एक दशकमा कायापलट थापा

मोरङ / रास– उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री कमल थापाले स्थानीय तह पूर्ण रूपमा कार्यान्वयनमा आए एक दशकमा मुलुकमा कायापलट हुने बताए । आइतबार विराटनगरमा आयोजित एक कार्यक्रममा उनले मुलुकका हरेक क्षेत्रमा कायापलट हुन एक दशक समय पर्याप्त हुने बताए ।

विराटनगरमा गाउँपालिका, नगरपालिका तथा जिल्ला समन्वय समितिका प्रमुुख तथा अधिकृतहरूलाई निर्देशन दिँदै उपप्रधानमन्त्री थापाले स्थानीय तहको कार्यान्वयनले राज्य व्यवस्था नै परिवर्तन भएको बताए । स्थानीय तह कार्यान्वयनका क्रममा सुुरुवाती दिनमा केही असहजता भए पनि कार्यान्वयन भएपछि मुुुलुुक आर्थिक, सामाजिकलगायत हरेक क्षेत्रमा आमूल परिवर्तन आउने उपप्रधानमन्त्री थापाले दाबी गरे । स्थानीय तहको कार्यान्वयन भनेकै जनताको अधिकार घरदैलोमा पुुग्नु रहेको चर्चा गर्दै उनले राष्ट्रसेवक कर्मचारीहरू पनि मानसिक तथा व्यावहारिक रूपमै तयार हुुन निर्देशन दिए ।