तेक्वान्दो खेलाडी दिपक बिष्ट र आयशा शाक्य युएईमा सम्मानित

555

मोहन बस्याल
युएई, ७ चैत

दक्षिण यसीयली साग प्रतियोगितामा लगातार चार पटक स्वर्ण पदक जितेका पूर्व तेक्वान्दो खेलाडी दीपक बिष्टलाई युएईमा सम्मान गरिएको छ ।

दक्षिण एसियामै कीर्तिमानी कायम गरेका खेलाडी विष्ट र नेपाल तेक्वान्दोकी सर्वाधिक गोल्ड मेडल बिजेता आयशा शाक्यलाई नेपाली समाज युएईले शनिवार दुबईमा एक कार्यक्रम गरेर सम्मान गरेको हो ।

समाजका वरिष्ठ उपाध्यक्ष कृष्ण न्यौपानेले सभापतित्व गरेको कार्यक्रममा पत्रकार महासंघ युएईका पूर्वअध्यक्ष त्रिलोचन कोइराला, समाजसेवी सुनिल पंगेनी, नेपाली समाज क्षेत्रीय अध्यक्ष हरि चापागाईं, कलाकार आशिष पुरुष, नेपाली समाज खेलकुद संयोजक प्रविनकाजी श्रेष्ठ, लुम्बिनी वेलफेयर महिला विभाग अध्यक्ष कमला भण्डारी, सुदूर पश्चिमाञ्चल सेवा समाजका वरिष्ठ सल्लाहकार धर्मराज पाण्डे, नेपाल एअरलाइन्सका कन्ट्री म्यानेजर रमेश पौडेललगायात युएईमा रहेका नेपालीहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा मन्तब्य राख्दै समाजका खेलकुद संयोजक प्रविनकाजीले राष्ट्रिय खेलाडीलाई युएईमा सम्मान गर्न पाउदा खुसी व्यक्त गरे । नेपाल एयरलाइन्सका कन्ट्री मेनेजर रमेश पौडेलले राष्ट्रका धरोहर खेलाडीहरुलाइ सधै सम्मान गर्नु पर्ने बताउदै नेपाल एयरलाइन्सले सधै राष्ट्रिय धरोधरहरुलाई सहयोग र सम्मान गर्ने बताए । साथै कार्यक्रममा अन्य वक्ताहरुले राष्ट्रिय खेलाडीहरुलाई सधै सम्मान र सहयोग गर्नु पर्ने बताए ।

कार्यक्रममा बोल्दै खेलाडी बिष्टले खेलाडीहरुलाई राष्ट्रले उचित सम्मान गर्नु पर्ने बताउदै आफूले नेपाली खेलकुदलाई अघि बढाउन सदैव साथ र सहयोग गर्ने बताए । कार्यक्रमको सञ्चालन कृष्ण पौडेलले गरेका थिए ।