रुससँग साँठगाँठ रहेको प्रमाण भेटिएन

वासिंगटन / एजेन्सी– सन् २०१६ मा सम्पन्न अमेरिकी राष्ट्रपतीय चुनावमा रुस र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच साँठगाँठ भएको भन्ने कुनै पनि प्रमाण नभेटिएको अमेरिकी संसद्को गुप्तचर निकायका अध्यक्षले बताएका छन् ।

रिपब्लिकन पार्टीका तर्फबाट समितिका अध्यक्ष डेभिन नुनेसले रुसले अमेरिकी राष्ट्रपति चुनावमा प्रभावित पार्ने गरी गरेको कुनै साँठगाँठको प्रमाण नभेटिएको बताएका हुन् ।

रुसले चुनावमा हस्तक्षेप गरे या नगरेको भन्नेबारे प्रमाण प्रस्तुत गर्न अमेरिकी संघीय अनुसन्धान निकाय एफबीआईमा प्रमुख सो संसदीय समितिमा उपस्थित हुनु एक दिनअघि सो कुरा बताएका हुन् ।