भारत–अस्टे«लिया तेस्रो टेस्ट बराबरी

राँची / एजेन्सी– पिटर हैंड्सकम्ब र सन मार्सले पाँचांै विकेटका लागि १ सय २४ रनको मजबुद साझेदारी गरेपछि अस्टे«लियाले भारतविरुद्धको तेस्रो टेस्ट बराबरी गर्न सफल  भएको छ ।

पाँचांै दिन निकै कठिन मानिने पिचमा भारतका बलरलाई सुझबुझ पूर्णरूपमा थेग्दै अस्टे«लियाले बरबरी ग¥यो । सन् २०११ पछि भारतमा कुनै पनि पाहुना टिमले पहिलो इनिङमा पछि परेर टेस्ट बराबरी गरेको यो पहिलोपटक हो ।

260511

राँचीको झारखण्ड संघ क्रिकेट मैदानमा भएको खेलमा तेस्रो टेस्टको अन्तिम दिन अस्टे«लिया बराबरी गर्दा दुई खेलाडीको साझेदारीमा नै भारतको सम्भावित जितको अपेक्षा टरेको थियो ।

उत्साहपूर्व भारतीय टिम पाँचांै दिन जितका लागि मैदानमा उत्रिएको थियो । चौथो दिनको खेलमा नै २३ रनको अवस्थामा दुई विकेट लिएर उत्साही बनेको भारतका लागि पाँचांै दिन भने सोचेजस्तो रहेन । लन्चअघि नै भारतले पुनः खेल आफ्नो पक्षमा पार्ने क्रममा कप्तान स्टिव स्मिथ र रेनसाले विकेट लिए पनि त्यसपछि क्रिजमा आएका हैंडसकम्ब र मार्सले संयमित पारी खेल्दै ६२ ओभर १ बलमा पाँचांै विकेटका लागि १ सय २४ रनको साझेदारी गरेपछि भारतको जितको आस टरेको थियो ।

अन्तिम सेसनअघि पहिले मार्स र म्याक्सवेल आउट गर्न भारत सफल भए पनि पिटर हैंड्सकम्बले अन्तिमसम्म मोर्चा सम्हालेपछि अस्टे«लियाले सहज ड्र गर्न सफल भयो । दोस्रो पारीमा अस्टे«लियाले ६ विकेट गुमाएर २ सय ४ रन बनायो ।

भारतका लागि दोस्रो पारीमा जडेजाले ५० रन दिएर ४ विकेट लिए भने इशान्त र आर अश्विनको नाममा १–१ विकेट रह्यो ।यसअघि टस जितेर अस्टे«लियाली कप्तान स्मिथले पहिले ब्याटिङ गर्दै आफ्नो १ सय ७८ रनको सानदार पारी तथा म्याक्सवेलको शतकीय इनिङमा पहिलो पारीमा ४ सय ५१ रन बनाएका थिए । जवाफमा भारतले चेतेश्वर पुजाराको दोहोरो शतकमा ६ सय ३ रन बनाएर अस्टे«लियालाई कडा जवाफ दिएको थियो ।

खेलमा भारतका तर्पmबाट रवीन्द्र जडेजाले ९, उमेश यादवले ३ अश्विनले २ र इशान्त शर्माले १ विकेट लिए । अस्टे«लियाका पेट कमिंस ४, स्टिव ओकिफ ३ तथा जोस हेजवुड र नाथन लियन १–१ विकेट लिन सफल भएका थिए । यद्यपि, दोस्रो पारीमा भारतीय बलरहरू अस्टे«लियन ब्याट्सम्यानलाई अलआउट गर्न असफल भएपछि खेल बराबरीमा सकिएको हो ।