मण्डला थिएटरमा तराईको पीडा

राजधानी समाचारदाता

काठमाडौं, ५ चैत

ताण्डव थिएटर नेपालको प्रस्तुतिमा मञ्चन भइरहेको उपन्यासमा आधारित नाटक ‘लू’ मण्डला थिएटर अनामनगरमा प्रदर्शन भइरहेको छ । ताण्डव थिएटर नेपालको प्रस्तुतिमा सो थिएटरका कलाकारले नाटकलाई मञ्चमा उतारेका हुन् ।

natak-loo

नयनराज पाण्डेको पछिल्लो उपन्यास ‘लु’ लाई नाट्यकर्मीहरूले मञ्चमा उतारेका छन् । यो नाटकम राजधानीको अनामनगरस्थित मण्डल थिएटरमा केही दिनयताबाट मञ्चन भइरहेको छ । लु आगामी २० चैतसम्म मञ्चन हुने ताण्डव थिएटरले जनाएको छ ।

गोपाल अर्यालको निर्माण र सरिता साहले लुलाई नाट्य रूपान्तरणसहित आफ्नो निर्देशनमा मण्डलामा प्रस्तुत गर्दै आएकी हुन् । लु सोमबारबाहेक हरेक दिन साँझ ५ बजे मण्डलमा मञ्चन हुने पनि निर्माता अर्यालले जानकारी गराए । नाटक लू पश्चिमी नेपालको सीमावर्ती गाउँ पत्थरपुरवाको कथा हो । रोचक अनि जीवन्त लाग्ने पात्रको उपस्थितिले यथार्थको निकै नजिक दर्शकलाई पु¥याउँछ । लु उपन्यासमा काठमाडांैको आँखाले तराईलाई हेर्ने दृष्टिकोणमा जोडदार प्रहार गरेको प्रसंगलाई मञ्चमा सशक्त रूपमा उतारिएको छ ।

तराईलाई हरेक वर्ष विभिन्न प्राकृतिक प्रकोपले पिरोल्ने गर्छ । कहिले गर्मीको लूले, कहिले शीतलहर र कहिले बाढीले पीडित बन्ने गरेका त्यहाँका बासिन्दा राज्यबाट उपेक्षित छन् । उनीहरू सीमापारिबाट पनि त्यत्तिकै पीडित छन् । तर पनि तराई भारतसँग सीमा जोडिएका गाउँका बासिन्दाले हार्दिक सम्बन्ध र धार्मिक सहिष्णुतालाई जीवन्त बनाएको कथा यो मञ्चमा उतारिएको छ । ।

नाट्य रूपान्तरणका क्रममा सीमापारिका केही खराब व्यक्तिहरूद्वारा हाम्रो समुदायका नारीमाथि गरेको अत्याचारलाई जीवन्त पार्न खोजिएको छ । तराईका गाउँको परिवेश, त्यहाँको रहनसहन, भ्रातृत्व, अन्तरजातीय प्रेमजस्ता विविध पक्षलाई नाटकका रूपमा लुमार्फत उतारिएको छ ।

उपन्यासका सशक्त पात्रहरू चमेली, गोवरी, अमरपाल सिंह, महेश्वर, पछुवा, टुटे पण्डित, नुसरत, करिम, बज्रंगी, बृजलाल, मुनियालाई कलाकारले नाट्य रूपान्तरणका क्रममा जीवन्तता दिएका छन् । लूमा ताण्डव थिएटरका मिलन डी काप्री, आरजु खरेल, एना देउजा, सरस्वती अधिकारीलगायतले मुख्य भूमिका निर्वाह गरेका छन् । उपन्यासलाई ताण्डप थिएटर नेपालका कलाकारहरूले नाट्यकरणको राम्रो प्रयास गरेका छन् ।