एभरडाइम वितरकमा एफजी इन्कर्पोरेट

everd

काठमाडौं / रास– सन् १९९४ मा डेउ हेभी इन्डस्ट्रिज कोरियाको भगिनी कम्पनीका रुपमा स्थापित एभरडाइमको  विक्रेतामा एफजी इन्कर्पोरेटेट प्रालि नियुक्त भएको छ । फोर्स गुपअन्तर्गतको एफजी इन्कर्पोरेटेट प्रालिले एभरडाइमको बजार विस्तार तथा बिक्रीपछिका सेवाका लागि समर्पित रहने र एभरडाइमलाई उपभोगको पहिलो छनोट बनाउनेमा दृढ रहेको बताएको छ । एभरडाइमका रकब्रेकरहरू अत्याधुनिक तरिकाले पूर्ण रूपमा दक्षिण कोरियामा मात्रै निर्मित हुने हुँदा यसको गुणस्तर अन्य रकब्रेकरहरूको भन्दा उच्चकोटीको रहने तथा मजबुत र बढी काय क्षमताका छन् ।