अब आमा बन्नका लागि एक वर्षको छुट्टी

एजेन्सी । श्रीलंकाको सरकारले गर्भवती भएका कारण दुःख महसुस गरिरहेका महिलाका लागि एक वर्षसम्म बेतलवी विदा दिने निर्णय गरेको छ । यो आदेश सरकारी महिला कर्मचारीका लागि लागु हुनेछ ।

यस्तो अवस्थामा महिलाहरुले विरामीको महसुस गरेमा उनीहरुले देश वा विदेशमा गएर समेत उपचार गराउन सक्नेछन् । यस्ता महिलालाई महिला रोग विशेषज्ञ या मेडिकल विज्ञको सिफारिसमा फर्टिलिटी ट्रिटमेन्टका लागि सरकारी छुट्टी प्राप्त हुनेछ ।

श्रीलंकामा बच्चाको चाहाना राख्ने दम्पति उपचारका लागि भारतको तमिलनाडु राज्यमा आउने गर्छन । हालै भारतका केन्द्रीय मन्त्रिपरिषदले कामकाजी महिलालाई गर्भवती भएको समयमा पाउने छुट्टीलाई बढाएर ६ महिना बनाउने निर्णय गरेको थियो ।