चेल्सीको फराकिलो अग्रता युनाइटेड पाँचांै स्थानमा उक्लियो

लन्डन / एजेन्सी– इंग्लिस प्रिमियर लिगमा चेल्सीले एकपक्षीय अग्रता फराकिलो पार्दै उपाधिनजिक पुग्दा युनाइटेड मिडिलब्रोलाई पराजित गर्दै पाँचौं स्थानमा उक्लियो ।

शनिबार राति भएको खेलको अन्त्यतिर ग्यारी काहिलले गरेको निर्णायक गोलमा चेल्सीले महŒवपूर्ण ३ अंक हाँसिल गरेसँगै उपाधि होडमा थप बलियो बन्यो । उसले स्टक सिटीलाई पराजित गर्ने क्रममा २–१ ले नतिजा आफ्नो पक्षमा पारेको थियो ।

3e67b034-2

इडन हेर्जाडविना मैदान उत्रिएको भ्रमणकारी टोली चेल्सीले १३औं मिनेटमा विलियनको फ्री–किक गोलबाट अग्रता लिएको थियो । १० खेलाडीमा सीमित बनेको स्टकमाथि हाबी देखिएको चेल्सीविरुद्ध स्टकले भने ३८औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल गरेपछि पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा चेल्सीले खेलमा सुधार ल्याए पनि गोल गर्न सकेन । तर, खेल सकिन ३ मिनेट बाँकी छँदा काहिलले निर्णायक गोल गरे । खेलको अन्त्यतिर बर्ड्सलेले दोहोरो पहेंलो कार्ड पाउँदै मैदान छाडेका थिए । जितपछि चेल्सीले १३ अंकको अग्रता लिएको छ । उसको २८ खेलबाट ६९ अंक भएको छ भने दोस्रो स्थानमा रहेको टोटनह्यामको २७ खेलबाट ५६ अंक छ ।

आइतबार राति भएको खेलमा भने म्यानचेस्टर युनाइटेडले मिडिलब्रोलाई ३–१ ले पराजित ग¥यो । मिडिलब्रोको घरेलु मैदानमा भएको खेलमा युनाइटेडले फिलिनीको गोलबाट अग्रता लिएको थियो ।

खेलको ६२औं मिनेटमा लिनगार्डले भ्रमणकारी टोलीको अग्रता दोब्बर पारे । ७७औं मिनेटमा गेस्टेडले गोल गर्दै मिडिलब्रोलाई खेलमा फर्काउने प्रयास गरे पनि टिमका लागि उक्त सान्त्वना गोलका रूपमा रह्यो । खेलको अन्तिम समयमा भ्यालेन्सियाले गोल गरेपछि म्यानचेस्टर युनाइटेड ३–१ ले विजयी भयो । जितपछि म्यानचेस्टर युनाइटेड २७ खेलबाट ५२ अंकका साथ पाँचांै स्थानमा उक्लिएको छ ।