कलर्स पी८५, पी५० र पी३२ मोडलमा छुट

काठमाडौं / रास– कलर्स मोबाइलले पी८५, पी५० र पी३२ का प्राइड सिरिजका मोबाइलको मूल्यमा छुट योजना ल्याएको छ । पहिले ११ हजार ४ सय ९५ रुपैयाँ पर्ने पी८५ अब ९ हजार ९ सय ९५ रुपैयाँमा, ७ हजार ४ सय ९५ रुपैयाँ पर्ने पी५० ६ हजार ६ सय ९५ रुपैयाँमा र पहिले ६ हजार ४ सय १० रुपैयाँ मूल्य रहेको पी३२ ५ हजार ४ सय ९५ रुपैयाँमा किन्न सकिनेछ ।