चलचित्र पत्रकार गौतमलाई सहयोग

काठमाडौं / रास– वीर उस्पतालको ट्रमा सेन्टरमा टाउकोको उपचार गराइरहेको चलचित्र पत्रकार नेमिष गौतमलाई चलचित्र पत्रकार संघ नेपालले १ लाख ४६ हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।

17309165_1273954262658089_3747600770585393317_n

सोमबार पत्रकार गौतमलाई संघका अध्यक्ष सन्दीप सापकोटासहित पदाधिकारीले भेटेर आफूहरूले सो रकम बुझाएको संघले विज्ञप्तिमार्फत जनाएको छ । गौतमको उपचारका लागि संघले सहयोग आह्वान गरेको थियो ।

गत २८ फागुन राति सिढीबाट लडेर टाउकोमा गम्भीर चोट लागेका गौतमको शल्यक्रिया पछि अहिले ट्रमा सेन्सरमै उपचार भइरहेको छ । उनको स्वास्थ्य राम्रो हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन् ।