पुजाराको दोहोरो शतकमा भारत बलियो

राँची / एजेन्सी– राँचीस्थित झारखण्ड राज्य क्रिकेट मैदानमा भइरहेको तेस्रो टेस्टको चौथो दिन भारतले आफ्नो पकड बलियो बनाएको छ ।  आइतबारको खेल समाप्त हुने समयमसम्म भारतले अस्टे«लियाको दोस्रो पारीमा २३ रनको अवस्थामा दुई विकेट लिँदै अन्तिम दिन अस्टे«लियामाथि दबाब बढाउने संकेत दिएको छ ।

260449
अस्टे«लियाले पहिलो पारीमा बनाएको ४ सय ५१ रनको जवाफमा भारतले चौथो दिन ९ विकेटको क्षतिमा ६ सय ३ रन बनाउँदै १ सय ५२ रनको अग्रतामा पारी घोषणा गरेको थियो । पाहुना टिम अस्टे«लिया अझै १ सय २९ रनले पछि रहेको छ ।
यसअघि भारतका चेतेश्वर पुजाराले २ सय २ रनको सानदार दोहोरो शतक प्रहार गरे भने रिद्धिमान शाहाले १ सय १७ रनको पारी खेले । त्यस्तै, जडेजा अविजित ५४ रन बनाएर पेविलियन फर्किएका थिए ।
भारतका लागि मुरली विजयले ८२ रन तथा लोके साहुलले ६७ रनको अर्धशतकीय इनिङ खेल्दै अस्टे«लियाको ठूलो स्कोरलाई पछि छाड्दै अग्रता कायम ग¥यो ।
आइतबार चेतेश्वर पुजाराले नयाँ रेकर्ड कायम गरे । पुजारा एकै पारीमा ५ सय बल खेल्ने पहिलो भारतीय ब्याट्सम्यान बन्न सफल भए । उनले कुल ५ सय २५ बलको सामना गर्दै २ सय २ रन बनाएका थिए । यसअघि सर्वाधिक बल सामना गर्नेमा ४ सय ९५ बल खेलेका राहुल द्रबिडका नाममा यो कीर्तिमान रहेको थियो । पाकिस्तानविरुद्ध रावलपिन्डीमा भएको खेलमा २ सय ७० रन बनाएका थिए । त्यस्तै, नवजोत सिंहले सन् १९९७ मा वेस्ट–इन्डिजविरुद्ध ४ सय ९१ बल खेल्दै २ सय १ रन बनाएका थिए ।