नेपाल सुन चाँदी रत्न तथा आभूषण महासंघमा महर्जन

काठमाडौं / रास– नेपाल सुन चाँदी रत्न तथा आभूषण महासंघको चौथो वार्षिक साधारण सभा एवं दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सभाले वार्षिक प्रगति प्रतिवेदन, वार्षिक कार्य विवरण, विधान संशोधन प्रस्ताव पारित गरेको छ । संशोधित प्रावधानअनुसार महासंघको संरचनालाई प्रादेशिक स्तरमा समेत विस्तार गरिनेछ ।sunchandi

सभाले नयाँ कार्यसमितिको सर्वसम्मत रूपमा चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष रमेश महर्जन, विशिष्ट सदस्य सुरेशमान श्रेष्ठ, प्रथम उपाध्यक्ष रुद्रबहादुर बराइली, द्वितीय उपाध्यक्ष महेशमान श्रेष्ठ, तृतीय उपाध्यक्ष अमरनाथ गुप्ता, महासचिव कृष्णलाल महर्जन, सचिव राजमान सुनार, सचिव किसान सुनार, कोषाध्यक्ष द्वारिका विश्वकर्मा, सहकोषाध्यक्ष जयराम पाण्डे, सदस्यमा विशन शाक्य, मीनबहादुर तामाङ, सुधीर अग्रवाल, विमल धमला, सुमनमान ताम्राकार,  अशोककुमार साह, घनश्याम रिजाल र मणिकिशोर पाण्डे रहेका छन् ।

संशोधित विधानअनुरूप थप सदस्यहरू देवीलाल विक, ऋषिकुमार ठाकुर, सोपबहादुर विक, नवराज रिजाल, अर्जुन विश्वकर्मा, शत्रुधन गुप्ता, युवानन्द बज्रचार्य र विद्यासागर ताम्राकार रहेको नेपाल सुन चाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।