रेस्लिङ हंगामा

रेस्लिङ हंगामा

 

रामसूदन तिमल्सिना

पहिलो अन्तर्राष्ट्रिय सो नेपालमा

भारतीय नागरिकका रूपमा मलाई कहिल्यै लागेन कि नेपालसँग हाम्रो खराब सम्बन्ध छ, तर जब म रेस्लर लिएर नेपाल भ्रमणमा आएँ । तब मैले थाहा पाए, यहाँ भारत सरकारका कारण केही अन्योल रहेको रहेछ । त्यसैले, नेपाल र भारतबीचको म्याचमा पनि दर्शकको हेर्ने नजर फरक हुँदो रहेछ ।  तर, हामीलाई नेपाल ल्याउन महŒवपूर्ण भूमिका खेलिरहेको नेपाल रिङ रेस्लिङ संघले त्यसमा ढुक्क हुन आश्वासन दियो ।
तर, पनि जंगलका बीचमा रिङ राखेर रेस्लिङ खेल्नु कम चुनौतीपूर्ण होइन । कतै ढुंगा प्रहार हुने त होइन भन्ने डर थियो । तर, यहाँको दर्शकबाट हामी प्रभावित भयौं । हामीले सोचेभन्दा बढी प्राप्त ग¥यौं ।
छोटो समयमा नै हामीले भारतमा लोकप्रियता कमाएका छौं । सन् २००८ मा हामीले फ्री पाइटर रेस्लिङ स्थापना गरेका थियौं, तर यो धेरै चल्न नसकेपछि इन्टरनेसनल एक्ट्रिम रेस्लिङ स्थापना गरेर भारतमा हामीले हालसम्म नौ सो गरिसकेका छौं भने अन्तर्राष्ट्रिय स्तरमा नेपालमा पहिलोपटक सो ग¥यो ।

_mg_3574

रेस्लिङमा युवाको आकर्षण

भारतमा सन् २०१० को कमनवेल्थ गेम्सपछि खेलकुदको माहोल नै परिवर्तन भएको छ । भौतिक पूर्वाधारको राम्रो विकास भएको छ । मानिसमा क्रिकेटबाहेकका खेलकुदप्रतिको चेतना वृद्धि भएको छ । जसका कारण मानिसको महŒवाकांक्षा बढेको छ ।
आईपीएलबाहेक भारतमा ब्याडमिन्टन, कुस्ती, फुटबल, हक्की, कबड्डीका लिग सुरु भएको छ । रेस्लिङको पनि बेग्लै स्थान छ । आजका युवा पावरफुल र साहसिक खेल हेर्न चाहन्छन् । त्यसैले पछिल्लो समय भारतमा रेस्लिङ निकै रुचाइएको खेलमा पर्दछ । रेस्लिङमा फन्डिङ्ग राम्रो भइरहेको छ । सबै क्षेत्रका केही न केही सपोर्ट प्राप्त भइरहेको छ । रेस्लरले उत्कृष्ट कमाइ गर्दछन् । उनीहरू सन्तुष्ट छन् ।

सुरुमा संघर्ष हुन्छ

खेलाडीले सुरुवातमा संघर्ष गर्नैपर्छ । भारतमा ट्यालेन्टको कमी छैन । जसका कारण प्रतिस्पर्धा उच्च लेभलको हुन्छ । त्यसैले यतिबेला ट्यालेन्ट भएर मात्र पुग्दैन, त्यसका लागि आर्थिक भार वहन गर्न सक्षम हुनुपर्ने हुन्छ । केही राजनीति, केही धन, केही ट्यालेन्ट मिलाएर मात्र खेलाडी अगाडि बढ्न सक्ने अवस्था छ । अवसरको एउटा लिमिटेसन छ । त्यसलाई प्राप्त गर्न सुरुवातमा कुनै पनि खेलाडीले संघर्ष गर्नुपर्ने हुन्छ र सही प्लेफर्म मिलेपछि त्यसलाई फेरि कसैले
रोक्न सक्दैन ।  नेपाल आएपछि मैले थाहा पाएँ, नेपालमा ट्यालेन्टको कुनै कमी छैन । तर, उनीहरूलाई सही डाइट र सही प्रशिक्षण आवश्यक छ । डाइटका लागि प्रोटिङ चाहिन्छ । त्यसका लागि केही छुट सहयोग पाउनुपर्ने भन्ने विषयमा एसोसिएसनले माग गर्नुपर्छ जस्तो लाग्छ । मैले पनि नेपालका रेसलरलाई सहयोग गर्ने सोच बनाएको छु ।

