जुनियर ब्याटर–२०१७ मा ७३ बालबालिका

काठमाडौं / रास– चैतमा अन्तिम परीक्षा दिएर बसेका स्कुलका भाइबहिनीको व्यक्तित्व विकासका लागि ‘पाँचौं जुनियर ब्याटर–२०१७’ आयोजना हुने भएको छ । आयोजक मिडिया ल्यान्डले बिहीबार एक विज्ञप्तिमार्फत प्रतियोगिताको जानकारी गराएको हो ।

img_2954

विगतका वर्षमा जुनियर र सिनियर दुई क्याटवरीमा ‘जुनियर ब्याटर’ आयोजना गर्दै आएको मिडिया ल्यान्डले यस वर्षबाट ‘जुनियर ब्याटर एन्जलस्’, ‘जुनियर ब्याटर प्रिन्स एन्ड प्रिसेज’ र ‘जुनियर ब्याटर किङ एन्ड क्विन’ गरी तीन समूह यो प्रतियोगिता आयोजना गर्दै छ । विद्यार्थीको कक्षाअनुसार उनीहरूलाई तीन समूहमा विभाजन गरिने आयोजकले जनाएको छ । यो प्रतियोगीताका लागि प्रारम्भिक अडिसनबाट ७३ प्रतियोगीसमेत छानिएका छन् ।

लिटिल एन्जलस, न्यु मिलिनियम, नाइटेङ्गल, भीएस एन्जलस वल्र्डलगायतका विभिन्न १० स्कुलका ५ सयभन्दा बढी विद्यार्थीबाट यी प्रतियोगी छानिएका हुन् ।

अन्तिम स्पर्धाको प्रतियोगीले चैत १९ बाट १५ दिन विभिन्न प्रशिक्षण लिनेछन् । प्रशिक्षणका क्रमम रनिङ, रेसलिङ, प्रिन्टिङलगायत विभिन्न ब्याटरसँगै उनीहरूलाई पर्सनालिटी डेभलपमेन्ट, लिडरसिप, स्पिकलगायतका प्रशिक्षण दिइने आयोजक मिडिया ल्यान्डले जनाएको छ ।

यो प्रतियोगिताको कोरियोग्राफी प्रशंसा श्रेष्ठ र स्वस्तिका राजभण्डारीले गर्नेछन् । प्रतियोगिताको अन्तिम स्पर्धा आगामी १ वैशाखमा राष्ट्रिय नाचघर जमलमा हुनेछ । सोही प्रतिस्पर्धाबाट विजयी चयन हुनेछन् ।

प्रतियोगीले विभिन्न शीर्षकमा उपाधिका साथमा अन्तर्राष्ट्रिय विभिन्न सौदर्य प्रतियोगिताका नेपालको प्रतिनिधित्व गर्ने अवसर र उपहारसमेत प्राप्त गर्नेछन् ।