सिमसार संरक्षणबाट प्रकोप न्यूनीकरण

सिमसार संरक्षणबाट  प्रकोप न्यूनीकरण

ragu

रघुराम पराजुली

सिमसार क्षेत्रले अप्रत्याशित रूपमा आइपर्ने मौसमी फेरबदलबाट वातावरणमा पर्नसक्ने सम्भावित जोखिमबाट सुरक्षित रहन सहयोग पु¥याउँछन् भने स्थानीय समुदायलाई जोखिमबाट बच्नको लागि उपयुक्त उपाय अपनाउन मद्दत दिलाइरहेका हुन्छन् । स्वस्थ र सुव्यवस्थित सिमसारबाट धेरै खालका प्रकोपहरू न्यूनीकरण गर्न सकिन्छ । यस्ता क्षेत्रले आँधीहूरी, बाढी, सुक्खा जस्ता प्राकृतिक प्रकोपहरूको जोखिम न्यूनीकरण गर्नमा प्राकृतिक छेकबारको काम गरिरहेका हुन्छन् । सिमसार संरक्षण गर्दा प्रकोप न्यूनीकरण गर्न सहयोग पुग्छ भने प्रकोप न्यूनीकरणमा ध्यान दिँदा सिमसार क्षेत्रमा पर्ने असरहरू न्यूनीकरण हुन गई सिमसारको संरक्षणमा टेवा मिल्छ ।
सामान्य बुझाइमा पानीले भिजिरहने ओसिलो भागलाई नै सिमसार क्षेत्र भनिन्छ । पानीका स्रोतहरूको दिगो संरक्षण र व्यवस्थापन गर्ने माध्यमको रूपमा सिमसार संरक्षणलाई लिइन्छ । ताल, पोखरी, नदी, कुण्ड, दह, दवदवे चिसो भइरहने क्षेत्र तथा समुन्द्री किनारका क्षेत्र नै सिमसार क्षेत्र हुन् । यस्ता चिस्यान हुने ठाउँमा बस्ने जीवजन्तु, वनस्पति र अजैविक वस्तुहरूको अन्तरसम्बन्धबाट सिमसार पारिस्थितिक प्रणालीको सिर्जना भएको हुन्छ । सिमसार क्षेत्रले जमिनको पानीलाई सञ्चय गर्ने, पानी शुद्ध गर्ने तथा पानीका स्रोतहरू बचाइराख्ने काम गर्दछ । दैनिक र नियमित सञ्चालन हुने जैविक एवं रासायनिकदेखि आर्थिक, सामाजिक तथा वातावरणीय प्रणाली सुचारु गर्न पानीको आवश्यकता पर्दछ । जमिनमा पानीको सन्तुलन गर्ने मात्र होइन कि अत्याधिक पानी र खडेरीको अवस्थामा समेत जोखिम कम गर्न सघाइरहेका हुन्छन् । सुख्खा मौसममा जम्मा भइरहेको पानी उत्सर्जन गरेर पारिस्थतिक प्रणालीलाई सुचारु राख्नमा मद्दत पु¥याउँछन् भने बाढी, आँधीको अवस्थामा पानीलाई सोसेर अत्यधिक पानीको बहावबाट हुने क्षति न्यूनीकरणमा सहयोग पु¥याउँछन् ।
जलवायु परिवर्तन प्रमुख वातावरणीय मुद्दाका रूपमा रूपमा आइरहेको छ । पर्यावरण सुरक्षित भएन भने मानिसले गर्ने विकास दिगो बन्न नसक्ने होइन कि विकास नै विनाशको कारक बन्न सक्छ । विश्वव्यापी जनसंख्या वृद्धि, विश्वव्यापीकरण, भूतापमान वृद्धि जस्ता कारणबाट प्राकृतिक स्रोतसाधनमाथि अनेकौं असरहरू परिरहेका छन् । यस्ता असरहरू अझ बढ्ने क्रममा छन् ।
वातावरणको उचित संरक्षण गर्नको लागि प्राकृतिक स्रोतसाधनहरूको समुचित व्यवस्थापन हुनु जरुरी छ । यी मध्ये सिमसार अत्यन्तै महŒवपूर्ण स्रोतहरू हुन् । जसको व्यवस्थापनबाट प्रकृतिमा आइपर्ने विविध समस्याहरूको समाधान गर्न सकिन्छ । स्वच्छ हावा तथा पानी, हरियाली र मनमोहक भूभाग, सन्तुलित र दिगो विकास कायम गर्न सके मात्र पर्यावरण स्वस्थ बन्न सक्छ । स्वस्थ र स्वच्छ पर्यावरणमा मात्र दिगो आर्थिक तथा सामाजिक उन्नतिका विषय अगाडि बढाउन सकिन्छ । संविधानले स्वच्छ वातावरणको हकलाई मौलिक हकको रूपमा प्रत्याभूति गरेको छ जसमा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक सुरक्षित भएको छ । वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानुनबमोजिम क्षतिपूर्ति पाउने हकको पनि प्रावधान छ ।

