शून्य खेलकुद गतिविधिमा फस्टाउँदा दर्शक

शून्य खेलकुद गतिविधिमा फस्टाउँदा दर्शक

प्रकाश कँडेल

फुटबल होस् या क्रिकेट, मैत्रीपूर्ण होस् या अफिसियल, जस्तोसुकै अवस्थामा पनि मैदानमा सधैं जम्मा भएर नेपाल–नेपाल भनेर कराउने दर्शकका साथ सधैं उस्तै र उत्तिकै रहन्छ । त्यसो त विदेशी भूमिमा नेपालले खेल्ने खेलहरूमा यु–ट्युब लाइभ हेर्नेको संख्या पनि कम हुंदैन । तर, घरेलु मैदानमा भएका प्रतियोगिताहरू भने अक्सर  दर्शकहरू छुटाउँदैनन् ।

img_8971
अन्तर्राष्ट्रिय खेलहरू हुँदा त दर्शकको उपस्थितिलाई थेग्न नै धौ–धौ हुन्छ । त्यसो त राष्ट्रिय स्तरमा पनि उत्तिकै दर्शकहरू हुन्छन् । तर, व्यावसायिक खेलकुद गतिविधि शून्य छ । फुटबललाई मोफसलका केही प्रतियोगिताहरूले जीवित राख्दा क्रिकेट भने विश्व क्रिकेट लिग च्याम्यिनसिपले अन्तर्राष्ट्रिय स्तरमा नै अहिलेसम्म चलायमान रहेको छ । तर, राष्ट्रिय गतिविधि भने क्रिकेटमा पनि शुन्यप्रायः छ ।
यस्तोमा कहिलेकाहीँ हुने प्रतियोगिताले दर्शकलाई यस्तरी बाँध्छ, जसले गर्दा उनीहरू झरी होस् या घाम केही प्रवाह नगरी मैदान ओर्लिहाल्छन् । देशको झन्डा घाँटीमा बाँधेर अनुहारमा झन्डाको तस्बिर कोर्नु त उनीहरूको सोख नै हुन्छ । त्यसैले त नेपाल प्रतियोगिताविना पनि टुट्नुपरेको छैन, निराशाका बीच फुट्नुपरेको छैन् । निरन्तर बाँधिछन् नेपाली दर्शक सधैं यसै गरेर ।

सानो कुरामा पनि ठूलो खुसी प्राप्त गर्ने नेपाली मनहरू अझै मरिसकेका छैनन् । राजनीतिले गति नलिँदा पनि अपेक्षाको नजरहरू लम्काउने नेपाली मन अन्तिम समयसम्म पनि जितकै लागि उभिन्छ, तर हार नै किन नहोस् समर्थनमा आवाज बुलन्द बनाउन छोड्दैन । त्यसको ज्वलन्त उदाहरणका रूपमा कीर्तिपुर मैदानमा केही दिनअघि भएको डिभिजन च्याम्पियनसिपको पहिलो खेललाई लिन सकिन्छ । झरी र वर्षाको अनिश्चितताका बीचमा पनि दर्शकले घेरिएको कीर्तिपुर मैदानमा दर्शकहरू ९४ रनको लक्ष्यलाई पनि जित्ने ठूलो महŒवाकांक्षाका साथमा अन्तिमसम्म खडा थिए, भलै पराजय किन नहोस्, आस भने निरन्तर राखिरहे सधैंझैं नेपाली टिमप्रति नतमस्तक बनेर ।
हाम्रो यही ठूलो विश्वासले नै हो नेपाल जुटिरहेको । ‘लामो समयपछि नेपालमा फेरि खुसी फर्कियो । जे सोचेर आएको थिएँ, केटाहरूले पूरा गर्दिए । अफिसमा हतपत बिदा मिल्दैन, त्यही भएर इमर्जेन्सी काम प¥यो, आज आउन भ्याइनँ भन्दिएँ,’ सतुंगलका सन्तोष श्रेष्ठले केन्याविरुद्धको दोस्रो खेल जितेपछि व्यक्त गरेको यो भनाइले प्रमाणित गर्छ, नेपालमा खेलप्रतिको जनलगावलाई उनी नेपाली दर्शकका एक प्रतिनिधि पात्र मात्र हुन् । यस्तै, अनेक बहानामा मैदान पुग्ने दर्शकहरूको संख्या उल्लेख्य रहन्छ । त्यही भएरत शून्य खेलकुद गतिविधिमा पनि दर्शकको भेल थेगिनसक्नु छ ।

