ल हेरौं २०७४ सालका सार्वजनिक बिदाका दिन

nepali-calendar-october-november

२०७४ सालका सार्वजनिक बिदाहरू

नेपाल सरकारले बिक्रम सम्बत २०७४ साल बैसाख १ गते देखि २०७४ साल चैत मसान्त सम्म १ बर्ष भरिमा सबै सरकारी कार्यालयहरुलाई देहाय बमोजिम को सार्वजनिक एवं पर्व विदाको निर्धारण गरेको छ ।

क. पर्व बिदाहरू

१. वैशाख १ – नयाँ वर्ष (शुक्रवार)
२. वैशाख २७ – उभौली पर्व (बुधवार)
३. श्रावण १३ – जनै पुर्णिमा, रक्षा बन्धन (शुक्रवार)
४. भाद्र १३ – गौरापर्व (मंगलवार)
५. इस्लाम धर्मावलम्बीहरुको पर्व– ईद उल फित्रको दिन
६. कार्तिक ९ – छठपर्व (बिहिवार)
७. इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईदको दिन
८. मंङसिर १७ – उधौली पर्व र योमरी पुन्ही र ज्यापू दिवस ( आइतवार)
९. पौष १० – इशाई धर्मावलम्बीहरुको पर्व क्रिसमस डे ( सोमवार)
१०. पौष १५ – तमु ल्होसार (शनिवार)
१२. माघ १ – माघी पर्व (सोमवार)
१३. माघ ४– सोनाम ल्होछार (बिहिवार)
१४. फाल्गुन २ – महाशिवरात्री (बुधवार)
१५. फाल्गुन ४ – ग्याल्बो ल्होसार (शुक्रवार)
१६. फाल्गुण १७ गते र १८ गते – होली (१८ गते तराई मा, बिहिवार र शुक्रवार)

ख. महिला कर्मचारीहरुको लागि बिदा

१. भाद्र ८ – हरितालिका तीज (बिहिवार)
२. भाद्र १० – ऋषीपञ्चमी (शनिवार)
३. भाद्र २८ – जितिया पर्व (बुधवार, जितिया पर्व मनाउने कर्मचारीहरुको लागि मात्र)

ग. शिक्षण संस्थाहरुको लागि मात्र

१. माघ ८ –बसन्तपञ्चमी (सोमवार)

घ. जात्रा बिदा (काठमाण्डौ उपत्यकालाई मात्र)

१. श्रावण २४ – गाईजात्रा (मंगलवार)
२. भाद्र २०– ईन्द्रजात्रा (मंगलवार)
३. भोटेजात्राको दिन
४. चैत ३ – घोडेजात्रा (शनिवार)

ङ. दशैँ बिदा

१. अशोज ५ घटस्थापना (बिहिवार)
२. अशोज ११ देखि अशोज १६ सम्म – फूलपाती देखि द्वादसी सम्म (बुधवारदेखि सोमवार)
३. अशोज १९ – कोजाग्रत पुर्णिमा (बिहिवार)

च. तिहार बिदा

१. कार्तिक २ –लक्ष्मी पुजा (बिहिवार)
२. कार्तिक ३ – गोबर्धन पुजा (शुक्रवार)
३. कार्तिक ४ – भाईटिका (शनिवार)

छ. दिवस बिदा

१. वैशाख १८ – विश्व मजदुर दिवस (सोमबार)
२. जेष्ठ १५ – गणतन्त्र दिवस (सोमवार)
३. भाद्र २२ – निजामति सेवा दिवस, निजामती कर्मचारीहरुका लागि (बिहिवार)
४. अशोज ३ – संविधान दिवस (मंगलवार)
५. मंगसिर १७ – अन्तराष्ट्रिय अपाङ्ग दिवस (आइतवार, अपाङ्ग कर्मचारीहरुका लागि मात्र)
६. माघ १६ – शहीद दिवस (मंगलवार)
७. फाल्गुन ७ – राष्ट्रिय प्रजातन्त्र दिवस (सोमवार)
८. फाल्गुण २४ – अन्तराष्ट्रिय महिला दिवस (बिहिवार)

ज. जन्म जयन्ती बिदा

१. वैशाख २७ – बुद्ध जयन्ती (बुधवार)
२. श्रावण ३० – श्री कृष्ण जन्माष्ठमी (सोमवार)
३. कार्तिक १८ – गुरु नानक जयन्ती (शनिवार, सिख धर्मावलम्बीहरुका सरकारी कर्मचारीहरुको लागि)
४. कार्तिक २५ – फल्गुनानन्द जयन्ती (शनिवार, किरात धर्मावलम्बीहरुका सरकारी कर्मचारीहरुको लागि)
५. पौष २७ –पृथ्वी जयन्ती (बिहिवार)
६. चैत्र ११ – रामनवमी (आइतवार)
७. चैत्र १५ – महावीर जयन्ती (बिहिवार, जैन धर्मावलम्बीहरुका सरकारी कर्मचारीहरुको लागि)