पर्यावरण सुरक्षित भएन भने मानिसले गर्ने विकास दिगो बन्न नसक्ने होइन कि विकास नै विनाशको कारक बन्न सक्छ ।

संविधान को धारा ५१ (६) मा देशमा उपलब्ध प्राकृतिक स्रोतसाधनको संरक्षण, संवर्धन र वातावरण अनुकूल दिगो रूपमा उपयोग गर्ने र स्थानीय समुदायलाई प्राथमिकता र अग्राधिकार दिँदै प्राप्त प्रतिफलहरूलाई न्यायोचित वितरण गर्ने, जल उत्पन्न प्रकोप नियन्त्रण र नदीको व्यवस्थापन गर्दै दिगो र भरपर्दो सिँचाइको विकास गर्ने, वन वन्यजन्तु, पक्षी, वनस्पति तथा जैविक विविधताको संरक्षण, संवर्धन र दिगो उपयोग गर्ने, वातावरणीय सन्तुलनका लागि आवश्यक भूभागमा वन क्षेत्र कायम राख्ने जस्ता प्रावधानहरू राखिएका छन् । अनुसूची ५ मा संघको अधिकारको सूची अन्तर्गत बुँदा नं. २७ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वातावरण व्यवस्थापन, राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष तथा सिमसार क्षेत्र, राष्ट्रिय वन नीति र कार्वन सेवाको बारेमा उल्लेख भएको छ । संविधान कार्यान्वयनसँगै सिमसार क्षेत्रको संरक्षण र प्रवद्र्धनमा तीव्रता आउने आशा गर्न सकिन्छ ।
प्रकृतिले निःशुल्क प्रदान गरेका धेरै उपहारहरूमध्ये सिमसार पनि एक उपज हो । सिमसार क्षेत्रहरूको उचित संरक्षण र स्याहार गरी भावी पुस्तालाई सुरक्षित तवरले नासोको रूपमा सुम्पिन सक्नुपर्दछ । सन् १९८७ डिसेम्बर १७ देखि कोसी टापु वन्यजन्तु आरक्षलाई रामसार सूचीमा सूचीकृत गराउन सफल भई नेपाल रामसार महासन्धिको पक्षराष्ट्र बनेको हो । सन् १९७१ मा इरानको रामसारमा भएको महासन्धिअनुसार विश्वमा रहेका महŒवपूर्ण मानिएका यस्ता क्षेत्रलाई रामसार क्षेत्र घोषणा गर्ने गरिएको छ । धरातलीय विविधताको कारण नेपालमा प्रशस्त्र नदीनाला, तालतलैया तथा पानी जम्ने दलदल भूमि रहेका छन् । सिमसार क्षेत्रले आँधीबेहरी, बाढीको प्रभावको दृष्टिकोणमा मध्यवर्ती क्षेत्रको भूमिका निर्वाह गरेका हुन्छन् । तसर्र्थ वातावरणीय दिगोपनाको सुनिश्चितता कायम गर्न तथा प्राकृतिक प्रकोपहरूबाट जोगिनका लागि सिमसार क्षेत्रहरूको विस्तृत अध्ययन, अनुसन्धान तथा अभिलेखीकरण जरुरी छ ।