rajput

परिचय नेपालको आयोजनामा पोखरामा फागुनमा भएको जंगल फेस्टिबलको मुख्य आकर्षण बनेका थिए भारतीय रेसलर । इन्टरनेसनल एक्ट्रिम रेस्लिङका सीईओ मनीष राजपूतको नेतृत्वमा आएको टोलीले पोखरेलीलाई मनोरञ्जन मात्र दिएनन्, मन पनि जित्न सफल भए ।
उनको टिममा सन्दिप दया ‘रक्की’, दिनेश श्रीरावत, आरडीएक्स अर्थात् गणेश शर्मा, निल अर्थात् मन्जित, ज्याकह्यामर, ज्याक, दिलदार सिंह रेसलर रहेका थिए भने जर्जको भूमिकामा करण सिंह थिए भने मिडिया संयोजक विशाल किशोर रहेका थिए । पहिलोपटक नेपालमा फरक स्वादको रेस्लिङ प्रस्तुत गरेपछि अनुभव यसरी सुनाउँछन्, इन्टरनेसनल एक्ट्रिम रेस्लिङका सीईओ मनीष राजपूत ।

सुरक्षित छ रेस्लिङ

आज ड्रक्स, रक्सीलगायतको कुलतमा वृद्धि भएको छ । जसले शरीरलाई प्रत्यक्ष असर गर्दछ । तर, खेलकुदमा लागेर वर्कआउट गरेपछि सप्लिमेन्ट लिएमा त्यो लत आफंै हट्छ । यो स्कोप मिलेपछि युवा कुलतमा लाग्दैनन् । त्यसैले, युवाको आकर्षण छ । कतिले यसलाई खतरानाक खेल भन्छन् । तर, म मान्दिनँ । मानिस आर्मीमा ज्यानको बाजी मारेर जान्छ । जोखिम सबै क्षेत्रमा छ, तर रेस्लिङमा प्रचार गरिएजस्तो जोखिम छैन ।
सुरक्षित खेल्ने र राम्रो प्रशिक्षण लिने हो भने यो खेल निकै रोचक छ । जबसम्म धेरैभन्दा धेरै सोहरू हुँदैन, तबसम्म मानिसलाई अनुभूति हुँदैन कि यो जोखिममुक्त खेल हो भन्ने । एउटै रेसलर पटक–पटक खेलेको देखेपछि मानिसमा त्यो अनुभूति हुने हो । त्यसैले त्यसका लागि नेपालमा धेरै सो हुनुपर्छ । जसले गर्दा नेपाली रेसलरले काम पाउँछन्, दर्शक पाउँछन् र कमाउँछन् पनि । सही प्रशिक्षण चाहिन्छ । प्रशिक्षणविना फुटबल नै खेल्न गयो भने पनि मानिस घाइते हुन्छ ।

नेपाली रेसलर हंगामा गर्न सक्छन्

नेपाली रेसलरमा मैले राम्रो आत्मविश्वास देखेको छु । अरू देशका रेसलरको दाँजोमा नेपालीको शारीरिक अवस्था बलियो नदेखिए पनि उनीहरूमा माथिल्लो लेभलको हिम्मत छ । कुनै पनि लडाइँ शरीरले गरिँदैन, हिम्मतले गरिन्छ । सबैभन्दा पहिले मानसिक रूपमा बलियो हुनुपर्छ । शरीर बनाउन धेरै समय लाग्दैन । त्यो तीन–चार महिनामा बन्छ । तर, यदि तपार्इं मानसिक रूपमा तयार हुनुहुन्न भने सारा जिन्दगीभर तयार हुन सक्नुहुन्न । नेपाली रेसलर दिमागले तयार छन्, तर उनीहरूलाई उत्कृष्ट प्रशिक्षण आवश्यक छ । केही सरकारको पनि सहयोग चाहिन्छ । उनीहरूको सप्लिमेन्ट डाइटमा सहयोग गर्नुपर्ने हुन्छ । तब, नेपाली रेसलरले अन्तर्राष्ट्रियस्तरमा हंगामा  मच्याउन सक्छन् ।
मैले नेपाललाई एउटा अन्तर्राष्ट्रिय मार्केटका रूपमा देखेको छु । नेपाल भूपरिवेष्टित देश हो । यहाँका धेरै खेलाडी बाहिर निस्कन पाएका छैनन् । भारतमा पनि केही समय पहिले त्यस्तै अवस्था थियो । स्पोर्टस् म्यानको त्यति कदर हुँदैन थियो ।
तर, बिस्तारै प्रत्येक खेलका खेलाडीको सम्मान हुन थाल्यो । आजको तारिखमा भारतका अधिकांश खेलाडी खुशी छन् । जुन अवस्थामा मैले खेलकुद सुरु गरेको थिएँ, आज नेपाल त्यही अवस्थामा छ । म यो अनुभव गर्न सक्छु । त्यसैले यो अवस्थाबाट यी खेलाडीलाई बाहिर
निकाल्न सकियोस् ।
मसँग रहेको रेसलरले पनि अभावको अवस्था पार गरेर यहाँ आइपुगेका हुन् । हामीले सबै संर्घष साथसाथमा रहेर भोग्यौं । आज हामी भारतमा सफल रेसलरभित्र पर्दछौं । त्यो हामी सबैको प्रभावले हो । यसमा सबैको रगत–पसिना मिसिएको छ ।

