि अर्थात् पूर्णिमामा उक्त चिर ढाली पुनः विधिवत् पूजा गरी जलाई दर्शनार्थीले आगो तापेर अन्य कामचाहिँ टुँडिखेलमा गुरुमापालाई भात खुवाई जँघुहिटी अथवा धारामा लगी चुठाइन्छ । चिर जलाउनुलाई वर्ष दिनमा जोकोहीसँग भएको द्वेष, घृणा, वैमनस्यता आदि खराबी प्रवृत्ति भए चिरसँगै डढ्छन् भन्ने विश्वास र मान्यता  रहेको पाइन्छ ।

holi-festival-feature-image

६. नेपाली भाषामा फागु भनेर मनाइने पर्व हिन्दी भाषामा होली, मैथिली भाषामा होरी र फगुवा भनेर मनाइन्छ । काठमाडौं उपत्यका र पहाडी क्षेत्रमा विशेषतः पूर्णिमाको दिन र तराईका कुनै क्षेत्रमा पूर्णिमाको भोलिपल्ट हार्दिकतापूर्वक एकआपसमा रङ दलेर, रङ छ्यापेर प्रेम र सद्भाव प्रवाह गर्दै समाजलाई पारस्परिक भ्रातृत्वमा जोड्ने उद्देश्यले मनाइन्छ । काठमाडौं वर्तमान दशकको कुनै कालखण्डमा देखिएको विचलन बलजफ्ती कृत्रिम अवीर र रङहरू दल्ने, लोला हान्ने फोहोर पानी छ्याप्ने आदि जस्ता कुकृत्यहरू गरेर परपीडामा आनन्द लिने मनोवृत्ति निश्चय नै फागु पर्व मनाउनुको परम्परागत र पौराणिक मान्यता विपरीत छ । उच्छृंखल तरिकाले इच्छाविपरीत रङ दल्ने, केटीहरूलाई जिस्क्याउने, संवेदनशील अंगहरूमा लोला हान्ने अश्लील शब्द प्रयोग गर्नेजस्ता कुकृत्यहरूले फागु पर्वप्रति नकारात्मक सोच उब्जाउँछ । यसप्रति सबै सजग हुन आवश्यक छ । वास्तवमा फागु प्रेम, सद्भाव र मित्रताको पर्व हो, यही मान्यतामा रहेर नै फागु उत्साहपूर्वक शालीन र भद्र तरिकाले मनाउनु पर्छ ।

७. केही वर्षयता काठमाडौंमा होली पर्व मनाउने शैलीमा केही भिन्नता देखिन थालिएको छ । आआप्mनो साथी भाइ र पेशागत समूह बनाएर भद्र तरिकाले  होली खेल्ने, नाचगान गर्ने, मिष्ठान्न खाने कुराहरू खाने आदि शैलीलाई अपनाउन सुरु गरिएको छ । बाटा–सडकमा पहिलेको जस्तो अत्यन्त उच्छृंखल चरित्र प्रदर्शन गर्ने कार्यमा पनि कमी महसुस हुन थालेको छ । तापनि कतैकतै उच्छृंखलताले आफ्नो  ठाडो शिर गर्न छोडेको छैन । होलीमा विशेष सांस्कृतिक परम्पराको रूपमा रौनकता बोकेर आएको ठाउँचाहिँ तराई क्षेत्र नै हो ।

८. नेपालका विभिन्न जाति, वर्ग, समुदायले आ–आफ्नै किसिमले होलि उत्सव मनाउँछन् । तराईका विभिन्न ठाउँमा कतै हिलो छ्यापाछ्याप गरेर, कतैकाठबाट पवित्र आगो निकालेर त्यसै आगोमा विभिन्न पक्वान्न व्यञ्जन तयार गरी देवतालाई चढाई होली उत्सवमा जम्मा हुने व्यक्तिलाई प्रसादस्वरूप खुवाउने गरिन्छ । थारू समुदायले सामाजिक सुधार मार्मिक मान्यतालाई बढावा दिने नियतले होली उत्सव मनाउँछन् । जनकपुरमा मिथिला नाट्य कलापरिषद्द्वारा फागु उत्सवमा साहित्यिक सम्मेलनको आयोजना गरी व्यंग्यात्मक कवितावाचन र समाजका ख्यातिप्राप्त व्यक्तिलाई गधा वा रिक्सामा राखी सहरबजार घुमाई महामूर्खको पदवी दिने  चलन छ ।