सोच नै दरिद्र भएपछि दर्शक र खेलाडीले मात्रै कति समय थेग्ला र नेपाली खेलकुद ? प्रश्न आजको होइन, सदियौंदेखि रह“दै आएको छ । फेरि पनि जसोतसो हुने प्रतियोगितामा दर्शकले मन बुझाएकै छन् । झन्डाको ट्याटुले अनुहार सजाएकै छन् । अनि वास्तविक राष्ट्रियताको झझल्को हिमाल, पहाड र तराईमा छचल्किएकै हुन्छ ।

त्यही नेपाली दर्शकको लगावकै कारण विश्व क्रिकेटले नेपाली क्रिकेट संघलाई प्रतिबन्धका बाबजुद खेल्न पाउने अधिकारबाट वञ्चित गरिएको छैन । त्यति मात्रै होइन, नेपालमा नै प्रतियोगिताहरूको अवसर दिएर दर्शकप्रतिको सम्मान कायमै राखेको छ भने जुन विश्वासका साथ प्रतियोगिताहरू भएका छन्, त्यसलाई कायम राख्न पनि नेपाली दर्शकले मैदानमा पुरानै रवाफलाई निरन्तरता दिएका छन् । डिभिजन पाँचदेखि डिभिजन एकसम्मको यात्रा तय गर्दै गर्दा कुनै पनि खेलमा नेपाली टिमले दर्शक अभावको सामना गर्नुपरेको छैन । त्यही भएर नेपाली टिम अनेक व्यवधानका बाबजुद मैदानमा सकेको बल लगाएर प्रतिस्पर्धा गर्छ सधैं र प्राय नतिजा सुखद निकाल्दै खुसी तुल्याउन चाहन्छ नेपाली टिम ।

अनिश्चित छन् राष्ट्रिय प्रतियोगिता

त्यसो त राष्ट्रिय प्रतियोगिताहरू हुन नसकिरहँदा नेपालमा खेलकुद गतिविधि असाध्यै न्यून भइरहेको छ । फुटबलको सबैभन्दा महŒवपूर्ण प्रतियोगिताका रूपमा रहेको राष्ट्रिय लिग नभएको दुई वर्ष पुग्न लाग्दा पनि अनिश्चितता कायमै छ । फुटबल लिगमा दर्शकहरूको उपस्थिति पनि साँचिकै दर्शनिय रह्ने गथ्र्यौ । एन्फाले गेटमनिमार्पmत पनि लाखौं आम्दानी गर्दै आएको थियो । यस्तोमा प्रतियोगिताको निरन्तरता दिन नसक्नु सम्बन्धित निकायको ठूलो लाचारी हो ।
तर कुनै पक्ष त्यसमा आफूलाई जिम्मेवार सम्झिँदैनन् ।

1489393896196_ros_ktm_130317_17273280_10206540146022626_2007392557_o1489411565413_ros_-ktm_170313img_8787

अनेका व्यवधानका बीचमा राष्ट्रिय खेलकुद परिषद्ले सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा सम्पन्न गर्दै गर्दा धेरै कुरा अभावै–अभावमा सम्पन्न भयो । यद्यपि, आगामी साग गेमका लागि ढोकाका रूपमा खेलाडीले उपयोग गरेकाले धेरै कुराहरूलाई सहजै पचाएर भए पनि प्रतियोगितामा खेलाडीहरूले आफ्नो प्रदर्शन दिए । तर, सागको अनिश्चितता कायमै छ । यस्तोमा बाहिर भन्न कसैले नचाहे पनि यथार्थ नेपालमा तोकेको समयमा साग नहुने निश्चितजस्तै छ । त्यही भएर सबै पक्ष चुपचाप बसिरहेका छन् । राष्ट्रिय खेलकुद परिषद्लाई सातौंको खर्चको अडिट गर्न नै महिनौं लागिरहेको छ । यस्तोमा उसले साग गेममा ध्यान दिन सकेकै छैन् भने ओलम्पिक भवनमा तालाबन्दीले सबै कामहरू ठप्प छन् । त्यही भएर नेपालमा गर्ने भनिएको साग गेमलाई पाकिस्तान, श्रीलंकालगायत देशले आफ्नो देशमा सार्नका लागि लबिङ तीव्र पारेका छन्, तर नेपालमा घोषित सागलाई सफल बनाउन कुनै पक्ष पनि प्रभावकारी रूपमा उभिन नसक्दा दर्शकको त्यो उपस्थिति फिक्का लाग्छ ।