हामी निःशुल्क प्रशिक्षण दिन्छौं

हाम्रो एकेडेमी व्यावसायिक होइन । मतलब हामी कसैलाई पनि आउनुस्, हाम्रो एकेडेमीमा भर्ना हुनुस् भन्दैनौं । हजारौं बालबालिका युवा हाम्रो एकेडेमीसँग संलग्न हुन चाहन्छन्, तर हामी तीमध्येबाट उत्कृष्ट छनोट गछौं र उनीहरूलाई निःशुल्क संलग्न गराउँछौं । किनकि, हामी मूर्ख भेला गर्न चाहदैनौं । हामी ट्यालेन्ट हन्ट गरेर उत्कृष्टलाई लिन्छौं र निःशुल्क प्रशिक्षण दिन्छौं ।
केही नेपाली उत्कृष्ट रेसलरलाई मेरो एकेडेमीमा राखेर प्रशिक्षण दिने सोचेको छु र रिङ रेस्लिङ संघमार्फत नेपालमा आएर दुई÷चार महिना नेपालका रेसलरलाई प्रशिक्षण दिने विषयमा पनि हाम्रो कुरा भएको छ । यसले हाम्रो दुई देशको रेस्लिङ सम्बन्धलाई बलियो बनाउने मैले विश्वास लिएको छु ।
जंगलमा मयुर नाच्यो, कसले देख्यो र अर्काे कुरा जो देखिन्छ, त्यही बिक्री हुन्छ । यदि, हामीले यो खेललाई धेरै मानिसमा देखाउन सक्यौं भने मात्र सबैका आँखा रेसलरमा पर्छ । त्यसैले लगातार इभेन्ट गर्नेतर्फ मेरो रिङ रेस्लिङ संघलाई सुझाव छ । जहाँ जनताको आकर्षण हुन्छ, सरकारको ध्यान पनि त्यतै जान्छ । जस्तै क्रिकेट र फुटबलमा जनता आकर्षित छन्, प्रायोजक पनि त्यतै छ अनि सरकारले पनि सपोर्ट गरिहेको छ ।

हामी ड्रामा गर्दैनांै

हामी मूर्खहरूलाई भेला गर्दैनौं सच्चा खेलाडीलाई लिन्छौं । हामी कलाकार किन्दैनौं ।  प्रो रेस्लिङमा नाटक बढी हुन्छ, जसमा सुरक्षा बढी खोजिन्छ । प्रो रेस्लिङमा ड्रामा बढी हुन्छ । अभिनय बढी हुन्छ । खेल कम हुन्छ । एक्सट्रिम रेस्लिङमा खेल हुन्छ । स्पोर्टस बढी हुन्छ, नाटक कम हुन्छ । जे हुन्छ, साँचो हुन्छ । त्यसैले त हामी भारतमा रेस्लिङको नयाँ स्वाद दिन सफल भएका छौं । यसैगरी, हामी अन्तर्राष्ट्रिय जगत्मा छाउँदै जानेछौं । नेपाल र भारतका रेसलरले विश्वमा हंगामा मच्चाउनेछन् । हामी कुनै पनि रेसलरलाई च्यालेन्ज गर्न सक्छौं ।

– रामसूदन तिमल्सिना