स्थानीय तहमा कम्तीमा १५ शøयाको अस्पताल

राजधानी समाचारदाता

काठमाडौं, ७ चैत

प्रत्येक स्थानीय तहमा कम्तीमा १५ शøयाको अस्पताल स्थापना गरिने भएको छ ।सरकारले ७ सय ४४ वटै स्थानीय तहमा कम्तीमा १५ शøयाको अस्पताल रहने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको हो । यो निर्णय कार्यान्वयनमा आएसँगै सबै स्थानीय तहमा १५ शøयाको अस्पताल हुनेछ ।

स्थानीय तह शासन सञ्चालन सम्बन्धमा जारी आदेशअनुसार सरकारबाट खटाउने निजामती कर्मचारी र स्थानीय तहको कार्यक्षेत्र विषयमा समन्वय गर्न गठित सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदीको अध्यक्षतामा बसेको केन्द्रीय व्यवस्थापन समन्वय समिति बैठकले यस्तो निर्देशन दिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संघीय संरचनाअन्तर्गत स्वास्थ्य सेवा व्यवस्थापन गर्न कम्तीमा १५ शøयाको अस्पतालबाट क्रमशः स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था

मिलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयका प्रवक्तासमेत रहेका सहसचिव दामोदर रेग्मीद्वारा सोमबार जारी विज्ञप्तिमा सबै स्थानीय तहमा संविधान तथा स्वीकृत कार्यविस्तृतीकरणबमोजिम स्वास्थ्य सेवा व्यवस्थापन गर्नुका साथै १५ शøयाको अस्पतालबाट क्रमशः स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्थामिलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय भएकोउल्लेख छ ।

हाल, स्थानीय निकायअन्तर्गत हरेक निर्वाचन क्षेत्रमा १५ शøयाको प्राथमिक स्वास्थ्य केन्द्र र हरेक गाविसमा स्वास्थ्य चौकी रहँदै आएका छन्् । सरकारले स्थानीय तहअनुसार शिक्षा क्षेत्रको व्यवस्थापन मिलाउन शिक्षा मन्त्रालयलाई पनि निर्देशन दिइसकेको छ । स्थानीय तह व्यवस्था र सेवा प्रवाह कार्यारम्भ भइसकेकाले संविधान तथा सरकारबाट स्वीकृत कार्यविस्तृतीकरणबमोजिम शिक्षा क्षेत्रको काम स्थानीय तहबाट व्यवस्थापन गर्नुपर्नेछ । सोही कारण नगरपालिका र गाउँपालिका गरी ७ सय ४४ वटै स्थानीय तहमा सो कार्य गराउने व्यवस्था मिलाउन प्रधानमन्त्री कार्यालयले शिक्षा मन्त्रलायलाई निर्देशन दिएको हो ।सरकारले ७ सय ४४ स्थानीय तह पारित गर्दै राजपत्रमा सूचनासमेत प्रकाशन गरिसकेको छ । जसअन्तर्गत ४ महानगरपालिका, १३ उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाउँपालिका छन्् ।