हात्तीपाइलेविरुद्ध अभियानको सार्थकता

हात्तीपाइलेविरुद्ध अभियानको सार्थकता

prakashji

डा. प्रकाश बुढाथोकी

 

विश्व स्वास्थ्य संगठनको ५०औं सभाले सरल सुलभ औषधि उपचार तथा रोकथामका उपाय उपलब्ध भएको विधिलाई ध्यानमा राखी जनस्वास्थ्यको समस्याका रूपमा रहेको हात्तीपाइले रोगलाई विश्वबाट सन् २०२० भित्र निवारण तथा निर्मूल गर्ने उद्देश्यअनुरूप यस रोगबाट प्रभावित विश्वका सबै मुलुकलाई सन् २००० देखि हात्तीपाइले रोग निवारण गराउन आह्वान ग¥यो । जसअनुसार नेपाल सरकारले विश्व स्वास्थ्य संगठनले दिएको रणनीतिअनुसार कार्यक्रम सञ्चालन गर्ने, राजनीतिक प्रतिबद्धता तुरुन्तै जनायो र विसं २०६१ (सन् २००३) देखि नेपालमा पर्सा जिल्लाबाट हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउन थालियो ।

विश्वका ७० मुलुकका एक अर्ब ४० करोड व्यक्तिमा यो रोग देखिएको छ । नेपालमा भने हिमाली भेगका १३ र पहाडको गुल्मी जिल्लाबाहेक बा“की ६१ जिल्लाका १३ प्रतिशतमा यो रोगका जीवाणु भेटिएको छ र २ करोड ५० लाख जोखिममा छन् । ३१ जिल्लामा प्रिभ्यालेन्सदर एकभन्दा कम भएकाले अभियान सफल भएको मानिएको छ भने बा“की ३० जिल्लामा अभियान चलाइँदै छ । पहिलो चरण ५ चैतदेखि ७ सम्म भोजपुर, इलाम, धनकुटा, तेह्रथुम, पाँचथर, ललितपुर, बाग्लुङ, म्याग्दी, पर्वत, लमजुङ, दाङ, बा“के, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख, बैतडी, डडेलधुरा, डोटी, कैलाली, कन्चनपुर, अछाम, बझाङ, बाजुरा र दार्चुला गरी २५ जिल्लामा र दोस्रो चरण १७  चैतदेखि १९ सम्म झापा, मोरङ, सुनसरी, उदयपुर र कपिलवस्तु गरी ५ जिल्लामा आम औषधि हरेक दुई वर्षमाथिका १ करोड ८ लाख १३ हजार ७ सय २६ व्यक्तिलाई डीईसी र अलबेन्डाजोल चक्की सेवनको कार्यक्रम छ । जसका लागि ५४ हजार ६ सय ६६ जना स्वास्थ्य स्वयंसेवक र १० हजार ४ सय ४९ जना स्वास्थ्यकर्मी परिचालन हुँदै छन् ।

अघिल्लो वर्षदेखि सुरु भइरहेको अण्डकोषमा पानी जम्ने अर्थात् हाइड्रोसिलको निशुल्क शल्यक्रिया हाल देशभरका ६० जिल्लाका अस्पतालबाट छ । गत वर्ष ३ हजार १ सय ६५ जनाको निशुल्क शल्यक्रिया भएको थियो भने यस वर्ष हरेकलाई ५५ सय पर्ने गरी ७ हजार १ सय ८३ जनाको शल्यक्रिया गर्ने लक्ष्य छ । आम औषधि सेवन अभियान, सर्भिलेन्स र हाइड्रोसिल शल्यक्रिया कार्यका लागि ३८ करोड बढी रकम विनियोजन छ ।

विगत ६ वर्षदेखि सञ्चालनमा रहेको अभियानबाट पनि हात्तीपाइलेका बिरामी विभिन्न जिल्लामा पाइरहनुले कि अभियान कि औषधि निष्प्रभावी भएको देखिन्छ ।

