हात्तीपाइलेविरुद्धको अभियान धर्मगुरुले गरे उद्घाटन

राजधानी संवाददाता

नेपालगन्ज, ५ चैत

हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियानको अन्तरधार्मिक सामाजिक सद्भाव समिति र बाँकेका प्रमुख जिल्ला अधिकारीले नेपालगन्जको महेन्द्रपार्कको बुथमा औषधि खाएर उद्घाटनगरेका छन् ।जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जिल्लामा ९ सय २७ वटा बुथमा ३ सय ४६ स्वास्थ्यकर्मी र २ हजार ३ सय ३ स्वयंसेवक खटाएर तीनदिने अभियान शनिबारबाट सुरु गरेको हो । नेपालगन्जको महेन्द्रपार्क बुथमा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने कार्यक्रममा धर्मगुरुलाई बोलाएर औषधि खुवाउने कामको सुरुवात गरिएको हो ।

img_2917

मुस्लिम र मधेसीहरूको बाहुल्य रहेको सो वडाका स्थानीय बासिन्दाले हात्तीपाईलेविरुद्धको औषधि खान तथा विभिन्न रोगविरुद्धको खोप लगाउन समेत अत्यन्तै न्यून सहभागिता जनाउने भएकाले आपूmहरू आउनुपरेको अन्तरधार्मिक तथा सामाजिक सद्भाव समितिका संयोजक तथा हिन्दू धर्मगुरु एवं बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीले बताए ।

नजिकै रहेका अन्तरधार्मिक तथा समाजिक सद्भाव समितिका सहसंयोजक एवं मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीले मधेसी, मुस्लिम समुदायमा खोपको महŒव बुझाउन नसकेको कारण खोप लिन र औषधि खान डराउने गरेको स्पष्ट पार्दै उनीहरूलाई समुदायस्तरबाटै औषधि र खोपको महŒवबारे बुझाउन प्रयास हुन आवश्यक रहेको औंल्याए । उनीहरू दुवैले सोही बुथबाट हात्तीपाइलेविरुद्धको औषधि खाँदै सबैलाई विभिन्न सावधानी अपनाएर सो औषधि खानका लागि अपिलसमेत गरेका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, निमित्त प्रहरी प्रमुख एसपी रवीन्द्र बस्याललगायतका व्यक्तिले सो बुथबाट औषधि खाए पनि स्थानीय भने औषधि खान अत्यन्तै न्यून संख्यामा सहभागी भएका थिए ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार बाँकेका १ लाख १२ हजार २ सय ८६ घरधुरीका ५ लाख २३ हजार ९८ जनालाई औषधि खुवाउने लक्षअनुरूप नेपालगन्ज उपमहानगरपालिकामा ६९ वटा बुथ र गाविसहरूमा ८ सय ५८ औषधि खुवाउने बुथ निर्धारण गरी ती बुथबाट औषधि खुवाउन सुरु गरिएको जिल्ला जनस्वास्थ्य प्रमुख खिमबहादुर खड्काले जानकारी दिए ।

‘औषधि खाएपछि हुन सक्ने समस्यालाई तत्काल रेस्पोन्स गर्न नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र नेपालगन्जका साथै भेरी अञ्चल अस्पताललाई तोकिएको छ,’ उनले भने । बाँकेमा हात्तीपाइले (फाइलेरिया) को अवस्था अत्यन्तै जोखिमयुक्त रहेकाले औषधि खुवाउने कार्यक्रमलाई निरन्तरता दिन लागिएको हो ।

 पाँच वर्षसम्म निरन्तर औषधि खुवाएपछि २०७२ माघमा बाँकेको रझेना र नेपालगन्जका ६ सय २४ जनामा गरिएको परीक्षणमा महिला ५४ र पुरुष ४५ गरी ९९ जनामा हात्तीपाइलेको जीवाणु  भेटिएको छ ।