प्रिया र दिलिशा विजयी

राजधानी समाचारदाता

काठमाडौं, ६ चैत

योङ स्टार डान्स कम्पिटिसनको पाँचौं सिजनमा प्रिया छन्त्याल र दिलिशा गुरुङ विजयी भएका छन् । प्रियाले सिनियर ग्रुपतर्पm र दिलिशाले जुनियरतर्पm टाइटल जितेका हुन् । दुवैलाई ५०–५० हजार रुपैयाँ पनि प्रदान गरियो । सिनियरमा १३ देखि २० वर्ष र जुनियरमा ८ देखि १२ वर्ष उमेरका बालबालिका सहभागी थिए ।

ysd-photo1

सनसाइन प्रोडक्सन हाउसले काठमाडौंको राष्ट्रिय नाचघरमा हालै आयोजना गरेको प्रतियोगितामा सिनियरतर्पm विष्णु दगामी मगर, पुसम गिरी र आयुश तामाङ क्रमशः फस्र्ट, सेकेन्ड तथा थर्ड रनरअप घोषित भए । जुनियरतर्पm तेजिना जुगजाली मगर, दिया श्रेष्ठ र रिमिशा गुरुङ क्रमशः फस्र्ट, सेकेन्ड तथा थर्ड रनरअप भए । दुवै समूहका फस्र्ट, सेकेन्ड तथा थर्ड रनरअपलाई क्रमशः ३० हजार, १५ हजार र ५ हजार रुपैयाँ वितरण गरियो ।

विजेताहरूलाई प्रमुख प्रायोजक सप्तरंगी फिटनेस एन्ड स्पाकी कमला उप्रेती, अभिनेता दिनेश शर्मा, सुशील क्षत्री, निर्देशक राजु अधिकारीलगायतले विजेता बालबालिकालाई पुरस्कार, ट्रफी तथा प्रमाणपत्र हस्तान्तरण गरेका थिए । आयोजक सनसाइन प्रोडक्सनकी निर्देशक तथा गायिका प्रमिला तामाङका अनुसार काठमाडौं र अरू ६ स्थानमा भएका अडिसनमा १२ सय बालबालिकाले सहभागिता जनाएका थिए । उत्कृष्ट ४० को चरणदेखि सहभागीहरूलाई सिनियर र जुनियर समूहमा विभाजन गरिएको थियो । फाइनल भिडन्तमा सिनियरतर्पm सात र जुनियरमा नौ जनाले आफ्ना नृत्यकला पस्केका थिए । उत्कृष्ट ४० सहभागीहरूका नृत्य प्रतिभालाई सूर्य कार्की, सुजित श्रेष्ठ र दिवेश लामाको पाँच महिने प्रशिक्षणबाट थप परिपक्व बनाइएको थियो । प्रतियोगिताभर नारायण रिजाल र कृष्ण पौडेलले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।