औषधि खाली पेटमा खा“दा, डीईसी र अल्बेन्डाजोल दुवै स“गै खुवाइने र दुवैले परजीवीहरूलाई मारी टक्सिन (विषाक्त) उत्पन्न गर्ने भएकाले र पहिलोपटक सेवन गर्दा सामान्य पाश्र्वप्रभावहरू टाउको दुख्ने, वाकवाकी लाग्ने, ज्वरो आउने, पेट डम्म हुने, पखाला लाग्ने, रिगंटा लाग्ने, कमजोरी महसुस हुने, शरीर झम्झमाउने, डाबर आउने, गाला रातो हुने, पेट दुख्ने, वान्ता हुने, अण्डकोष दुख्ने, नशा, छाला, हातखुट्टा सुन्निने, रातो हुने र दुख्ने, बेहोस हुने लक्षण देखिन सक्छन् । उक्त पाश्र्वप्रभावहरू ६ देखि ८ घण्टापछि सुरु हुन्छन् र दुईदेखि तीन दिनमा हराएर जान्छन् । डराउनुपर्ने र खासै खतरनाक होइनन् । बालबालिका र वृद्धवृद्धाहरूमा यस्ता असर बढी देखिन्छन् ।

औषधि खान नहुनेमा दुई वर्षमुनिका बच्चाबच्ची, गर्भवती महिला, सात दिनभित्रका सुत्केरी, छारे रोगी, सिकिस्त बिरामी– मुटु रोग, मिर्गौला, जन्डिस, कलेजोका दीर्घरोगी, धेरै कडा रोग लागेका तथा अन्य सिकिस्त बिरामी र ६५ वर्Èमाथिका उमेर समूहका व्यक्ति र अन्य खाली पेट बसेका पर्छन् । गरिबलाई मात्र रोग लाग्छ, व्यस्तता तथा बेवास्ताका कारण सहरÔेत्रमा झनै न्यून अधिकतम ३३ प्रतिशतले औषधि सेवन गरेका थिए । सहरी बासिन्दामा १५ प्रतिशतमा पहिले नै रोगको संक्रमण देखिएकाले अन्यमा सर्ने सम्भावना त्यत्तिकै छ ।

सन् २०११ मा दाङका ६५ वर्Èीय दम र Ôयरोगबाट पीडित हस्तबहादुर परियारको १६ चैतमा, बा“के नेपालगन्ज–११ का चार वर्Èीय सलमान शेÈको १५ चैतमा झाडापखालाबाट मृत्यु भयो । यस्तो समस्या अदÔ स्वयंसेवक तथा प्रशिÔण नदिइएकाबाट वितरीत, खाली पेटमा, दीर्घरोगीहरूमा तथा धेरैलाई घरमै खान औÈधि छोडिदिनेमा र हल्लाबाट आत्तिएर पुगेकामा देखिएको थियो । यस्तै हल्लाले औषधि नखाने धेरै भएकाले अभियानका क्रममा सेवनदर शतप्रतिशत पु¥याउन जरुरी छ ।

रोग

मसिनो धागो आकारको, ८ देखि १० सेमी लामो, लिम्फ ग्रन्थीमा बस्ने तथा एकदेखि दुई वर्È बाँच्ने, उच्चेरेरिया ब्यानक्रफ्टी र बु्रगिया मालायी नामक नेमाटोडले गर्दा लाग्ने फिलिरियासिस प्रमुखतया संक्रमित कयुलेक्स फटिगन र मानसोनियोइडस जातको लामखुट्टेले टोकेपछि मानिसमा सर्छ । उक्त परजीवी राति लिम्फनोडबाट निस्केर रगतमा पुग्छन् र दिउँसो निष्क्रिय भएर त्यहीँ फर्कन्छन् । माइक्रोफिलेरिया लिम्फ र रगतमा तथा वयस्क परजीवीहरू लसिका नली र ग्रन्थीहरूमा बसी लगातार र लामो समय अवरुद्ध गरी शरीरको पानी र रसहरू जम्मा भई हात्तीपाइले बन्छ ।

