करेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर एकको मृत्यु

बर्दिया / रास– करेन्ट लागेर बर्दियामा एकजनाको मृत्यु भएको छ । शुक्रबार साँझ पशुपतिनगर–१ कटेजपुलस्थित दुर्गा मेनियर समिलको विद्युतीय ट्रन्सफर्मरनजिकैको

प्mयुज जोड्ने क्रममा करेन्ट लागेर पशुपतिनगरका ३१ वर्षीय राजबहादुर चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । लोडसेडिङ भएको समयमा प्mयुज जोड्ने क्रममा एक्कासि बत्ती आउँदा चौधरीलाई करेन्ट लागेको बताइएको छ । करेन्ट लागेर अचेत भएका चौधरीलाई उपचारका लागि राजापुर स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनायो । चौधरी विद्युत् कर्मचारी नभएको विद्युत् प्राधिकरण बर्दियाले जनाएको छ । फ्युज जोड्ने क्रममा एक्कासि बत्ती आउँदा घटना भएको विद्युत् प्राधिकरण बर्दियाका इन्जिनियर अवधेशकुमार गुप्ताले बताए ।