मिस इन्डिजिनियसको ट्यालेन्ट सो

काठमाडौं / रास–‘मिस इन्डिजिनियस हेरिटेज नेपाल–२०१७’ ट्यालेन्ट सोअन्तर्गत आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । प्यासिकपिक इभेन्ट एन्ड मेनेजमेन्टद्वारा आयोजित ट्यालेन्ट सोमा ४४ जना प्रतिस्पर्धीले गायन, नृत्य, अभिनय, वक्तृत्वकला लगायतका प्रतिभा देखाए ।

img_6419

राजधानीको लाजिम्पाटस्थित सम्पदा रिसोर्टमा सम्पन्न ट्यालेन्ट राउन्डको निर्णायकमा आदिवासी जनजाति उत्थान प्रतिष्ठानका राम मादेन, मोडल विपना थापा, व्यवसायीहरू उज्ज्वलकृष्ण श्रेष्ठ, अमरज्योति रञ्जित, निरु आङ्बुङ, प्रदीपमान प्रधान, अधिवक्ता लक्ष्मण महर्जनलगायत थिए । ट्यालेन्ट राउन्डको नतिजा फाइनलकै दिन घोषणा गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको कोरियोग्राफर रोजिन शाक्यले गरिरहेका छन् । कार्यक्रमको अन्तिम स्पर्धा आउँदो १४ चैतमा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।