एनएमबी बैंकको इन्टरस्कुल हेरिटेज पेन्टिङ प्रतियोगिता

nmb

काठमाडौं / रास–  एनएमबी बैंकले चौथो इन्टरस्कुल हेरिटेज पेन्टिङ प्रतियोगिता २०१७ को आयोजना गरेको छ । यस वर्ष प्रतियोगिता ८ देखि १२ कक्षासम्मका पूर्वमा उर्लाबारी र पश्चिममा बुटवललाई आधार मानेर हेरिटेज सो पेन्टिङ प्रतियोगिताको आयोजना गरिएको बैंकले बताएको छ ।

प्रतियोगितामा ८६ जना विद्यार्थीले सहभागिता जनाएका थिए । सम्पदा संरक्षणको महŒवलाई समाजका हरेक क्षेत्रसम्म पु¥याउन तत्पर एनएमबी बैंकले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत विगत केही वर्षदेखि सम्पदा संरक्षणको क्षेत्रमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको छ । बैंकले विगतका वर्षहरूमा आयोजना गरेको पेन्टिङ कम्पिटिसनमा सयभन्दा बढी विद्यालयले सहभागिता जनाएका थिए ।