अमृताको ‘अमृता’ सार्वजनिक

काठमाडौं / रास— गायिका अमृता साम्बाहाम्फे लिम्बूले गाएका आधुनिक गीतहरूको नया“ एल्बम ‘अमृता’ हङकङमा आयोजित एक सांगीतक समारोहमा लोकार्पण गरिएको छ । हङकङस्थित याक एन्ड यती होटलमा सम्पन्न गायिका लिम्बूको एकल गायन कार्यक्रम ‘अमृताज म्युजिकल नाइट’ को अवसर पारेर उक्त एल्बम विमोचन गरिएको हो ।आधा दशकभन्दा बढी अवधिदेखि सांगीतिक क्षेत्रमा सक्रिय रहेकी गायिका लिम्बूले ‘अमृता’ एल्बममा आठ गीत समावेश गरेकी छन् ।

amritas-amrita-album-release-3-1

पा“चथरमा जन्मिएकी यी गायिकाले आफ्नो यो एल्बममा अर्जुन पोखरेल, ताराप्रकाश लिम्बू, शिखर सन्तोष, हरि लम्साल, विनोद खम्बू, सुमन राई, इन्द्र गुरुङ आदि स्थापित संगीतकारद्वारा संगीतबद्ध गीतहरू गाएकी छन् । एल्बमका ती गीतहरू जानु काम्बाङ लिङ्देन, मुकेश राई, विर्शिका राई, सीता शेरचन, स्वप्लिन लिम्बूले रचना गरेका छन् ।

एल्बमका दुई गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । एल्बमको अर्जुन पोखरेलद्वारा संगीतबद्ध पहिलो गीत ‘म त नुमाफुङ पो त…’ को म्युजिक भिडियोमा गायिका लिम्बू आफैंले अभिनय गरेकी छन् । युगल पोमो लिम्बूद्वारा निर्देशित जानु काम्बाङ लिङ्देनद्वारा रचित उक्त गीतको भिडियोमा गायिका लिम्बुलाई अभिनेता निराजन प्रधानले अभिनयमा साथ दिएका छन् । सुमन राईद्वारा संगीतबद्ध दोस्रो गीत ‘का“डाजस्तै बिझिसक्यो..’ को भिडियोलाई भने जीबी लामाले निर्देशन गरेका हुन् जसमा रोहनी लामा तथा अनिश मगरको अभिनय छ । यो गीतका रचनाकार विर्शिका राई हुन् ।

विगत पा“च वर्षदेखि काठमाडौंमा रहेर संगीतको प्रशिक्षणसमेत लिइरहेकी गायिका लिम्बूले हालसम्म करिब ३ दर्जन गीत रेकर्ड गरिसकेकी छन् । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘रोमियो’ सहित झन्डै एक दर्जन चलचित्रमा पाश्र्व गायन गरिसकेकी गायिका लिम्बूले नेपालका अधिकांश महोत्सवहरूमा आफ्नो गायनकला प्रस्तुत गरिसकेकी छन् । सांगीतिक कार्यक्रमका क्रममा कतार तथा हङकङ पुगिसकेकी गायिका लिम्बु सन् २०१४ मा सम्पन्न मिस मंगोलकी प्रतिस्पर्धीसमेत हुन् । उक्त प्रतियोगिताको उत्कृष्ट १० सम्म पुग्न सफल लिम्बूले उक्त प्रतियोगितामा बेस्ट स्माइलको अवार्डसमेत जितेकी थिइन् । गायिका लिम्बूले यसअघि गाएको ‘झुम्के माया…’ शीर्षकको गीत युट्युबमा लोकप्रिय भइरहेको छ ।