अशोक लेल्यान्डका भाइकिङ बस

काठमाडौं / रास– नेपालका लागि अशोक लेल्यान्ड कमर्सियल भेइकल्सको आधिकारिक बिक्रेता आईएमई गु्रपको एक सहायक कम्पनी एलटी इन्टरप्राइजेजले भाइकिङ बस ल्याएको छ । नयाँ बसको आईएमई गु्रपका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा अशोक लेल्यान्ड कम्पनीका उपसभापति रविकुमार पंगाले संयुक्त रूपमा सार्वजनिक गरे ।

asok

अशोक लेल्यान्डले आप्mनो मर्मत अनुकूल बसहरूको परिचय सम्हाल्दै १८० एचपी इन्जिन, एयर सस्पेन्सन, इनलाइन एफआईपी तथा मेकानिकल गर्भनर भाइकिङ बसले सदाझैं न्यूनतम इन्धन खर्चमा उच्च प्रदर्शन गर्ने प्रतिबद्धता जनाएकोे छ । नयाँ भाइकिङ बसले हाल बजारमा भएको बसभन्दा छिटो यात्रा समय तथा राम्रो सुविधा प्रदान गर्ने कम्पनीले बताएको छ । अशोक लेल्यान्डका सवारी १८ सिटदेखि ८० सिटसम्मका रहेका छन् । नेपालमा अशोक लेल्यान्डका ट्रक, टिप्पर, बस, लाइट कमर्सियल गाडी तथा डिफेन्स प्रयोजनका स्पेसल गाडी रहेका छन् ।