जब कपिल शर्माले उडिरहेको प्लेनमा साथीको कठालो समाते

मुम्बई / एजेन्सी– टेलिभिजनमा हास्य कार्यक्रम सञ्चालन गरेर दर्शक हँसाउँदै आएका कमेडियन कपिल शर्माले मदिराले मात्तिएर आफ्नै सहकर्मीमाथि हातपात गरेर दुनियाँ हँसाएका छन् ।

mixnews394

कपिलले अस्ट्रेलियाबाट सो सकेर भारत फर्किने क्रममा आफ्नै सह–कलाकार सुनिल ग्रोवरलाई हातपात गरेका छन् । अस्टे«लियाबाट सो सकेर एयर इन्डियामार्फत भारत फर्किने क्रममा कपिल र उनको टिम बिजनेश क्लासमा थिए ।

एक्कासि कपिलले चर्को स्वरमा सहकर्मीलाई गाली गर्न थाले । उनको बोली सुनेपछि जहाजमा यात्रा गर्ने अन्य यात्रुहरूसमेत चनाखो भए । ‘तँ मेरो नोकर होस्, अस्टे«लियामा पनि तैंले राम्रो प्रस्तुति दिन सकिनस्,’ सुनिलमाथि एकोहोरो गाली गरिरहँदा उनी भने मौन रहे । उनलाई थाहा थियो, मदिराले कपिल बेलाबेलामा मातिन्छन् । एक पटक कपिलले सुनिलको कठालोसमेत समाते । त्यति गर्दा पनि सुनिल मौन रहेपछि कपिल शान्त भए ।