युएईमा पर्वत सेवा समाजको नयाँ नेतृत्व चयन

17360858_1406244819415118_374041187_n

मोहन बस्याल/यूएई

पर्वत जिल्ला घर भई वैदेशिक रोजगारीका सिलसिलामा युएईमा आएर बसोबास गरिरहेका नेपालीहरुको संस्था पर्वत सेवा समाजको शुक्रबार भएको अधिवेशनले परशुराम पौडेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । समाजको उपाध्यक्षमा रामप्रसाद लामिछाने, सरोज जिसी, रुद्र सुवेदी चयन भएका छन् ।

यस्तै महासचिवमा कमल लामिछाने, सचिवमा तिलक सापकोटा, सहसचिवमा राजेन्द्र कार्की, सह कोषाध्यक्षमा ओमप्रकाश न्यौपाने र प्रवक्तामा राजु भुर्तेल चयन भएका छन् ।

समाजको सदस्यमा रुद्र क्षेत्री, धु्रव आचार्य, प्रेम सापकोटा, नरेन सापकोटा, सन्तोष शर्मा पौडेल, पूर्ण भुषाल, लक्ष्मी विक, सीता पौडेल, कृष्ण शर्मा पौडेल, सरस्वती कार्की र नेत्र काफ्ले रहेका छन् ।

निवर्तमान अध्यक्ष राजेन्द्र अधिकारीको अध्यक्षतामा भएको अधिवेशनमा संस्थाका संरक्षक खिमानन्द भुर्तेल, सल्लाहकार प्रकाश सापकोटा, नेपाल पत्रकार महासंघ युएई शाखा अध्यक्ष भुपराज बस्याललगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा निवर्तमान अध्यक्ष अधिकारीले संस्थाले गरेका कामका बारेमा जानकारी दिएका थिए ।