सानो कुरामा पनि ठूलो खुसी प्राप्त गर्ने नेपाली मनहरू अझै मरिसकेका छैनन् । राजनीतिले गति नलि“दा पनि अपेक्षाका नजरहरू लम्काउने नेपाली मन अन्तिम समयसम्म पनि जितकै लागि उभिन्छ, तर हार नै किन नहोस्, समर्थनमा आवाज बुलन्द बनाउन छोड्दैन ।

समय हुँदा नै धेरै कुरा गुमाएको थाहा नहुनु नेपाली खेलकुदको रोग नै हो । समय बितेपछि गरिने प्रयासहरू फगत देखावटी हुन्छन् । अनि जिम्मेवार निकायमा बसेकाले त्यसमै सुरु गर्छन् । दर्शकको सेन्टिमेन्टको राजनीति अनि खेलाडीको परिश्रममा खेलबाड तर जिम्मेवारीले कसैलाई पोल्दैन पोल्छ त तिनै दर्शकलाई जो भित्री हृदयदेखि खुसी चाहान्छन् देश जितेको हेर्न चाहान्छन् । सोचनै दरीद्र भएपछि दर्शक र खेलाडीले मात्रै कति समय थेग्ला र नेपाली खेलकुद ? प्रश्न आजको होइन सदियौंदेखि रहँदै आएको छ । फेरि पनि जसोतसो हुने प्रतियोगितामा दर्शकले मन बुझाएकै छन् । झन्डाको ट्याटुले अनुहार सजाएकै छन् । अनि वास्तविक राष्ट्रियताको झझल्को हिमाल, पहाड र तराईमा छचल्किएकै हुन्छ । त्यही प्रतियोगिता वर्षौं पछि किन नआओस् नेपाली मनहरू
एकजुट भइहाल्छन् ।
यहाँ यस्तै चल्छ, जस सबै लिन चाहन्छन्, प्रयास कोही गर्न चाहन्नँ, ठूलो सबैलाई हुनुपरेको छ । त्यही भएर साग राजनीति सुरु हुन अझै बाँकी छ, किनकि साग अझै हाम्रो हातबाट फुत्किसकेको छैन् । जब हातबाट फुत्किन्छ त्यसपछि बल्ल सुरु हुन्छ साग राजनीति । तर पनि खेलाडीहरू आफ्नो पसिनाको मोल देशको माटोमा खन्याउन रातदिन जुटिरहकै छन् । भत्किएकै कभर्ड हल भए पनि पसिना झारिरहेका छन् । किनकि, आस बाँकी छ, हामी अन्तिमसम्म आस नै गरिरहन्छौं ।
राजनीतिक अस्थिरताको दलदलमा कमलफुल फुलाउने खेलाडीहरू र दर्शकप्रति सम्बन्धित निकायले छलकपट र जालझेल बाँकी राखुन्जेल हामी जहाँको तिनै हुन्छौं । तर, ती निकायले साँच्चिकै छातीमा हात राखेर आफ्नो स्वार्थलाई तिलाञ्जली दिएको दिन हाम्रा शिरहरू अन्तर्राष्ट्रिय पदकहरू अनि ओलम्पिक पदकसम्मै हातहरू पुग्नेछन् । दर्शकले दिएको साथले सार्थकता पाउनेछ । हामि फेरी एकपटक खेलकुदको समृद्धिमा पुग्ने छौं, किनकि यो आशा राख्नु हाम्रो धर्म हो दर्शकमा छलकपट हुन् देशले जितेको हेर्ने महŒवाकांक्षा हुन्छ । त्यही महŒवाकांक्षा सधैं र रहिरहन्छ उत्साहका साथ फेरि पनि उत्साहका साथ ।