मानवअधिकार फिल्म महोत्सवमा ‘समिरा’ उत्कृष्ट

काठमाडौं / रास– पाँचौं नेपाल मानवअधिकार अन्तर्™ाष्ट्रिय चलचित्र महोत्सव–२०१७ मा ‘बेस्ट इन्टरनेसनल फिक्सन फिल्म अवार्ड’ सार्लट ए रल्फसद्वारा निर्देशित जर्मनी चलचित्र ‘समिरा’ ले प्राप्त गरेको छ । त्यसैगरी, ‘बेस्ट इन्टरनेसनल डकुमेन्ट्री अवार्ड’ चिलीका निर्देशक प्याट्रिसियो सान्त्यान्दरले निर्देशन गरेको  ‘दि सोभेलम्यान’ वृत्तचित्रले प्राप्त गरेको छ ।

img_1130

आइतबार अबेर साँझ काठमाडौं भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा सो महोत्सवको समापन समारोहमा यी दुवै अवार्ड प्रदान गरिएको थियो । अवार्डसँगै यी दुई फिल्ममा निर्माताले ४०÷४० हजार रुपैयाँ प्राप्त गरे ।

मानवअधिकार चलचित्र केन्द्रले आयोजना गरेको सो महोत्सवमा ‘बेस्ट फिल्म नेसनल फिक्सन फिल्म अवार्ड’ सेल्नाङ मुगुमले निर्देशन गरेको नेपाली लघु चलचित्र ‘झा लो’ चलचित्रले प्राप्त ग¥यो । यो फिल्मले गत माघमा धरानमा सम्पन्न पहिलो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पनि उत्कृष्ट नेपाल पानोरमा लघु चलचित्रको अवार्ड

जितेको थियो । यस्तै, ‘बेस्ट नेसनल डकुमेन्ट्री अवार्ड’ देवकी विष्टले निर्देशन गरेको ‘इन सर्च अफ देवकी’ ले प्राप्त ग¥यो । यी दुवै अवार्ड विजेतालाई अवार्डसहित जनही ४० हजार रुपैयाँ प्रदान गरियो ।

त्यसैगरी स्पेनका मार्को विर्यतेसले निर्देशन गरेको डकुमेन्ट्री ‘५६’ र इटालीका स्टेफेनी मौकार्जेल र मेरियम वोब्युरले निर्देशन गरेको ‘टु वल्र्डस’ ले जुरी अवार्ड प्राप्त गरेका छन् । गत बिहीबारबाट सुरु भएको यो महोत्सव आइतबार बेलुकासम्म चलेको थियो । महोत्सवमा विभिन्न ३८ देशका १ सय फिल्म देखाइएका

थिए । महोत्सवमा फिक्सन, डकुमेन्ट्री, सर्ट फिल्म र एनिमेटेड फिल्महरू समावेश थिए ।

महोत्सवमा भारतीय चलचित्र निर्देशक गिरिस कसरावल्ली, ढाका चलचित्र महोत्सवका निर्देशक अहमेद मुज्दबा जमाल, नेदरल्यान्ड्सकी चलचित्रकर्मी क्लेमेन्टाइन एडरभिन र नेपाली चलचित्र निर्देशक तुलसी घिमिरेले निर्णायक थिए ।