रक एन्ड रोलका चक बेरीको निधन

न्युयोर्क / एजेन्सी– रक एन्ड रोलका वरिष्ठ कलाकार चक बेरीको ९० वर्षको उमेरमा निधन भएको छ । अमेरिकाको मिसौरी राज्यका प्रहरीले दिएको जानकारीअनुसार उनको निधन सेन्ट चाल्र्स काउन्टीमा भएको थियो ।सात दशक लामो करिअरमा चक बेरीले केही हिट गीत गाए । रोल ओभर बिथोवन र जानी बी गुडलगायतका उनका गीत विश्व चर्चित भएको थियो ।

chuck-berry

सन १९८४ मा उनले ग्रामी लाइफ टाइम अचिभमेन्ट अवार्ड पाएका थिए । उनको जन्म मिसौरीको सेन्ट लुईमा १९२६ मा भएको थियो । सन १९५५ मा उनको पहिलोपटक गीत हिट भएको थियो ।गएको वर्ष उनले चार दशकपछि एल्बम रिलिज गर्ने योजना बनाएका थिए । जुन एल्बम उनले आफ्नी श्रीमतीमा समर्पित गरेका थिए ।