मनीष र आशिषको राम्रो प्रदर्शन

काठमाडौं / रास– एसियन जोनल थी्र प्वाइन्ट टु चेस प्रतियोगितामा नेपालमा फिडे मास्टर मनीष हमाल र आशिष फुयाँलले राम्रो प्रदर्शनलाई सोमबार पनि निरन्तरता दिएका छन् ।

c1

२०८१ रेटेड मनीषले दोस्रो चरणको खेलमा २४२२ रेटेड बंगलादेशी जिएम नियाज मुर्सदसँग बराबरी गरे । यसैगरी, १८०१ रेटेड आशिषले बंगलादेशी आईएम २३४३ रेटेड अबु सफियन सकिलसँग बराबरी गरे । यसैगरी, २०३६ रेटेड सीएम क्षितिज भण्डारीले बंगलादेशी एफएम २३४१ रेटेड रहमान मोहम्मद तबिरसँग बराबरी गरे । मदनकृष्ण कायस्थ शीर्ष वरीयताका बंगलादेशी जीएम जिआउर रहमानसँग पराजित भए । नेपाल बुद्धीचाल संघ र नेकोस चेस एकडेमीको आयोजानमा जारी प्रतियोगिताका सोमबार भएका अन्य खेलमा बंगलादेशी जीएम अब्दुल्ला अल रकिबले हिमाल लामा, नवीन तण्डुकारले मोहनसिंह प्रधान, भवगतीप्रसाद शर्माले मोहम्म्द इम्रान खान तथा अहमद एमन इब्राहिमले रञ्जन कुँवरलाई हराए । बंगलादेशका एफएम रहमान सायद मुजफुरले नेपालका सीएम रिजेन्द्रराज भण्डारीलाई हराए । दुइ चरणको समाप्तिमा रहमान, रकिब र मुजफुरको २ अंक छ । यसैगरी, मनीषसहित हुसेन,तैबुर, क्षितिज र आशिषको १.५ अंक छ । मदनकृष्णसहित हिमाल, रिजेन्द्र, नवीन र भगवतीको एक अंक छ ।

महिलातर्फ शीर्ष वरीयताकी डब्लू आईएम बंगलादेशी समिमा अख्तरले आफ्नै देशकी डब्लूएफ नजराना खान, बंगलादेशी डब्लू आईएम हमिद रानीले श्रीलंकाकी सुमेइ जयनेब तथा नेपालकी मतीना कुशीले आफ्नै देशकी पुनम प्रसाईंलाई हराए । सबिना श्रेष्ठले शान्ता थापासँगको खेलमा जित हात पारिन् ।