लक्षण तथा चिह्न

रोगका स्रोतहरूमा संक्रमित मानिसको रगत, लिम्फ तथा लामखुट्टे पर्छन् । परजीवीको प्राकृतिक घर मानिस भएकाले सबै उमेर र लिंगका व्यक्तिलाई यस रोगले प्रभावित पार्न सक्छ । रोगका स्वरूपमा मानिस संक्रमित भई जीवनभर स्वस्थ रहने, परजीवी लिम्फनोडमै रहिरहने र दिनमा लिम्फनोड र रातमा रगतमा रहने गरी तीन प्रकारको हुन्छ । परजीवीले आक्रमण गर्नासाथ छालामा गन्ध आउने, पसिना निस्कने, सामान्य ज्वरोदेखि १०४ डिग्री फरेनहाइटसम्मको कामज्वरो आउ“छ, टाउको दुख्छ, अरुचि र कमजोरी हुन्छ, आ“खाले उज्यालो हेर्न सक्दैन, मानिस उज्यालोदेखि डराउ“छ, मांसपेसी दुख्छ । जुन लसिका नलीमा सुजन भएको छ उक्त लसिकाको पूरै बाटो दुख्ने, थिच्दा, अठ्याउ“दा झनै दुख्ने र रातो हुने गर्दछ । विशेषगरी, खुट्टामा एउटा रातो दुख्ने थोप्ला देखिन्छ, जुन बिस्तारै ठूलो हुन्छ ।

प्रजनन् अंगहरूमा सुजन भई अण्डकोष सुन्निने हाइड्रोसिल, महिलामा स्तन र योनांग योनीद्वार सुन्निने पनि हुन सक्छ । पेटको लसिका नलीहरूमा अवरोध र सुजन भए पेटमा कठिन दुखाइ हुन्छ । रुकावट ल्याउने कीरा, परजीवी कहिलेकाही आफंै मर्दछ तर अवरोध भने रहिरहन्छ । रोग दीर्घकालीन रूपमा रहेपछि खुट्टाका लिम्फ भेसलमा तरल पदार्थ जम्मा हुन्छ र हात्तीजस्तो ठूलोठूलो देखिने भएकाले सुन्निनेलाई हात्ती पाइले भनिन्छ ।

रोकथाम

लामखुट्टेको टोकाइबाट बच्ने— लामखुट्टेजन्य रोगबाट बच्न लामखुट्टेको विकास र जीवनचक्र पूरा हुन दिनुहु“दैन, जसका लागि लामखुट्टेको टोकाइबाट मानिस जोगिनुपर्छ । स्वास्थ्य शिक्षा लिने तथा दिनेइन्डेमिक क्षेत्रमा डीईसी औषधि वर्षको एकपटक ६ वर्षसम्म सेवन गराउनुपर्छ । राष्ट्रमा संक्रमणदर १ प्रतिशतभन्दा कम भए निर्मुलन भएको मानिन्छ । समयमै रोगको निदान र उपचार गरिनुपर्छ ।

दाङका १२ प्रतिशतमा हात्तीपाइले रोग देखिएको छ । औषधि खानेको संख्या ६० प्रतिशत नाध्न नसकेकै कारण अभियान थप दुई वर्ष थपिँदै छ दाङ जिल्लामा । त्यस्तै, जिल्ला अरू पनि छन् । विगत ६ वर्षदेखि सञ्चालनमा रहेको अभियानबाट पनि हात्तीपाइलेका बिरामीहरू विभिन्न जिल्लाहरूमा पाइरहनुले कि अभियान कि औषधि निष्प्रभावी भएको देखिन्छ ।

 अन्तमा, हात्तीपाइले औषधिले हुने पाश्र्वप्रभावको होहल्लाले आम जनता १० हात पर भाग्ने गरेका छन् । त्यसैमा ठूला मुलुकले परीÔणका लागि पठाएको भन्ने हल्लाले पनि अभियान सशक्त बन्न सकेको छैन । आम नेपालीमा रहेको आशंकाले सरल, सहज ढंगबाट मेट्न नसक्नु यस अभियानको दुर्बल पÔ हो भने औषधि खानेतर्फ उत्साह जोगाउन नसक्नु अर्काे कमजोरी हो । तसर्थ दुर्बल र कमजोरीलाई सुधार नगरे यस्ता अभियानले सार्थकता पाउन सक्दैनन् ।

 ( डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय सहकोषाध्यक्ष हुन् । )