९. होलीजस्तै रङको पर्व नेपाल र भारतमा मात्र होइन अन्य मुलुकमा पनि विशेष सद्भावना, शान्ति, प्रेम प्रदर्शन गर्न आ–आफ्नै किसिमले मनाउने गर्छन् । रुसमा हास्य पर्वको रूपमा र बेल्जियममा हाँसो ठट्टाको साथै एकआपसमा अँगालो हाली आ–आप्mनो जुत्ता बालेर मनाउँछन् । थाइल्याण्डमा पानीको पूजा अर्चना गरी बौद्ध मठमा गई भिक्षुलाई दान दिई आपसमा सुगन्धित जल सेचन गरी भेटस्वरूप एकआपसमा उपहार आदानप्रदान गरी मनाउँछन् । हंगेरीमा शुद्ध रङ पानी लिई विशेष चिनजान भएका युवकयुवतीबीच भरपुर रङ पानी खन्याई छ्यापाछ्याप गरी उल्लासमय वातावरण मनाउँछन् । जापान सुमात्रा आदि देशमा नाचगानको साथै नयाँ अन्न उब्जाको स्वागतमा रङको पर्व मनाउँछन् । बेलायतको लेस्टर सहरमा होली परेडको आयोजना नै हुन्छ । त्यहाँ होली खेल्दा एकलेअर्कालाई अँगालो हाल्दै अवीरको टीका लगाई दिई खुसियाली मनाउँछन् ।

१०. होली अथवा फगुवालाई भारतका विभिन्न प्रान्तमा फागवह डोलाजात्रा, वसन्तोत्सवका नामले चिनिन्छ । भगवान् कृष्णको ब्रजभूमि मथुरा, वृन्दावन नन्दगाव र वर्सनाको होलीमा रमाउन त पर्यटकहरूको ओइरो नै लाग्छ । किंवदन्तिअनुसार भगवान् कृष्ण राधाको गाउँ पुगेर राधा र उनका साथीलाई जिस्क्याउँदा त्यसको बदला लिन बर्सनाका महिला एकत्रित भई कृष्णलाई लखेटेका उदाहरण पनि पाइन्छन् । बर्सनाका महिलाको यो अभियानलाई विद्वत् जनले धार्मिक र सामाजिक रूपलेमहिलालाई जिस्क्याउन र दुव्र्यवहार गर्न नहुने सन्देश लिएको उल्लेख गर्छन् । बेलायतको सहरमा होली परेडको आयोजना नै हुन्छ । त्यहाँ होली खेल्दै एकले अर्कोलाई अँगालो हाल्दै अवीरको टीका लगाइदिइ खुसियाली मनाउँछन् ।

११. मनोरञ्जन मानिसको प्रिय विषय हो र आवश्यकता पनि । मानव जीवनले निराश र निराशाजनक अवस्थाबाट मुक्ति पाउने क्षण भनेकै मनोरञ्जनको क्षण हो । चाडपर्वहरूले यो क्षण ल्याउँछन् । अरू पर्वहरूमा भन्दा फागु पर्वमा मनोरञ्जन पक्ष बढी सबल हुनाले यस पर्वमा सबै धर्म, वर्ण र वर्गका मानिस समाहित हुन्छन् । धर्म, जाति र लिंगका विभेदकारी रेखा प्रायः भेटिन्छन् । फागुपर्र्वमा पाइने यो प्रजातान्त्रिक चरित्र निश्चय नै वस्तुगत र सम्मोहक पूर्ण छ । यसलाई अक्षुण्ण राख्नु समाज र राष्ट्रको हितमा छ । यसका अतिरिक्त पौराणिक आधार लिएको यो पर्व उसवले असत्यमाथि सत्यको विजय उद्घोष  गर्दै मानिसको भित्री हृदयलाई असल चरित्र र बाटो अवलम्बन गर्नु पहिल्याउन प्रेरणा प्रदान गर्दछ । यी सबै कुरालाई दृष्टिगत गर्दा फागु वा होली अझ बढी उत्साहित भएर मर्यादित रूपले मनाउनुपर्ने आवश्यकताको बोध हुन आउँछ । यसका लागि होली पर्वको गौरवशाली सांस्कृतिक परम्परा र विरासतलाई बिथोल्ने काम गर्न हँुदैन ।