चट्याङबाट एकको मृत्यु

धनकुटा / रास– संखुवासभाको आँखीभुइँमा शुक्रबार अपराह्न चट्याङ लागेर एकको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् । हावाहुरी र वर्षासँगै चट्याङ पर्दा आँखीभुइँ हुमिङका २२ वर्षीय नवीन जिमी राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख अर्जुन पोख्रेलले जानकारी दिए । मृतक जिमी माम्लिङस्थित रामेश्वर क्याम्पसका स्ववियु सभापति समेत हुन् ।

घरमै रहेका बेला चड्याङ लागेर जिमीको मृत्यु भएको हो । पोस्टमार्टमका लागि उनको शव शनिबार चैनपुर ल्याइने प्रहरीले जनाएको छ । गत शुक्रबार परेको चट्याङबाट आँखीभुइँ र मादीका दुईजनासमेत घाइते भएको प्रहरी निरीक्षक पोख्रेलले बताए ।