नर्वे विश्वकै खुसी र मध्य अफ्रिकी गणतन्त्र सबभन्दा दुःखी

एजेन्सी

वासिंगटन, ७ चैत

तपाईं आफूलाई सुख लाग्ने स्थानमा बसी जीवनयापन गर्ने इच्छा गर्नुहुन्छ र यसका लागि तपाईंलाई पैसाभन्दा बढी अरू चिजकै आवश्यकता पर्छ । जाडो यामका लागि जसरी एउटा भुवादार कोट भए पुग्छ, यसैगरी केवल सुखी समाजको परिकल्पनामा इमानदारीपूर्वक रमेर (सेन्स अफ कम्युनिटी) आफ्नो जीवनलाई सुखमय तुल्याउन सकिन्छ ।

happiest-nation

सुख कहाँ छ ? सुखको खोजी गर्ने ग्लोबल साइन्टिफिक स्टडिजलगायत विश्वका केही चर्चित स्वतन्त्र संस्थाले हालै एक अनुसन्धानात्मक प्रतिवेदनः ‘वल्र्ड ह्याप्पिनेस रिपोर्ट’ प्रकाशन गरी विश्वका १ सय ५५ राष्ट्रलाई सामान्यतया दुई भागमा वर्गीकरण गरी सुखी तथा दुःखी राष्ट्रहरूको एक सूची तयार पारेका छन् ।

‘सुखका लागि अनुसन्धान’ नामक यस अनुसन्धान परियोजनामा औसत वैयक्तिक आय, स्वस्थ रही बाँचिने प्रतिव्यक्ति औसत आयु (लाइफ एक्सपेक्टेन्सी), एकआपसमा सामाजिक सहयोगको भावना, व्यक्तिगत स्वतन्त्रताको उपभोग, देशमा व्याप्त आर्थिक वा अन्य प्रकृतिका भ्रष्टाचार, वैयक्तिक दया तथा क्षमाशीलताजस्ता मूल्य र मान्यतालाई निरूपण गरी त्यसमा आधारित मापदण्ड निर्धारण गरिएको थियो ।

यी सबै मूल तŒवहरूलाई समग्रमा मूल्यांकन गर्न १ देखि १० अंकसम्म प्रदान गरी सुखी तथा दुःखी राष्ट्रको पहिचान वा आँकलन गरिएको थियो । तीमध्ये १०÷१० वटा प्रमुख सुखी तथा दुःखी देशको एउटा छोटो झलक यहाँ पनि दिइएको छ । प्रकाशित सूचीअनुसार यस धर्तीमा अत्यन्त सुखी मानिने राष्ट्रको वरीयता क्रममा नर्वे सबैभन्दा बढी अंक प्राप्त गरी प्रथम स्थान ओगट्न सफल भएको छ । यसअघिसम्म नर्वे सो क्रमको चौथो स्थानमा रहेकोमा यस वर्ष छलाङ मारी प्रथम स्थानमा पुगेको हो ।

संसारकै खुसी राष्ट्रको सूचीको शीर्ष १० मा नर्वेपछि डेनमार्क, आइसल्यान्ड, स्विट्जरल्यान्ड, फिनल्यान्ड, नेदरल्यान्ड, क्यानडा, न्युजिल्यान्ड, अस्ट्रेलिया र स्विडेन रहेका छन् । यसैगरी, संसारकै सबैभन्दा दुःखी राष्ट्रको शीर्ष १० स्थानमा मध्य अफ्रिकी गणतन्त्र, बुरुन्डी, तान्जानिया, सिरिया, रुवान्डा, टोगो, गिनी, लाइबेरिया, दक्षिण सुडान र यमन छन् ।

तालिकामा उत्तर अमेरिकी राष्ट्र अमेरिका र युरोपकै शक्तिशाली देश बेलायत क्रमशः १४औं र १९औं स्थानमा रहेका छन् । हिंसाग्रस्त अफ्रिकी र मध्यपूर्वका देशहरू यो सूचीमा निकै पछि परेका छन् । सिरिया तालिकामा सामेल रहेका १ सय ५५ देशमध्ये १५२औं स्थानमा छ भने हिंसाका साथै तीव्र भोकमरीको सामना गरिरहेका यमन र दक्षिण सुडान क्रमशः १४६ र १४७औं स्थानमा छन् ।