स–साना असन्तुलनवाट पनि सिमसार पारिस्थतिक प्रणालीमा ठूलो प्रभाव पर्नसक्छ । जलवायु परिवर्तनबाट पर्न सक्ने प्रभावबाट सिमसार क्षेत्रहरू बढी नै संवेदनशील हुन्छन् । सिमसार क्षेत्रको दिगो संरक्षणबाट मात्र वातावरणीय, जैविक, सामाजिक, आर्थिक, सामाजिक, शैक्षिक तथा पारिस्थितिक महŒव दिगो हुन सक्छ । सिमसार क्षेत्रवरपर रहेका स्थानीय बासिन्दामा पानी मुहान संरक्षण र सिमसार व्यवस्थापनसम्बन्धी सचेतना जगाउने कार्यक्रम सञ्चालन गर्नुपर्दछ । अत्यन्त जोखिम अवस्थामा पुगेका सिमसार, लोपोन्मुख अवस्थामा पुगेका सिमसार र लोप भएका सिमसारहरूको संरक्षण र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने हुन्छ । सबैको साझा प्रयासबाट सिमसार जस्ता बहुउपयोगी सम्पदाको दिगो संरक्षण र व्यवस्थापन सम्भव छ ।
जहाँजहाँ सीमसार क्षेत्रको उपेक्षा हुन्छ, तहाँतहाँ विभिन्न खाले प्रकोपहरू मौलाउने सम्भावना प्रबल बनिरहेको हुन्छ । सिमसारभन्दा जमिन र पानी अनि पर्यावरणमा पानीको महŒव तथा जीवन र पानीका अन्तरसम्बन्धका विषय आकर्षित भइरहेका हुन्छन् । नेपाल जहाँ प्रकृतिले नै उपहारस्वरूप अनेकौं सिमसार स्रोतहरू उपलब्ध गराइरहेको छ । जसको सदुपयोग गर्न नसकेर हामी बत्तीमुनिको अँध्यारोको नियति विभिन्न तवरले भोगिरहेका छौं । हामीसँग जेजति पनि स्रोत छन्, यिनीहरूको उत्खनन गरी दिगो उपयोगमा जोड दिन सक्ने हो भने प्राकृतिक तथा मानवीय तवरले उत्पन्न हुन सक्ने प्रकोपहरूको असरसमेत न्यूनीकरण गर्न सकिन्छ ।
हामीले जलस्रोतमा विश्वमा दोस्रो धनी मुलुकको दर्जा पाइरहेको अवस्था जति महŒवपूर्ण छ, जलस्रोतका सम्भावनाहरू केलाउन नसकेर आधारभूत सुविधा तथा पूर्वाधार विकासबाट वञ्चित हुनु परिरहेको अवस्था पनि उत्तिकै संवेदनशील छ ।
पछिल्लो समयमा भूकम्पको कारण धेरै क्षति बेहोर्नुप¥यो । जलवायु परिवर्तनले क्रमिक रूपमा जैविक विविधतामा असर पु¥याउँदै गइरहेको छ । यस परिप्रेक्ष्यमा सिमसार क्षेत्रहरूको दिगो संरक्षण गर्नमा यथेष्ट ध्यान दिनु आवश्यक छ । भइरहेका स्रोतहरूको उचित व्यवस्थापन गर्न सकिएन भने भोलिका पिंढीहरूले धिक्कार्ने अवस्था सिर्जना आउन सक्छ । अतः सिमसार क्षेत्रहरूको संरक्षण तथा दिगो उपयोग गर्नेतर्फ उचित ध्यान दिनु अत्यावश्यक देखिन्छ ।

[email protected]

पर्यावरण